१५ जेष्ठ ,काठमाडौँ । महान् उत्सवका रूपमा मुलुकभर विविध कार्यक्रमको आयोजना गरी १६औँ गणतन्त्र दिवस आज उल्लासमय वातावरणमा मनाइँदैछ । नेपाली जनताको लामो बलिदान र सङ्घर्षको उपलब्धिका रूपमा डेढ दशकदेखि यो दिवस मनाइने गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा गणतन्त्र मूल समारोह समितिद्वारा आजै बिहान
१४ जेष्ठ ,मलेखु । धादिङको गल्छी गाउँपालिका–८ गल्छीका विनोद थापामगरको आफन्त र स्थानीयले धादिङवेसीमा प्रदर्शन गरेका छन् । गल्छीकै शानदार होटलमा खाजा खान गएका विनोदको क्रुर हत्यामा संलग्नलाई आजीवन जेल सजायको माग राख्दै पीडितका परिवार र आफन्तले प्रदर्शन गरेका हुन् । हत्याराको अवैध सम्पत्तिको छानबिन गर्न माग गरेका छन् ।
१४ जेष्ठ ,मकवानपुर । बागमती प्रदेशको आज अपराह्न बसेको दोस्रो बैठकले प्रदेशसभा सदस्य रत्नप्रसाद ढकालद्वारा प्रस्तुत धन्यवाद प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ । उक्त धन्यवाद प्रस्तावलाई प्रदेशसभाका सदस्य मधुसुदनप्रसाद पौडेलले समर्थन गरेका थिए । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत
१४ जेठ, हेटाैँडा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका –९ रजैयास्थित सडकखण्डमा बसमा सवार एक व्यक्तिले झ्यालबाट हात बाहिर निकालेको अवस्थामा मिनी ट्रकले हात चुँडाएपछि मृत्यु भएको छ । उनको २४ घण्टापछि आइतबार पहिचान खुलेको छ । हेटौँडाबाट चितवनतर्फ शनिबार बिहान ११ः२५ बजेको समयमा जाँदै गरेको ग १ क २२९७
१४ जेठ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको गोल्चे केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सिन्धुपाल्चोकको गोल्चे आसपास केन्द्रविन्दु भएर आज दिउँसो १ बजेर १९ मिनेट जाँदा ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि यही जेठ १० गते बझाङको दौलीचौर वरपर केन्द्रविन्दू भएर ४ दशमलव
१४ जेष्ठ ,भरतपुर । चितवनको तीन हजार तीन सय ६० बिघामा डिप र स्यालो ट्युबेलमार्फत सिँचाइ उपलब्ध गराइएको छ । चितवन भूमिगत जल संयोजनात्मक जल सिँचाइ आयोजना स्थापना भएको तीन वर्षमा ती खेतीयोग्य भूमिमा सिँचाइ सुविधा उपलब्ध गराइएको हो । सिँचाइ सुविधाका लागि जिल्लामा ४० वटा डिप ट्युबेल र तीन
१३ जेष्ठ ,काठमाडौँ । दायित्व वाङ्मय प्रतिष्ठान नेपालले मुलुकको भाषा, साहित्य र व्याकरणका क्षेत्रमा विशिष्ट योगदान पुर्याउने स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानको २४औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित समारोहमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले उहाँहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् । दायित्व वाङ्मय विशिष्ट सम्मान शशि पन्थी
१३ जेष्ठ ,काठमाडौँ । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हक भ्रष्टाचार नियन्त्रणको उपयुक्त माध्यम भएको बताएका छन् । सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले सूचना आयोगको सहयोगमा आजदेखि राजधानीमा सुरु गरको दुईदिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा उनले शासन पद्धतिलाई जिम्मेवार बनाउन सूचनाको हकसम्बन्धी कानुनको महत्वपूर्ण भूमिका
१३ जेठ, काठमाडाैँ । अधिवक्ता युवराज पाैडेल (सफल)माथि कुटपिट भएको छ । शनिबार काठमाडाैँको बानेश्वरमा उनीमाथि कुटपिट भएको हो । प्रहरीले दिएको जानकारी अनुसार विप्लव खड्का र सोम शर्मालगायत समूहले उनीमाथि कुटपिट गरेको हो । उनी स्वतन्त्र नागरिक आन्दोलनले आयोजना गरेको प्रदर्शनमा सहभागी हुन बानेश्वर पुगेका थिए । सोही प्रदर्शनमा
१३ जेठ, चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका ताल तलैयामा यतिबेला जलकुम्भी फुलेर ढकमक्क छ। यही फुलेका जलकुम्भीका कारण यतिबेला यहाँ फोटो खिच्न र टिकटक बनाउन आउने आन्तरिक पर्यटकको भिड देखिन्छ। पहिले फाट्टफुट्ट आउने आन्तरिक पर्यटक अहिले दिनमै सयौँको सङ्ख्यामा आउन थालेका छन्। जलकुम्भीले आन्तरिक पर्यटकको चहलपहल त बढाएको छ