Trending
>>   आसन्न चीन भ्रमणबारे सरोकारवालाहरुसँग छलफलमा प्रधानमन्त्री >>   सभ्य र हिंसारहित समाज निर्माण होस् : प्रधानमन्त्री ओली >>   एनपिएलले नेपालको आर्थिक गतिविधि चलायमान बनाउनेछः खेलकुदमन्त्री चौधरी >>   महिला नेपाल प्रिमियर लिगको आयोजना गर्न क्यानलाई प्रधानमन्त्रीको निर्देशन >>   एनपिएलको ट्रफी अनावरण (फोटो फिचर) >>   रोमानियाको राष्ट्रपति चुनावमा वर्तमान प्रधानमन्त्रीको नेतृत्व >>   कोप २९ विश्वव्यापी जलवायु सम्झौता प्याकेजमा पुग्यो >>   प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्रीहरुसँग आसन्न चीन भ्रमणबारे छलफल गर्दै >>   यी दुई प्रदेशमा हल्का वर्षा र हिमाली भूभागमा हिमपातको सम्भावना >>   आज मिति २०८१ साल मङ्सिर १० गते सोमबार,हेर्नुहोस आजको राशिफल
Logo
१० मंसिर २०८१, सोमबार
१० मंसिर २०८१, सोमबार

वागमती


विद्यालयमा राजनीतिक दल तथा भातृ सङ्गठनका कार्यक्रम नगर्न कामपाको निर्देशन

१४ वैशाख, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले महानगर भित्रका केही विद्यालयमा राजनीतिक दल तथा तीनका भातृ सङ्गठनका कार्यक्रम सञ्चालन भएकामा ध्यानाकर्षण भएको जनाएको छ । प्रचलित शिक्षा ऐन तथा नियमावली विपरीत राजनीतिक दल र भातृ सङ्गठनका कार्यक्रम गरिएको प्रमाणसहितको उजुरी कामपा शिक्षा विभागमा आएकाले अब उप्रान्त त्यस्ता कार्यक्रम नगर्न निर्देशन पनि

इच्छाकामना मन्दिर पुनःनिर्माण अन्तिम चरणमा

१४ वैशाख, चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मा रहेको इच्छाकामना मन्दिरका पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । ढुङ्गा र माटोले बनेको पुरानो मन्दिर जीर्ण बनेपछि जगबाटै भत्काएर पुनःनिर्माण गरिएको हो । विसं २०७५ असार ७ गते शिलान्यास गरेर काम सुरु भएको मन्दिरको ९५ प्रतिशत काम सकिएको इच्छाकामना सिद्धबाबा क्षेत्र संरक्षण समितिका

काभ्रेमा विपद् : नौ महिनामा ५९ जनाको मृत्यु

१४ वैशाख ,काभ्रेपलाञ्चोक । चालु आर्थिक वर्षको नौ महिनामा काभ्रेपलाञ्चोकमा चार सय २४ जना विपद्मा परेका छन् । तीमध्ये ५९ को मृत्यु भएको छ भने तीन सय ७७ घाइते तथा सुरक्षाकर्मीले ३३ को उद्धार गरेको जनाइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा अघिल्लो आर्थिक वर्ष २०७८/२०७९ मा चार सय

गालीगलौजको राजनीति नगरौँ : सभापति लामिछाने

१३ वैशाख ,भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेले गालीगलौजको राजनीति नगर्न अनुरोध गरेका छन् । बुधबार चितवनको मुग्लिन बजारमा आज आयोजित धन्यवाद सभालाई सम्बोधन गर्दै लामिछानेले सुसंस्कृत राजनीतिको अभ्यास गरेर मुलुकलाई अगाडि लैजानुपर्ने बताए । उनले भने, “सुसंस्कृत राजनीतिको

घरघरमा बालबालिका खोज्दै स्वास्थ्यकर्मी

१३ वैशाख ,चितवन । जिल्लामा रहेका सात पालिकाका सबै वडामा स्वास्थ्यकर्मी एवं स्वास्थ्य स्वयंसेविका बालबालिकाको खोजीमा जुटेका छन् । वैशाख महिनालाई खोप महिनाका रूपमा सरकारले मनाउने निर्णय गरेसँगै यतिखेर जिल्लाका सात पालिकामा रहेका चार सय ६२ स्वास्थ्य स्वयंसेविका र स्वाथ्यकर्मी बालबालिकाको खोजीमा लागेका हुन् । स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी

कामपामा निःशुल्क कानुनी सेवा लिनेको सङ्ख्या तीन हजार

१३ वैशाख ,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गत चैत एक गतेदेखि सुरु गरेको निःशुल्क कानुनी परामर्श सेवा दुई हजार आठ सय नौ जनाले लिएका छन् । नागरिकलाई सामान्य किसिमको कानुनी परामर्श दिने उद्देश्यसहित कामपाले एक महिनाअघिदेखि कामपाको ३२ वटै वटा कार्यालयमार्फत निःशुल्क कानुनी सेवा प्रदान गर्दै आएको थियो । उक्त न्यायिक

बागमती प्रदेशसभा : चालु अधिवेशन बैठक राति १२ बजेदेखि अन्त्य

१३ वैशाख ,काठमाडौँ । बागमती प्रदेशको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको छ । आज मन्त्रिपरिषद्ले पठाएको निर्णयअनुसार प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेका हुन्। प्रदेश प्रमुख सचिवालयबाट बैठक अन्त्य भएको सूचना प्रदेशसभामा प्राप्त भएको प्रमुख सचिव कृष्णहरि खड्काले बताए । प्रदेशसभाको दोस्रो

बागमती प्रदेश : हिउँदे अधिवेशन अन्त्य

१३ वैशाख, काठमाडाैँ । बागमती प्रदेश मन्त्रिपरिषद्को आज अपरान्ह बसेको बैठकले हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बैठकले उक्त निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा कानूनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिए । यस्तै बैठकले प्रदेश सरकारी कामकाजको भाषासम्बन्धी विधेयकको मस्यौदा तयारीका लागि सैद्धान्तिक स्वीकृति दिने निर्णय

किसानलाई कृषि सामग्री वितरण

१३ वैशाख, मकवानपुर । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन एकाइ मकवानपुरले मनहरि गाउँपालिकास्थित मनहरि वडा नं ९ ज्यामिरेका ८० घरधुरी किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री उपलब्ध गराएको छ । चैते धानबाली चक्लाबन्दी कार्यक्रम अन्तर्गत सो परियोजनाले धनेश्वरी किसान समूहमा आवद्ध किसानलाई आज सामग्री हस्तान्तरण गरेको हो । सो परियोजनाबाट रु

बेवारिसे गाईबाच्छा संरक्षणका लागि गोरक्ष महायज्ञ

१३ वैशाख, काठमाडाैँ । सडकमा छाडा छोडिएका गाईबाच्छा संरक्षणका लागि गोरक्ष महायज्ञ आयोजना गरिने भएको छ । कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित पशुपति क्षेत्र विकास कोषको नाममा रहेको जग्गामा करिब दुई सय बेवारिसे गाईबाच्छाको संरक्षणका लागि सबैको सहयोग जुटाउने उद्देश्यले महायज्ञ गर्न लागिएको हो । यही वैशाख २२ देखि २८ गतेसम्म गोरक्ष

सम्वन्धित समाचारहरु