Trending
>>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

आन्दोलन गर्न हिँडेका दुर्गा प्रसाईँलाई काठमाडौं पस्न रोक


काठमाडौं। गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईँ आज आफ्नो समूहको आन्दोलनमा आउँदै गर्दा प्रहरीले अवरोध गरेको छ । गौशाला आउन कार्यकर्तासहित हिँडेका उनलाई प्रहरीले पेप्सीकोलामा रोकेर फिर्ता पठाएको हो ।

प्रसाईँ आफ्ना कार्यकर्ता र समर्थकसहित तीनवटा गाडीमा ठिमीस्थित घरबाट हिँडेका थिए । पेप्सीकोलातिरको बाटोबाट आउँदै गर्दा मनोहरा पुलमा उनलाई प्रहरीले रोकेको बताइएको छ भने त्यहाँ केहीबेर वादविवाद भएको थियो ।

प्रहरीले अगाडि जान निषेध गरिएको बताएपछि तीनवटै गाडी फर्काइएको छ ।


प्रकाशित मिति: १२ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?