२३ ,श्रावण ,रसुवा । साङ्जेन जलविद्युत् कम्पनीले निर्माण गरेको सिम्बू जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन सुरू भएको छ । माथिल्लो साङ्जेनको नामले निर्माण भएको १४ दशमलव आठ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाबाट यही साउन २० गतेदेखि उत्पादन हुन थालेको र उत्पादित विद्युत् राष्ट्रिय प्रशारणमा पठाउने काम सम्पन्न गरिएको हो । साङ्जेन
२३ ,श्रावण ,भक्तपुर । प्रेस काउन्सिल नेपालले भक्तपुरमा दुई दिनसम्म आयोजना गरेको सम्पादक सम्वाद कार्यक्रमले पत्रकारितामा बढ्दो सामाजिक सञ्जाल दुरुपयोगको व्यवस्थापनका लागि सचेतना बढाउनुपर्ने निष्कर्ष निकालेको छ । मिडियामा सामाजिक सञ्जालको भूमिका, व्यवस्थापन र प्रभावबारे मङ्गलबार कार्यपत्र प्रस्तुत गर्दै सामाजिक सञ्जाल विज्ञ डा राजिव सुब्बाले सामाजिक सञ्जालको नियमनबारे राष्ट्रिय तथा
२३ ,श्रावण ,नारायणगढ । स्वास्थ्य बीमाको पहिलो विन्दु यहाँको भरतपुर अस्पताल भएसँगै उपचारमा आउने बिरामीको सङ्ख्या बढ्दै गएको छ । बहिरङ्ग सेवामा आउने बिरामीहरूमध्ये ७० प्रतिशत स्वास्थ्य बीमामार्फत आउने गरेका छन् । अस्पतालको स्वास्थ्य बीमा कार्यक्रमका संयोजक लिलाधर पौडेलका अनुसार हाल दुई हजारदेखि दुई हजार दुई सय जना बिरामी अस्पतालको
२३ श्रावण, काठमाडाैँ । सशस्त्र प्रहरीको टोलीले मनोहरा खोलाको बीच भागमा अड्किएका एक व्यक्तिको सकुशल उद्धार गरेको छ । अविरल वर्षाका कारण भक्तपुरको मध्यपुरथिमी नगरपालिका ९ र काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ७ जोड्ने मनोहरा खोला पुलको बीच भागमा अड्किएका किरण राईको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो । खोटाङ्ग जिल्लाको
२३ श्रावण, चितवन। अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ । आज बिहान ५ः२० बजे खसेको पहिरो पन्छ्याएपछि दिउँसो २ः२० बजेबाट सडकखण्ड दुईतर्फीरुपमा सञ्चालनमा आएको हो । इच्छाकामना गाउँपालिका–६ स्थित कालीखोलामा पहिरो खसेसँगै सडकमा सवारी आवतजावत अवरुद्ध भएको थियो । बिहान ११ बजेबाट एकतर्फी सञ्चालनमा आएको सडक दिउँसोबाट पूर्णरुपमा सञ्चालनमा आएको
२३ श्रावण, चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । दुई ठाँउको पहिरो पन्छाएपछि बिहान ९ः३० बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको हो । आज बिहान करिब ५ः२० बजेको समयमा इच्छाकामना गाउँपालिका–६ कालिखोला नजिक माथिबाट लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको हो । सो पहिरो आएको केही समयपछि पाँच सय मिटर
२३ श्रावण, काठमाडाैँ । अविरल वर्षाका कारण काठमाडौँका विभिन्न क्षेत्रमा डुबान भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण यहाँका विभिन्न क्षेत्रमा डुबान हुनुका साथै जलमग्न भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । भारी वर्षात्का कारण काठमाडौँ उपत्यकाका ढुङ्गेधारा क्षेत्र, गौरीघाट, गुह्वेश्वरी, कपन, सामाखुसी, अनामनगरलगायतका क्षेत्र डुबानमा परेको जिल्ला
२३ श्रावण, चितवन । पूर्वी चितवनबाट नारायणगढसम्मको यात्रालाई एउटै सवारी साधनमा पुग्ने व्यवस्था मिलाउन माग गरिएको छ । नेकपा (एमाले)का पूर्वी चितवनबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधि र नेताले पूर्वी चितवनबाट आउने यात्रुवाहक सवारीसाधनलाई नारायणगढसम्मै जान दिन माग गरेका हुन् । नारायणगढसम्म आउन दुई सवारीसाधन प्रयोग गर्नुपर्ने र खर्च पनि बढी हुँदा यात्रु
२३ श्रावण, हेटाैँडा। मकवानपुरको बागमती गाउँपालिका–५ सिग्रे मा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने तीन बालबालिकासहित छ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बागमती–५ सिग्रे देभानका अक्कलबहादुर स्याङतानको घर पहिराले पुरिएको हो । पहिरामा परी ज्यान गुमाउनेमा अक्कलबहादुरकी श्रीमती ५५ वर्षीया सन्तमाया स्याङतान रहेको प्रहरीले
२३ ,श्रावण ,काठमाडौँ । ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लागू भएको १७ वर्ष वितिसक्दा पनि यसको प्रभावकारी कार्यान्वयन हुनसकेको छैन । ऐनमा ‘सरकारले सार्वजनिक सूचना प्रकाशन गरी तोकेको किसिमको सार्वजनिक सवारीसाधनमा सम्बन्धित सवारीधनी वा सञ्चालकले ज्येष्ठ नागरिकका लागि कम्तीमा दुई सिट सुरक्षित राख्नु पर्नेछ र निजलाई यात्रु भाडादरमा कम्तीमा ५० प्रतिशत