Trending
>>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

दुर्घटनामा परी निधन भएका संगीतकर्मी सुरेश केरुङको कथामा आधारित गीत ‘हे दैव’ सार्वजनिक


काठमाडौं । कार दुर्घटनामा परी निधन भएका संगीतकर्मी सुरेश केरुङको कथामा आधारित गीत ‘हे दैव’ सार्वजनिक भएको छ । म्युजिकल फिल्म भनिएको गीतमा राजेशपायल राई, प्रविशा अधिकारी र सुनिता थेगिमको स्वर समावेश छ । गीतमा विक्रम साम्पाङको शब्द, शंकर थापा स्माइलको संगीत र विश्व अधिकारीको एरेन्ज छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी स्वर्गीय केरुङको परिवारले गीति भिडियो सार्वजनिक गरेको हो । सांगीतिक क्षेत्रमा भविष्य बनाउन अघि बढिरहेको समयमा अमेरिकामा कार दुर्घटनामा परी केरुङको गत वर्ष २६ वर्षको उमेरमा निधन भएको थियो । उनी भुटानी शरणार्थीको रूपमा झापाको बेलडाँगी शिविरबाट अमेरिकाको एटलान्टा पुगेका थिए ।

केरुङको परिवारसँग निकट भएका गायक राजेशपायल राईगीत सार्वजनिक कार्यक्रममा भक्कानिए । सुरेशसँगका पल सम्झिंदै राजेशपायलले केरुङ परिवार आफ्नै परिवार जस्तै भएको बताए ।

२० मिनेट लामो यो म्युजिकल फिल्मलाई देवजंग थापाले निर्देशन गरेका हुन् । भिडियोमा माओत्से गुरुङ, कविता आले, बुद्धि तामाङ, एलिशा राई, रजनी गुरुङ, अनिल सुब्बा, दिप्सन आङ्बो र धनु ग्याङ्मीले अभिनय गरेका छन् । भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन र विवेक उप्रेतीको सम्पादन छ ।

 

 

 


प्रकाशित मिति: ७ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?