Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

घरभाडा नबढाउन सङ्घको अपिल


२१ जेठ, चितवन । व्यापारिक क्षेत्रको घरभाडा नबढाउन र संभावभएमा छुट दिन उद्योग वाणिज्य सङ्घ चितवनले अपिल गरेको छ । आर्थिकमन्दीका कारण व्यापार र व्यावसायिक गतिविधिमा ह्रास आएको जनाउँदै सङ्घले यस्तो आग्रह गरेको हो ।

सङ्घले कोभिड–१९ पश्चात् सिर्जित अवस्था एवं बैंक तथा वित्तीय संस्थाले लिने गरेको चर्को बैंक ब्याजदरका कारण व्यवसायी समस्यामा परेको जनाएको छ । औद्योगिक उत्पादन तथा वितरण अत्यन्त सुस्त भएका कारण सर्वसाधारणको दैनिकीसमेत अप्ठ्यारोे परिस्थितिबाट गुज्रिरहेको उसले जनाएको छ । आर्थिक जटिलताका कारण व्यापार व्यवसाय सञ्चालनरुपमा सञ्चालन हुन नसक्दा र सर्वसाधारणको आयआर्जनमा समेत वृद्धि नहुँदा उद्यमी व्यवसायीलगायत उपभोक्तासमेत प्रभावित भएको सङ्घले जनाएको छ ।

सङ्घले चितवनका विभिन्न व्यापारिक केन्द्रमा घर÷सटर बहालमा लिई व्यवसाय गर्ने व्यवसायीले घर बहालसमेत भुक्तान गर्न नसकेको अवस्था रहेको चर्चा गर्दै घर बहाल समयमा नपाउँदा घर बहालमा आश्रित घरधनीलाई समेत अप्ठ्यारोे परेको उल्लेख गरेको छ ।

सङ्घका अध्यक्ष चुननारायण श्रेष्ठले जारी गरेको अपिलमा भनिएको छ, “घर बहाल सम्झौताबमोजिम यस वर्ष घरबहालमा वृद्धि गर्ने समय आएका घरधनीले यो समयमा घरभाडामा वृद्धि नगरी राहत प्रदान गर्न सङ्घले सबैमा अपिल गरेको छ ।”


प्रकाशित मिति: २१ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?