Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

आमाले आँफू सहित २ छोरालाई खुवाइन् विष, १८ महिने छोराको मृत्यु


१८ जेठ, हेटाैँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका -१५ स्थित जाँतेकी महिलाले आफूसहित दुई सन्तानलाई विष खुवाउँदा दुधे बालकको मृत्यु भएको छ । सोनी पाख्रिनले आफ्नो दुई सन्तानलाई विष पिलाएर आफूले पनि विष पिएकी हुन्।

पाख्रिनले बुधबार साँझ ५ बजेर ५० मिनेटमा आफू र छोराहरू सात वर्षीय छोरा अस्किन वाइबा र १८ महिनाको छोरा जेनिस वाइबालाई झार मार्ने विषादी खुवाएर गम्भीर भएपछि हेटौँडा अस्पतालमा उपचारका लागि ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले अस्किनको अवस्था मध्यम रहेको जानकारी दिँदै आमा र १८ महिने बालकको अवस्था गम्भीर भई थप उपचारको बुधबार राति नै पुरानो मेडिकल कलेज भरतपुर चितवनमा लगेको जानकारी दिए ।

उनले भरतपुरस्थित सीएमसी अस्पतालमा उपचारकोको क्रममा बिहीबार बिहान १८ महिनाका जेनिसको मृत्यु भएको बताए । उनका अनुसार आफूसहित छोराहरूलाई विषादी खुवाउनुको कारण भने खुलेको छैन ।


प्रकाशित मिति: १८ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?