Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

नेपाली विद्यार्थीका लागि भारतको चण्डीगढ युनिभर्सिटीले ल्यायो ९.४० करोडको छात्रवृत्ति


काठमाडौँ। नेपालका प्रतिभाशाली एवं आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका लागि भारतको चण्डीगढ युनिभर्सिटीले छात्रवृत्ति दिने भएको छ ।

शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विश्वविद्यालयले यसबारे जानकारी दिएको हो । विश्वविद्यालयले नेपालका विद्यार्थीका लागि इण्डो–नेपालमैत्री स्कलरसिप शुभारम्भ गरेको जनाएको छ । यो छात्रवृत्ति कोष ९.४० करोड रुपैयाँको रहेको चण्डीगढ विश्वविद्यालयका चान्सलरका सल्लाहकार प्रोफेसर डाक्टर आरएस बाबाले बताए। नेपाल–भारतमैत्री सम्बन्धको ७५ औं वर्षगाँठको अवसरमा यो छात्रवृत्ति दिन लागेको उनको भनाइ छ । आर्थिक अवस्था कमजोर भएकै कारण गुणस्तरीय शिक्षा प्राप्त गर्नबाट वञ्चित हुनु हुँदैन भन्ने उद्देश्यबाट छात्रवृत्ति दिएको बताएका छन् ।

आफूहरुले दिने शिक्षा अमेरिका, बेलायको सरह भएको दाबी गरेका छन् ।


प्रकाशित मिति: १ भाद्र २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?