Trending
>>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता >>   विशेष महाधिवेशनबाट कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन >>   कांग्रेसमा नयाँ नेतृत्वः गगन थापा सभापति, शर्मा–भुसाल उपसभापति >>   एकदर्जन बैंकहरुले घटाए ब्याजदर,कुनले कति ब्याज दिन्छन् ? >>   पार्टीमा कुनै नेता विशेषको प्रचार गर्नु राम्रो होइनः माधवकुमार नेपाल >>   निर्वाचनमा हामी जनताको घरदैलो अभियानमा केन्द्रित हुन्छौँः पुष्पकमल दाहाल >>   हाम्रो माग देउवा बाहेक अरुलाई प्रधामन्त्री तोकेर जाउँ भन्ने मात्रै होः गगन थापा >>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा
Logo
३० पुष २०८२, बुधबार
३० पुष २०८२, बुधबार

वागमती


धादिङ बस दुर्घटना : ‘ओभरटेक’ गर्न खोज्दा त्रिशुलीमा खसेको अनुमान

६ भदाै, धादिङ । धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहरामा केही बेरअघि भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । काठमाडाैँबाट पोखरा हुँदै म्याग्दीको बेनितर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भइ सडकबाट त्रिशूली नदीमा खसेको थियो । उद्धारमा खटिएका स्थानीयवासीका अनुसार मृत्यु हुनेमा एक बालिका

वर्षाका कारण काठमाडौँ उपत्यकाभित्रको ट्राफिक व्यवस्थापन जटिल

६ भदौ, काठमाडाैँ । अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाभित्रको ट्राफिक व्यवस्थापन जटिल बनेको छ । उपत्यकाभित्रका साँघुरा, कालोपत्र नभएका र खल्डाखुल्डी भएका सडक अविरल वर्षाका कारण पानी जम्न थालेपछि सवारी आवागमन समस्या भएको हो । सिंहदरबार, माइतीघर, थापाथली, गोँगबु, लैनचौर, कोटेश्वर, चक्रपथलगायत क्षेत्रमा अविरल वर्षाका कारण ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको

त्रिशूली बस दुर्घटना अपडेट : आठ जनाको मृत्यु

६ भदाै, धादिङ । काठमाडौंबाट पोखरा जाँदै गरेको बस धादिङमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान पृथ्वी राजमार्गको गजुरी नजिकै त्रिशूली नदीमा खसेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख गौतम मिश्रका अनुसार अहिलेसम्म आठ जनाको शव निकालिएको छ । साथै

काठमाडाैँबाट पोखरा जाँदै गरेको बस त्रिशुलीमा खस्यो

६ भदाै, धादिङ । त्रिशुली नदीमा बस खसेको छ । बुधबार काठमाडाैँबाट पोखरा जाँदै गरे यात्रुवाहक बस धादिङको पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका- २ चालिसेमा त्रिशूलीमा खसेको हाे। अहिले उद्धार टोली घटनास्थलमा पुगेर उद्धारको काम सुरू गरिसकेको छ । घटनाको विस्तृत विवरण केही समयमा काठमाडौंबाट पोखरा जाँदै गरेको बस गजुरीनजिकै त्रिशूलीमा खसेको छ।

काठमाडाैँको बुद्धनगरमा आतंक मच्चाउने भैँसीलाई डार्ट हानेर नियन्त्रणमा लिइयो

६ भदाै, काठमाडाैँ । काठमाडाैँको बुद्धनगरमा आतंक मच्चाउने भैँसी नियन्त्रणमा आएको छ । प्रहरी, सशस्त्र प्रहरी बल र वन कार्यालयको टोलीले डार्ट प्रयोग गरी शंखमुलको ज्ञान निकेतन स्कुलबाट भैँसीलाई नियन्त्रणमा लिएको  हो । स्युचाटारस्थित वन कार्यालयको टोली डार्ट प्रयोग गरेका थिए । बुधबार बिहानै कतैबाट फुकेर आएको भैंसी उक्त क्षेत्रमा आक्रामक

काठमाडाैँको बुद्धनगरमा एउटा भैँसीले मच्चायो आतङ्क, नियन्त्रणमा लिन प्रहरी खटाइयो

६ भदाै, काठमाडाैँ । काठमाडाैँको बुद्धनगरमा एउटा भैँसीले आतङ्क मच्चाएको छ । कतैबाट फुकेर आएको भैँसी मानिसहरूलाई हान्ने लगायतका हर्कत गर्न लागेपछि समात्न प्रहरी खटिएका छन् पालिएको ठाउँबाट दाम्लोसहित भागेको एउटा भैँसी अलपत्र अवस्थामा बिहान बुद्धनगरमा भेटिएको प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ । यसअघि २०७५ साल फागुनमा काठमाण्डौको चन्द्रागिरि मच्छेगाउँमा

अझै सुरु भएन हनुमानढोका दरबार क्षेत्रका २२ सम्पदा पुनःनिर्माण

५ ,भाद्र ,काठमाडौँ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएका विश्व सम्पदा क्षेत्र हनुमानढोका दरबार क्षेत्रका २२ सम्पदा पुनःनिर्माण अझै सुरु हुन सकेको छैन । बजेट अभावमा विश्व सम्पदा सूचीमा सूचीकृत यस क्षेत्रका २२ सम्पदा पुनःनिर्माण अझै सुरु गर्न नसकिएको हनुमानढोका दरबार हेरचाह अड्डाका इञ्जिनीयर रेणु महर्जनले राससलाई जानकारी

छात्रवृत्तिका लागि सिफारिस भएका विद्यार्थीसँग शुल्क लिए काठमाडाैँ महानगरले कारबाही गर्ने

५ भदाै, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाबाट कक्षा ११ र १२ मा यस शैक्षिकसत्रका लागि अध्ययन छात्रवृत्तिका लागि सिफारिस भएका विद्यार्थीले सम्बन्धित विद्यालय तथा क्याम्पसमा कुनै पनि प्रकारको शुल्क तिर्नुनपर्ने स्पष्ट गरेको छ । कतिपय शिक्षालयमा आन्तरिक, प्रयोगशाला र विविध शीर्षकका नाममा शुल्क लिएको तथा स्थान अभावका कारण देखाएर भर्ना लिन आनाकानी

नारायणगढ– मुग्लिन सडक दुईतर्फी सञ्चालन

५ भदाै, चितवन । पहिरोका कारण अवरुद्ध नरायणगढ –मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ । केहीबरे अघि पहिरो पन्छ्याएर उक्त सडक दुईतर्फी सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जिनियर चण्डेश्वर साहले जानकारी दिए । चितवनको  ईच्छाकामना– ६  नाम्सीखोला पुलमा गए राति ८ बजे पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध बनेको 

काठमाडाैँ महानगरले लामखुट्टेको लार्भा नष्ट गर्न जैविक औषधि प्रयोग गर्ने

५ भदाै, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले महानगरपालिकामा डेङगु रोग फैलन नदिने लामखुट्टेको लार्भा नष्ट गर्न नेपालमै पहिलो पटक ‘बायो लार्भिसिद’ नामक जैविक औषधि प्रयोग गर्ने भएको छ । महानगरपालिकाका प्रमुख बालेन शाहले काठमाडौँमा डेङ्गु फैलन नदिन लामखुट्टेको लार्भा नष्ट गर्न पहिलो पटक बायो लार्भिसिद नामक जैविक औषधि प्रयोग गर्न लागिएको जानकारी

सम्वन्धित समाचारहरु