Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

हतियारसहित चितवन राष्ट्रिय निकुञ्जबाट २ जना पक्राउ


१८ जेठ, चितवन । चितवन राष्ट्रिय निकुञ्जको टोलीले चोरी सिकारीमा संलग्न हुने आधारमा हतियारसहित दुई जनालाई पक्राउ गरेको छ ।

निकुञ्जको अप्रेसन टोलीले पूर्वी चितवनको कालिका नगरपालिका घर भएका दुई जनालाई भरुवा बन्दुक सहित पक्राउ गरेको निकुञ्जका सूचना अधिकारी गाशेणप्रसाद तिवारीले जानकारी दिए । टोलीले अप्रेसनका क्रममा कालिका नगरपालिका वडा नं. ११ बस्ने २९ वर्षीय राज चेपाङ र सोही पालिका वडा नं. ११ सैपाङ बस्ने ३५ वर्षीय सुन्दर प्रजालाई पक्राउ गरिएको हो ।

प्रजाबाट दुई थान भरुवा बन्दुक, हातहतियार बरामद गरिएको छ । उनीहरू माथि वन्यजन्तु सम्बन्धी कसुरका विषयमा अनुसन्धान भइराखेको निकुञ्ज कार्यालयले जानकारी दिएको छ ।


प्रकाशित मिति: १८ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?