Trending
>>   नौविसे-नागढुंगा सडक खण्डको काम अन्तिम चरणमाः ८५ प्रतिशत सम्पन्न >>   इरानमाथि सम्भावित हमला भएमा टप जनरलले नेतृत्व गर्नेछन् : ट्रम्प >>   दिल्लीतर्फ जाँदै गरेको एयर एम्बुलेन्स झारखण्डमा दुर्घटनाः ७ जनाको मृत्यु >>   निर्वाचित भए काठमाडौंका खोला–नदी ढलमुक्त बनाउँछुः कृष्ण सबुज बानियाँ >>   मुलुक जिम्मा लगाउने कुरा तरकारीको स्वाद फेरेजस्तो होइन : विश्वप्रकाश शर्मा >>   निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामहरू नै मेरो मुख्य चुनावी एजेण्डा हुन्ः सुनिल शर्मा >>   राष्ट्रिय लिगमा चर्च ब्वाइजको चौथो जित, चित्लाङको चौथो बराबरी >>   गैरसरकारी संस्थाहरुले नेपालको राष्ट्रिय प्राथमिकताअनुसार काम गर्नुपर्छः प्रधानमन्त्री कार्की >>   जेन–जी परिषद् गठन गर्ने सरकारको निर्णय >>   उद्योग खोल्न नेतालाई गुहार्नुपर्ने र खोलेपछि चन्दा दिनुपर्ने व्यवस्था अन्त्य गर्छौंः बालेन्द्र साह
Logo
१३ फाल्गुन २०८२, बुधबार
१३ फाल्गुन २०८२, बुधबार

वागमती


नेपालको उच्च शिक्षा चुनौतीपूर्ण छ : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको उच्च शिक्षा चुनौतीपूर्ण रहेको बताएका छन् । ‘उच्च शिक्षाका मापदण्डहरुमा एकरुपता र अन्तर्राष्ट्रियकरण’बारे उपकुलपतिहरुको सम्मेलनलाई आज काभ्रेपलाञ्चोकको धुलिखेलमा सम्बोधन गर्दै उनले उच्च शिक्षा प्रदान गर्न आवश्यक भौतिक एवं डिजिटल पूर्वाधारको विकासमा केन्द्रित गर्नुपर्ने बताए । “एकातर्फ गुणस्तरीय प्राविधिक एवं व्यावसायिक उच्च शिक्षा प्रदान

काठमाडौंको तीनकुनेबाट प्रसाईं समर्थक ७ जना पक्राउ

काठमाडौं। काठमाडौंको तीनकुनेबाट गणतन्त्र विरोधी दुर्गा प्रसाईंका ७ जना समर्थक पक्राउ परेका छन् । स्थानीय प्रशासनको आदेश विपरीत तीनकुनेमा प्रदर्शनका लागि जम्मा भएका प्रसाईं समर्थक ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । त्यस्तै, प्रहरीले पक्राउ गरेकाहरूको पहिचान खुलाइसकेको छैन। प्रसाईंले मंसिर ७ बाट व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन जारी राख्ने घोषणा

माओवादी महासचिव भन्छन् : दुर्गा प्रसाईं समूहको प्रदर्शन अदृश्य शक्तिको ट्रायल

काठमाडौं। माओवादी केन्द्रका महासचिव देव गुरूङले दुर्गा प्रसाईंको अगुवाईमा राजधानी केन्द्रित प्रदर्शन अदृश्य शक्तिको ट्रायल भएको दाबी गरेका छन् । ‘यो (प्रसाईं समूहको प्रदर्शन) फासफुस भइहाल्छ । आन्दोलनकारीहरु केही गर्नलाई आएको होइन, तत्काल केही हुनलाई भएको आन्दोलन होइन’ माओवादी महासचिव देव गुरुङ भन्छन्, ‘बरु यो अर्कै शक्तिले एउटा पात्रमार्फत गराएको

आजदेखि मुक्तिनाथ कृषि कम्पनीको आईपीओ खुल्यो, कस्तो छ कम्पनी ?

काठमाडौं । सर्वसाधारणका लागि आज शुक्रबारदेखि मुक्तिनाथ कृषि कम्पनीको प्राथमिक सेयर (आईपीओ) मा आवेदन खुलेको छ । बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलले एक सार्वजनिक सूचना जारी गर्दै आईपीओ निस्कासन खुला भएको जनाएको हो । उक्त कार्यालय समय १० बजेपछि मात्रै सर्वसाधारणले कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् भने सो आईपीओमा मंसिर

आजको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशका पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यता सफा रहेको छ भने दिउँसो देशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का

प्रसाईँले भने-सङ्घीयता हटाउने यो जनविद्रोह हो

काठमाडौं। व्यवसायी दुर्गा प्रसाईले आफ्नो समूहले गरेको प्रदर्शन आन्दोलन आन्दोलन मात्रै नभई जनविद्रोह भएको बताएका छन् । ललितपुरको बल्खुमा बिहीबार भएको आफू नेतृत्वको प्रदर्शनलाई सम्बोधन गर्दै उनले देशबाट संघीय व्यवस्था हटाउने चाहना बोकेर आएको भन्दै विद्रोहको विरुवा रोपिएको दाबी गरे । ‘हाम्रो युवाहरू बाहिर जाने अवस्था परिवर्तन गर्न आएको हो,

प्राधिकरणले भारतलाई बिजुली बेचेर साढे १२ अर्ब कमायो

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनामा साढे १२ अर्ब रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ । प्राधिकरणले चालु आवको साउन, भदौ, असोज र कात्तिक महिनामा विद्युत् भारततर्फ निर्यात गरेको हो भने प्राधिकरणले एक अर्ब ३६ करोड १२ लाख युनिट विद्युत् निर्यात गरी १२ अर्ब

नेप्से परिसूचकको उकालो यात्रा

काठमाडौं। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक नौ दशमलव ८७ अङ्कले उकालो लागेर एक हजार आठ सय ६० दशमलव २० मा पुगेको छ भने ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ७६ अङ्कले उकालो

चितवनमा वनभित्र होटल बनाउन दिएको आरोपमा १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। सामुदायिक वनभित्र होटल निर्माण गर्न अनुमति दिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवन राष्ट्रिय निकुञ्ज, खैरहनी नगरपालिका र विभिन्न सामुदायिक वन समूहका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । त्यस्तै, अख्तियारले चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत, चितवनको खैरहनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत र इञ्जिनियर तथा विभिन्न सामुदायिक वन उपभोक्ता

राष्ट्रियसभा सदस्य निर्वाचन मिति तोक्न सरकारलाई परामर्श

काठमाडौं। निर्वाचन आयोगले आगामी फागुन २० गते समाप्त हुने राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी माघ ११ गते बिहीबार गर्ने गरी मिति तोक्न आज नेपाल सरकारलाई परामर्श दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आयोगका पदधिकारीले भेटेर उक्त परामर्श दिएको र प्रधानमन्त्री दाहालले आयोगको सिफारिस अनुसारकै मितिमै हुने गरी निर्वाचनको मिति तोक्ने

सम्वन्धित समाचारहरु