Trending
>>   नेपाल र जर्मनी सरकारबिच विद्युत वितरण सुदृढीकरणका लागि सम्झौता >>   अर्थ मन्त्रालयद्वारा विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा >>   युक्रेनमा पुनः रूसी हमला सातजनाको मृत्यु >>   त्रिशूलीमा ट्रक खस्यो >>   आज मिति २०८१ साल मङ्सिर ०४ गते मंगलबार,हेर्नुहोस आजको राशिफल >>   मिसन –८४ मा पार्टीलाई निर्णायक शक्तिका रूपमा स्थापित गर्छौं : शङ्कर पोखरेल >>   ‘देश र जनताका लागि व्यक्तिगत स्वार्थ त्याग्नु पर्छ’ >>   आज देखि २० दिन राति ११ बजेदेखि चार घण्टा पृथ्वीराजमार्ग बन्द हुने >>   आज मिति २०८१ साल मङ्सिर ०३ गते सोमबार,हेर्नुहोस आजको राशिफल >>   टेलिकमको अवरुद्ध सेवा सञ्चालन
Logo
४ मंसिर २०८१, मंगलवार
४ मंसिर २०८१, मंगलवार

माइतीघरमा सहकारी पीडितहरुको प्रदर्शन


२० जेष्ठ ,काठमाडौँ । सहकारी पीडित नागरिकहरुले आफ्नो बचत रकम फिर्ताको माग राखेर आज माइतीघरमा प्रदर्शन गरेका छन् । सहकारी पीडित बचतकर्ता महासङ्घ सङ्घर्ष समितिको आह्वानमा पीडितहरुले आफ्नो बचत फिर्ताको माग राख्दै उक्त प्रदर्शन गरेका हुन् ।

उनीहरुले आफ्नो रकम फिर्ताका लागि सरकारले पहल गर्न या सरकारले नै फिर्ता दिनुपर्ने व्यवस्था गर्न माग गरेका हुन् । यसैका दबाबस्वरुप प्रदर्शनमा उत्रिन बाध्य भएको उनीहरुको भनाइ थियो ।

पीडितहरुले आज मध्याह्न माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका थिए । सहकारीहरुले खाएर भागेको बचत फिर्ताको लागि पालिकादेखि केन्द्र सरकारका निकायका ढोकामा पुग्दासमेत आफूहरुले गरेको बचत फिर्ता नभएको भन्दै धर्ना तथा प्रदर्शन गरेको सङ्घर्ष समितिका अध्यक्ष सुनितासिंह राजभण्डारीले बताईन् । उनले भनिन्, “सहकारीको बचत फिर्ताको लागि राज्यका सबै निकाय धायौँ तर कतै पनि सुनुवाइ नहुँदा पीडितहरु सडक आन्दोलनमा आउन बाध्य भए ।”

सहकारीहरुलाई नियन्त्रण गर्ने एउटा मात्रै निकाय बनाउनुपर्ने र सहकारीहरुले बनाउने निजी ऐन बन्द गर्नुपर्ने पीडितहरुको माग रहेको छ । काठमाडौँ महानगरपालिका, वडा कार्यालय र प्रदेश सरकारसम्म न्याय माग्न जाँदा सुनुवाइ कतैबाट पनि नभएको पीडतहरुको गुनासो रहेको छ ।

नेपालमा पछिल्लो समय सहकारीबाट ठगिने व्यक्तिहरुको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो एक तथ्याङ्कअनुसार एक सयभन्दा बढी सहकारीमार्फत ठगिएका बचतकर्ताहरु एकै ठाउँमा रहेर यो सङ्घर्ष समिति बनाएको अध्यक्ष राजभण्डारीले जानकारी दिईन् ।

बाटोमा दिनभर मकै पोल्ने, भारी बोक्ने तथा सानातिना ज्याला मजदुरी गरेर जम्मा गरेको दुई चार पैसा जम्मा गरिएका सहकारी नै भागेका या बन्द भएका छन् । यस्तो व्र्गका नागरिकको रकम फिर्ता हुन नसकेपछि उनीहरु निकै मर्कामा परेका छन् ।

आफूहरुले जम्मा गरेको यस्तो सानो तिनो रकम कुनै अवैध कमाइ या कालोधन नभएकाले सरकारले नै पीडितहरुका समस्याको सम्बोधन गर्नुपर्ने पीडितहरुको माग रहेको छ । आज माइतीघरमा जम्मा भएका सयौँ पीडितले आफ्नो रोजीरोटीको त कुरै जाओस्, दुःख जिलो गरी जम्मा गरेको सानो रकम पनि झिक्न नपाउने भएपछि परिवार पाल्ने समस्या झनै बढेको बताएका थिए ।

उनीहरुले सहकारीलाई कारबाही गरेर होस् या सहकारीको अचल अचल सम्पत्ति लिएर होस् सरकारले नै आफूहरुका समस्याको समाधानका लागि रकम फिर्ता गराइदिनुपर्ने बताएका थिए ।


प्रकाशित मिति: २० जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?