Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

आन्दोलन गर्न हिँडेका दुर्गा प्रसाईँलाई काठमाडौं पस्न रोक


काठमाडौं। गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईँ आज आफ्नो समूहको आन्दोलनमा आउँदै गर्दा प्रहरीले अवरोध गरेको छ । गौशाला आउन कार्यकर्तासहित हिँडेका उनलाई प्रहरीले पेप्सीकोलामा रोकेर फिर्ता पठाएको हो ।

प्रसाईँ आफ्ना कार्यकर्ता र समर्थकसहित तीनवटा गाडीमा ठिमीस्थित घरबाट हिँडेका थिए । पेप्सीकोलातिरको बाटोबाट आउँदै गर्दा मनोहरा पुलमा उनलाई प्रहरीले रोकेको बताइएको छ भने त्यहाँ केहीबेर वादविवाद भएको थियो ।

प्रहरीले अगाडि जान निषेध गरिएको बताएपछि तीनवटै गाडी फर्काइएको छ ।


प्रकाशित मिति: १२ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?