Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

ल्यापटपलगायत चोरीका सामानसहित दुई पक्राउ


१० असार ,काठमाडौँ । प्रहरीले चोरीका सामानसहित दुई जनालाई काठमाडौँबाट पक्राउ गरी अनुसन्धान थालेको छ । ललितपुरमा चोरी गरेका सामान काठमाडौँमा ल्याई लुकाएर राखिएको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।

पक्राउ पर्नेमा काठमाडौँको नक्साल घर भई रविभवनमा सोल्टी सिटी अपार्टमेन्टमा बस्ने सुबोध श्रेष्ठ र लैनचौर घर भई सोही ठाउँमा बस्ने रोशनी महर्जन रहेका छन् । उनीहरुको साथबाट ११ थान ल्यापटप, आइफोन, अन्य मोबाइलसहित घर फोर्न प्रयोग हुने रड, पिलास, पेचकससहितको ब्याग, चोरीमा प्रयोग भएका कपडालगायतका सामग्री बरामद गरिएको उनले बताए ।

जेठ २९ गते ललितपुर जिलाको मानभवनमा ओमप्रकाश प्रधानले सञ्चालन गरेको ग्लोबल लिङ्क टेक्नोलोजी प्रालिको झ्यालको ग्रिल तोडफोड गरी काउन्टरमा रहेको रु एक लाख आठ हजार तथा कार्यकारी अधिकृतको कोठाबाट रु ३७ हजार तथा ल्यापटप चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा उक्त घटनामा संलग्न रहेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

उक्त अपार्टमेन्टको आठौँ तलामा रहेको कोठामा खानतलासी गर्ने क्रममा सामानसहित उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुलाई आजै जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: १० असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?