२२ भदाै, काठमाडाैँ । काठमाडौं महानगरपालिकाले आज (शुक्रबार) शोक बिदा दिएको छ । महानगरको नगर कार्यपालिका कार्यालयका विभाग प्रमुख दीपक अधिकारीका अनुसार वडा नं. १६ का अध्यक्ष मुकुन्द रिजालको बिहीबार ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएकाले महानगरपालिका अन्तर्गतका कार्यालयहरूमा शोक बिदा दिने निर्णय गरिएको हो । काठमाडौं क्षेत्र ७ का क्षेत्रीय
२१ भदाै, काठमाडाैँ। काठमाडाैँ महानगरमा शुक्रबार (भोली) सार्वजनिक बिदा दिइएको छ । वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिभजालको निधन भएको शोकमा भोली सार्वजनिक बिदा दिइने भएको हो । रिजालको बिहीबार बिहान काठमाडाैँको ग्राण्डी अस्पतलामा निधन भएको थियो । अस्पतालले दिएको जानकारी अनुसार रिजालको निमोनियाका कारण बिहान साढे ७ बजे
२१ ,भाद्र ,काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा बिहीबार फैसला पेसी तोकिएको छ । बहस पटक पटक स्थगित गर्दै आएको जिल्ला अदालत काठमाडौंले आजका लागि फैसला पेसी तोकेको छ । यसअघि भदौ १० गते मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको सन्दिप लामिछाने को मुद्दामा आज का लागि फैसला पेसी तोकेको छ।
२० भदौ, काभ्रे । पारि भित्तामा झरना एकनासले सुसाइरहेको छ । वारि डाडाँमा बसेर झरनाको प्राकृतिक मनमोहक दृश्य नियालेर मन्त्रमुग्ध हुँदै तस्बिर कैद गर्नेको दैनिक घुइँचो बढ्दै गएको छ तीनधारे झरना क्षेत्रमा । जहाँ घुम्न जानेहरुको सङ्ख्यामा उल्लेख्य वृद्धि हुँदै गएपछि पहिला झरनाजस्तै सुनसान बनेको काफलडाँडामा अचेल त्यहाँ गएर रमाइरहनेहरुको
२० भदौ, काठमाडाैँ । आजको लागि तय गरिएको बागमतीे प्रदेशसभाको बैठक पुनः स्थगित भएको छ । दिउँसो १ बजेका लागि तय गरिएको बैठक सूचना टाँस गरेर स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाको अर्को बैठक यही भदौ २४ गते दिउँसो १ बजे बस्ने प्रदेश सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी
काठमाडौ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीमा दाई–भाउजु प्रवृत्ति हाबी भएको भन्दै त्यसले पार्टीलाई उभो लाग्न नदिएको टिप्पणी गरेका छन् । मंगलबार नेपाली कांग्रेस चितवन क्षेत्र नं २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै पूर्व मन्त्रीसमेत रहेका नेता केसीले कार्यकर्ताले सत्यलाई बन्धकी राख्नाले पार्टी क्षयीकरणको बाटोमा गएको तर्फ संकेत
१९ ,भाद्र ,मनहरि । बागमती प्रदेशसभाकोे बैठक भदौ २० गते दिउँसो १ बजे बस्ने भएको छ । दुई महिनापछि सोमबार दिउँसो १ः३० बजेका लागि तय गरिएको बैठक सरकारले विगतमा गरेका सहमति पालना नगरेको भन्दै विपक्षी दलले बैठक चल्न नदिने चेतावनी दिएपछि सूचना टाँस गरेर स्थगित गरिएको थियो । प्रदेशसभा बैठकको
१९ भदाै, काठमाडाैँ । नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले पदबाट राजीनामा दिएका छन् । काफ्लेले संसदीय दलका नेता बहादुरसिंह लामा समक्ष राजीनामा पेश गरेका हुन् । लामा निकट मानिएका काफ्लेले सामाजिक सञ्जालमा दलका नेता समक्ष राजीनामा दिएको तस्बिर राख्दै प्रमुख सचेतकको भूमिकाले पार्टी सङ्गठनको काममा
१८ ,भाद्र ,काठमाडौँ । काठमाडौँको वसुन्धरामा भ्यानको ठक्करबाट मोटरसाइकल चालक दावा दोर्जे शेर्पाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३ तिलिङ्गाटारमा गए राति बागमती प्रदेश ०१–०२७ च ६७४७ नम्बरको भ्यानले प्रदेश ३–०२–००६ प ६४०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सङ्खुवासभा मकालु गाउँपालिका–१ का शेर्पाको आज बिहान मृत्यु भएको हो । दुर्घटनामा गम्भीर
१८ ,भाद्र ,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अनधिकृतरूपमा सञ्चालनमा रहेका औषधि पसललाई कानूनी दायरामा ल्याउने भएको छ । कामपामा हाल सञ्चालनमा रहेका धेरै पसल कानून विपरीत रहेको भन्दै कानूनी दायरामा ल्याउन लागिएको जनाइएको छ । कामपा स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार हाल कामपाको क्षेत्राधिकारभित्र दुई हजार छ यस औषधि पसल