Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

आमाले आँफू सहित २ छोरालाई खुवाइन् विष, १८ महिने छोराको मृत्यु


१८ जेठ, हेटाैँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका -१५ स्थित जाँतेकी महिलाले आफूसहित दुई सन्तानलाई विष खुवाउँदा दुधे बालकको मृत्यु भएको छ । सोनी पाख्रिनले आफ्नो दुई सन्तानलाई विष पिलाएर आफूले पनि विष पिएकी हुन्।

पाख्रिनले बुधबार साँझ ५ बजेर ५० मिनेटमा आफू र छोराहरू सात वर्षीय छोरा अस्किन वाइबा र १८ महिनाको छोरा जेनिस वाइबालाई झार मार्ने विषादी खुवाएर गम्भीर भएपछि हेटौँडा अस्पतालमा उपचारका लागि ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले अस्किनको अवस्था मध्यम रहेको जानकारी दिँदै आमा र १८ महिने बालकको अवस्था गम्भीर भई थप उपचारको बुधबार राति नै पुरानो मेडिकल कलेज भरतपुर चितवनमा लगेको जानकारी दिए ।

उनले भरतपुरस्थित सीएमसी अस्पतालमा उपचारकोको क्रममा बिहीबार बिहान १८ महिनाका जेनिसको मृत्यु भएको बताए । उनका अनुसार आफूसहित छोराहरूलाई विषादी खुवाउनुको कारण भने खुलेको छैन ।


प्रकाशित मिति: १८ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?