Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

ल्यापटपलगायत चोरीका सामानसहित दुई पक्राउ


१० असार ,काठमाडौँ । प्रहरीले चोरीका सामानसहित दुई जनालाई काठमाडौँबाट पक्राउ गरी अनुसन्धान थालेको छ । ललितपुरमा चोरी गरेका सामान काठमाडौँमा ल्याई लुकाएर राखिएको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।

पक्राउ पर्नेमा काठमाडौँको नक्साल घर भई रविभवनमा सोल्टी सिटी अपार्टमेन्टमा बस्ने सुबोध श्रेष्ठ र लैनचौर घर भई सोही ठाउँमा बस्ने रोशनी महर्जन रहेका छन् । उनीहरुको साथबाट ११ थान ल्यापटप, आइफोन, अन्य मोबाइलसहित घर फोर्न प्रयोग हुने रड, पिलास, पेचकससहितको ब्याग, चोरीमा प्रयोग भएका कपडालगायतका सामग्री बरामद गरिएको उनले बताए ।

जेठ २९ गते ललितपुर जिलाको मानभवनमा ओमप्रकाश प्रधानले सञ्चालन गरेको ग्लोबल लिङ्क टेक्नोलोजी प्रालिको झ्यालको ग्रिल तोडफोड गरी काउन्टरमा रहेको रु एक लाख आठ हजार तथा कार्यकारी अधिकृतको कोठाबाट रु ३७ हजार तथा ल्यापटप चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा उक्त घटनामा संलग्न रहेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

उक्त अपार्टमेन्टको आठौँ तलामा रहेको कोठामा खानतलासी गर्ने क्रममा सामानसहित उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुलाई आजै जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: १० असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?