Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

भारतबाट मनसुन बाहिरिन थाल्यो, नेपालबाट कहिले ?


७ असोज, काठमाडौं । नेपालबाट मनसुन बाहिरिने सरदर मिति नजिकिँदै छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ र बाहिरिने सरदर मिति अक्टुबर २ तारिख हो ।तर यस वर्ष सरदर मितिभन्दा एक दिन ढिलो अर्थात जुन १४ तारिख जेठ ३१ गते मनसुन नेपाल भित्रिएको थियो । सरदर मिति अनुसार नेपालबाट मनसुन बाहिरिन अब एक हप्ता बाँकी छ । कहिलेकाहिँ सरदर मितिभन्दा दुई-चार दिन ढिलो चाँडो पनि मनसुन बाहिरिने गर्दछ । पूर्वी नेपालबाट भित्रिएको मनसुन पश्चिम नेपालबाट बाहिरिन सुरु गर्छ । भारतको राजस्थानबाट भने मनसुनी वायु बाहिरिन सुरु गरिसकेको छ । भारतको मौसम विज्ञान विभागले भोलि सोमबारदेखि मनसुन बाहिरिन सुरु गर्ने जनाएको छ ।

नेपालका एक जना मौसमविद राजु प्रधानाङ्गले भारतबाट मनसुन बाहिरिन सुरु गरिसकेकाले पश्चिम नेपालबाट पनि एक हप्तापछि मनसुन बाहिरिन सुरु हुनसक्ने अनुमान गरिएको जानकारी दिए । उनले ‘नेपालबाट मनसुन कहिले बाहिरिन्छ भनेर अहिले नै ठ्याक्कै त भन्न सकिँदैन तर भारतको राजस्थानबाट बाहिरिन सुरु गरिसकेकाले नेपालमा पनि एक हप्तापछि सुरु होला भन्ने अनुमान गरेका छन् ।’

मौसमविदहरुका अनुसार मनसुन बाहिरिनका लागि पश्चिमबाट पूर्वतिर हावा बहनुपर्छ अर्थात् पूर्वी वायु मनसुनी वायुलाई पश्चिमी वायुले विस्थापित गर्नुपर्छ । बंगालको खाडीबाट जलवाष्पयुक्त हावा आउनेक्रम रोकिनुपर्छ ।सामान्य हिसाबमा मनसुन बाहिरिन जाडो सुरु हुनुपर्छ । जाडोको वायु पश्चिमबाट चल्छ । काठमाडौं उपत्यकामा बिहानपख जाडो महसुस हुँदै गएको छ । यद्यपि जाडोको वायुका साथै मनसुनका अरु धेरै प्रणालीहरु छन्, ती सबै बाहिरिँदै जानुपर्छ ।

स्थानीय वायुको प्रभाव, पश्चिमी वायुको प्रभाव, वायुमण्डलको अवस्था सबै हेरेर मनसुन बहिर्गमनको घोषणा गरिन्छ । तर अहिले मनसुन कमजोर भए पनि बाहिरिने अन्य पूर्वसंकेतहरु देखिएका छैनन् । त्यसैले मौसमविदले मनसुन बहिर्गमनको मितिबारे ठोकुवाका साथ भन्न नसकेका हुन् । मौसमविद प्रधानाङ्गका अनुसार अहिले मनसुन कमजोर हुँदै गए पनि केही एक दुई स्थानमा अझै भारी वर्षाको सम्भावना छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन चट्याङसहित भारी वर्षाको सम्भावना छ । २४ घण्टाको अवधिमा ५० मिलिमिटरसम्म पानी पर्नुलाई भारी वर्षा भनिन्छ ।

अहिले भने कोशी प्रदेशमा सामान्यदेखि पूर्ण बदलीको अवस्था छ । कोशी प्रदेशका तराई भूभाग झापा र मोरङतिर हल्का वर्षा पनि भइरहेको छ । अन्य प्रदेशमा भने अहिले आंशिकदेखि सामान्य बदली छ । मनसुन कमजोर हुँदै गएको र मनसुन बाहिरिने मिति पनि नजिकिँदै गएकाले विगतमा जस्तो अति भारी वर्षाको सम्भावना भने अब नरहेको मौसमविद बताउँछन् ।


प्रकाशित मिति: ७ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?