Trending
>>   भारतीय राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएपछि राजदूत पाण्डेद्वारा पदभार ग्रहण >>   मंसिर ७ देखि काठमाडौं जलवायु कार्य सप्ताह, जलवायु उत्थानशील शहर बनाउने लक्ष्य >>   प्रधानमन्त्रीको भारत भ्रमणः ऊर्जा क्षेत्र ‘ब्रेक थ्रु’ चाहन्छ, के–के विषयमा हुनुपर्छ सहमति ? >>   आगामी निर्वाचन पपुलिस्ट र लोकतान्त्रिक शक्तिबीचको संघर्ष हुनेछः बादल >>   एमाले भेलामा अपरिचित व्यक्तिको प्रवेशप्रति ओलीको चासो, स्वयंसेवकलाई शतर्क रहन निर्देशन >>   हानि तथा नोक्शानीलाई जलवायु नीतिको मूलधारमा ल्याउन नेपाललाई सान्टियागो नेटवर्कको प्राविधिक सहयोग >>   हिमालय क्षेत्रको भूविज्ञान अनुसन्धानलाई विकास र नीति निर्माणसँग जोड्नुपर्छः सभामुख अर्याल >>   सर्वोच्चले दानबहादुर कार्कीलाई दिएन अन्तरिम आदेश >>   पार्टीप्रति जनविश्वास फर्काउन कमजोरी सच्याउनुपर्छः एमाले सचिव अर्याल >>   एमाले फेरि सरकारमा फर्किन्छ, मूल ढोकाबाटै सिंहदरबार पस्छौँः केपी ओली
Logo
३ मंसिर २०८३, बिहीबार
३ मंसिर २०८३, बिहीबार

महिला आश्रयसम्बन्धी राष्ट्रिय सम्मेलन


११ असार ,काठमाडौँ । नेपालमा लैङ्गिक हिंसा पीडित/प्रभावितका लागि महिला आश्रयसम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, महिला आश्रय गृह राष्ट्रिय सञ्जाल र साथी संस्थाको आयोजनामा आइतबारदेखि सुरु भएको सम्मेलन तीन दिनसम्म चल्नेछ ।

सम्मेलनले लैङ्गिक हिंसाका समस्यालाई सम्बोधन गर्ने र प्रभावकारी आश्रय गृह सेवामार्फत महिला तथा बालबालिकाको सशक्तीकरणलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । सम्मेलनमा तीन तहका सरकारका विभिन्न प्रतिनिधि, आश्रय गृह सञ्चालक तथा व्यवस्थापक, एकद्वार सङ्कट व्यवस्थापन केन्द्रका प्रतिनिधि, लैङ्गिक विज्ञ, लैङ्गिक हिंसा पीडित/प्रभावित, मनोसामाजिक परामर्शकर्ता, पत्रकार महिला, महिला अधिकारकर्मीलगायत दुई सय बढीको सहभागी रहेको छ ।

उद्घाटन कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले आश्रय गृहले पीडितलाई हिंसाविरुद्ध आवाज उठाउन सहयोग गर्दै आएको उल्लेख गर्दै विभिन्न सङ्घ संस्थाले आश्रय गृह सञ्चालन गरेर राज्यलाई सघाउँदै आएकामा प्रसंशा गरे । साथै उनले हिंसा पीडित महिला तथा बालबालिकालाई न्याय र सशक्तीकरण सुनिश्चित गर्न आश्रयस्थलले दिने सेवाको गुणस्तरमा सुधार गर्नुपर्नेमा जोड दिए ।

सांसद डा आरजु राणा देउवाले नेपालमा आश्रय आन्दोलनको इतिहासबारे जानकारी गराउँदै यसबाट प्राप्त उपलब्धि, चुनौती र आगामीको योजनाका बारेमा प्रकाश पारिन् । कार्यक्रममा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले घरेलु तथा लैङ्गिक हिंसाबाट प्रभावित महिला तथा बालिकाको जीवन पुनःनिर्माणमा आश्रय सेवाले खेलेको भूमिका महत्वपूर्ण रहेको बताईन् । ‘युएन सिड’ समितिकी सदस्य तथा सम्मेलनको प्रर्वतक तथा ग्लोबल नेटवर्क अफ वुमन शेल्टर्सकी सह–संस्थापक बन्दना राणाले आश्रय गृह आन्दोलनलाई राष्ट्रिय र विश्वव्यापीरूपमा अगाडि बढाउनुपर्ने बताईन् ।

साथीका अध्यक्ष सजनी अमात्यले सम्मेलनले महिला आश्रयलाई थप समावेशी बनाउन र महिला तथा बालबालिकाको आवश्यकतालाई सम्बोधन गर्न नीतिगत निर्माणका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । महिला आश्रय गृह राष्ट्रिय सञ्जालका संस्थापक उमा राज्यलक्ष्मी शाहले कोभिड–१९ ले आश्रय गृह सञ्चालकलाई सामूहिक अभियानको आवश्यकता महसुस गरेको बताईन् ।

कार्यक्रममा आश्रय गृहसँग सम्बन्धित महत्वपूर्ण विषयका छ समानान्तर विषयगत सत्र र तीन पूर्ण सत्र सञ्चालन हुनेछ । यसमा आश्रय गृह सञ्चालनसम्बन्धी मापदण्ड, नवीनतम मुद्दा, प्रेषण संयन्त्र र पीडित केन्द्रित अवधारणालगायत छन् । कार्यक्रममा शक्ति समूहका पीडित/प्रभावितले लैङ्गिक हिंसालाई चित्रण गर्ने नृत्य प्रस्तुत गरेका थिए । पीडित महिलाले पनि आश्रयस्थलमा आएपछि उनिहरूको जीवन कसरी परिवर्तन भयो भनेर प्रकाश पार्दै आफ्ना कथा र अनुभव आदानप्रदान गरेका थिए ।

सम्मेलनले आश्रय गृह सञ्चालकबीचको सहकार्य र समन्वयलाई बढावा दिने, सेवाको गुणस्तर बढाउन, समान आश्रय गृहसम्बन्धी नीति स्थापना गर्ने र साझा सिकाइलाई सहजीकरण गर्ने लक्ष्य राखेको छ ।


प्रकाशित मिति: ११ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?