६ जेठ, ललितपुर । वर्षा र सहकालका देवताका रुपमा विश्वास गरिने रातो मच्छेन्द्रनाथको रथलाई रथारोहनदेखि रातदिन प्रहरी र पूजारीको सुरक्षामा राखिएको छ । मच्छिन्द्रनाथको ठूलो रथ र मीननाथको सानो रथसँगै रहेका मूर्ति चोरी नहोस् भनेर सुरक्षाका लागि छ जना सुरक्षाकर्मी खटिएको जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रहरी सहायक निरीक्षक रोहन महर्जनले जानकारी
६ जेठ, काठमाडाैँ । सहरमा हरियाली प्रवद्र्धनका लागि एक लाख बिरुवा रोप्ने अभियानअन्तर्गत आज काठमाडौँ महानगरपालिकाले शङ्खधरपार्क (रत्नपार्क) मा वृक्षरोपण गरेको छ । रोपिएका बिरुवा कपुर, धूपी र समीका छन् । अभियानको थालनी गर्दै यसअघि कोटेश्वर–जडीबुटी सडक खण्डमा एक सय २० कपुरका बिरुवा रोपिसकिएको छ । सहरी हरियालीका प्रवद्र्धनका लागि एक
६ जेठ, चितवन । गैँडाको आक्रमणबाट पश्चिम चितवनमा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१७ नारायणचोकका ६० वर्षीय झलकराज पौडेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पौडेललाई आफ्नै घर पछाडि काम गरिरहेको अवस्थामा आज बिहान ११ बजे गैँडाले आक्रमण गरेको हो
६ जेठ, काठमाडाैँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–९ स्थित मच्छेगाउँमा आफैँलाई आगो लगाएर गम्भीर घाइते भएकी ३६ वर्षीय शान्ति श्रेष्ठको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ । रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोर घर भएकी श्रेष्ठले शुक्रबार अपराह्न ३ बजे आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ । आगोले जलेर गम्भीर
६ जेठ, चितवन । बर्सेनि करोडौँ रुपैयाँ खर्चेर सामुद्रिक किनारमा रमाउन नेपाली विदेश जाने गर्दछन् । थाइल्याण्ड, दुबई, भारतको गोवा, इण्डोनेसियाको बालीलगायतका देश र सहरमा बर्सेनि ठूलो सङ्ख्यामा नेपाली पुगेको देखेका महेन्द्रसिंह थापालाई नेपाली पर्यटक रोक्ने योजना बन्यो । उनले यही ‘सि बीच’ मोडल दिने गरी नदी किनारमा पर्यटकीय पूर्वाधार निर्माण
६ जेष्ठ ,त्रिशूली । नुवाकोटको सूर्यगढी गाँउपालिका–१ को कोम्राङपाखासहितको आसपासमा विद्युत् सेवा पुगेको छ । जिल्लाको दुर्गम क्षेत्र र माथिल्लो भूभाग भएकाले भौगोलिक कठिनाइको कारण विद्युत् प्रसारण प्रणाली पुग्न नसकेको उक्त गाउँमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नुवाकोटले ग्रामीण विद्युतीकरण कार्यक्रममार्फत केन्द्रीय प्रसारण प्रणाली पुर्याएको हो । कार्यालयका डिभिजन
६ जेष्ठ ,काठमाडौँ । तारकेश्वर नगरपालिकाले एक घर, एक धाराका लागि नगरपालिकाभित्रका ११ वटै वडामा पानी ट्याङ्की निर्माण गर्ने भएको छ । तारकेश्वरद्वारा शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख कृष्णहरि महर्जनले नगरपालिकाभित्रका सबै वडामा २० लाख लिटरका ट्याङ्की निर्माण गरी नगरवासीलाई खानेपानी उपलब्ध गराउने जानकारी दिए ।“हामी निर्वाचित भएको आज
६ जेष्ठ ,काभ्रे । मनसुनजन्य विपद्बाट जनधनको क्षति हुन नदिन तथा उद्धार तथा खोज कार्यलाई प्रभावकारी बनाउन पूर्वतयारीस्वरुप सुरक्षाकर्मी उद्धारको पूर्वाभ्यास गरिरहेका छन् । दुई जिल्लाका सशस्त्र प्रहरीद्वारा काभे्रपलाञ्चोकस्थित सुनकोशी नदीमा शुक्रबार उद्धारको पूर्वाभ्यास गरेका छन् भने नेपाली सेनाले गत वैशाख अन्तिम साता सोही स्थानमा सोही प्रकृतिको अभ्यास गरेको थियो
५ जेष्ठ ,काठमाडौँ । वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीद्वारा लिखित ‘नेपालीको संविधानको ब्याख्या भाग १ र २’ सार्वजनिक भएको छ । पैरवी प्रकाशनले प्रकाशित गरेको उक्त कृतिको पूर्वराष्ट्रपति डा रामवरण यादवले आज सार्वजनिक गरे । पुस्तकले कानुनको शासन कायम गर्ने विषय खुलेर वकालत गरेको उल्लेख गर्दै पूर्वराष्ट्रपति डा यादवले सङ्घीयतासहितको
५ जेठ, चितवन । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्न काम भइरहेको छ । मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा बिहीबारदेखि कालोपत्र गर्न सुरु गरिएको हो । पूर्वी भागको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयस्थित कालोपत्र गर्न सुरु गरिएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)का प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए । “गत बिहीबारदेखि पृथ्वी राजमार्गको परीक्षण