१८ ,श्रावण ,वीरगञ्ज । अर्थमन्त्री डा प्रकाशशरण महतले सबैले इमान्दार भएर काम गरे राजस्वले लक्ष्य भेट्ने बताएका छन् । बिहीबार सुक्खा बन्दरगाह वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयको निरीक्षणका क्रममा उहाँले भन्सारमा हुने दुरुपयोगलाई कर्मचारीले गम्भीरतापूर्वक लिनसके र सबै इमान्दार भइदिए सजिलै लक्ष्यमा पुग्न सकिने बताए । मन्त्री डा महतले आयात
१८ श्रावण, जनकपुर । श्रावणको दोस्रो सातासम्म मधेश प्रदेशमा जम्मा ५८ दशमलव ८१ प्रतिशत रोपाइँ भएको छ । मधेस प्रदेशस्थित कृषि निर्देशनालयका अनुसार देशकै कृषि क्षेत्रका रुपमा चिनिने मधेशप्रदेशभित्र धान दिवस अर्थात् असार १५ गतेसम्म ११ प्रतिशत मात्र धान रोपाइँ भएको थियो । समान्यतया रोपाइँ सम्पन्न भइसक्नुपर्ने समयमा आइपुग्दासमेत मधेसका
१६ ,श्रावण ,महोत्तरी । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको राष्ट्रिय झण्डा एक सय १० फिट उचाइमा फहराएका छन् । महोत्तरीको मटिहानी नगरपालिका–७ तस्मैयाबाबा उद्यान परिसरमा जडान गरिएको राष्ट्रिय झण्डा उनले एक समारोहबीच आज फहराएका हुन् । यो झण्डा मुलुककै सबैभन्दा उचो भएको दाबी गरिएको छ । मुलुककै प्रशिद्ध लक्ष्मीनारायण मठ अगाडि
१६ श्रावण, बारा । बारामा प्रहरीमाथि आक्रमण गरी स्थानीयले हतियारसहित पक्राउ परेका एक जना व्यक्तिलाई भगाएका छन् । बाराको जितपुर सिमरा उमहानगरपालिका वडा नम्बर १६ टांगिया बस्तीका स्थानीयले आज मङ्गलवार बिहान प्रहरीमाथि आक्रमण गरी भरुवा बन्दुकसहित पक्राउ परेका ३५ वर्षका सागर लामालाई भगाएका हुन् । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन पाँच राउन्ड
१६ श्रावण, वीरगञ्ज । गुणस्तर तथा नापतौल कार्यालय वीरगन्ज पर्साले गत आर्थिक वर्ष २०७९/८० मा पर्सा, रौतहट र चितवनका १९ व्यापारीविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । कार्यालयले कम नापतौलमा सामान बिक्री गरेर उपभोक्तालाई ठगी गर्ने तथा इजाजत नलिई कारोबार गर्ने रौतहटका १३, चितवनका पाँच र पर्साका एक व्यापारीमाथि सम्बन्धित जिल्लाको
१५ ,श्रावण ,महेन्द्रनगर (धनुषा) । लम्पी स्किन रोगका कारण मधेस प्रदेशमा दुई हजारभन्दा बढी पशु मरेका छन् । प्रदेशका आठवटै जिल्लामा यस रोगका कारण गाईवस्तुको व्यापक क्षति भएको हो । जनकपुरधामा आज आयोजित कार्यक्रममा लम्पी स्किन रोगका कारण मधेस प्रदेशमा दुई हजार बढि गाईवस्तु मरेको तथ्याङ्कले सार्वजनिक गरियो । मधेस
१५ श्रावण, जनकपुर । मधेस प्रदेश सरकारका दुई मन्त्रीले पदबाट राजीनामा दिएका छन् । प्रदेश सरकारका विनाविभागीय मन्त्री वसन्त कुशवाहा र विना विभागीय राज्यमन्त्री सञ्जयकुमार यादवले आज मुख्यमन्त्री सरोजकुमार यादव समक्ष राजीनामा बुझाएका हुन् । उनिहरु दुवै जना जनमत पार्टीका तर्फबाट सरकारमा सहभागी थिए । जनमत पार्टीका नेता विपी साहका
१५ श्रावण, महोत्तरी । महोत्तरी जिल्लामा यसपालि समयमा वर्षा नहुँदा अहिलेसम्म ४० प्रतिशत मात्र धान रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख डा रामचन्द्र यादवका अनुसार यसपटक मनसुनी वर्षानहुँदा र किसानले समयमै ब्याड राख्न नपाउँदा कम रोपाइँ भएको हो । साउन महिनाको दोस्रो साता बित्न लाग्दा पनि जिल्लामा यथेष्ट
१५ श्रावण, सर्लाही । सर्लाहीको सागरनाथ वन परियोजनामा करिब रु २० करोड मूल्यको काठ बिक्री नभएर थन्किएको छ । परियोजना क्षेत्रमा उत्पादन भएको काठ बिक्री नहुँदा परियोजनाका एक सय ४६ कर्माचारी विगत करिब एक वर्षदेखि तलब नपाएर आन्दोलित भएका छन् । सरकारले वन नियमावलीमार्फत गोलिया काठ मापन गर्ने नयाँ शूत्र (हुबर)
१४ श्रावण, महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिका– ५ खैरबन्नीमा मामाघर आएका दुई बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । यसरी डुबेर मृत्यु हुनेमा सर्लाहीको गोडैता नगरपालिका ९ बस्ने महेश मलिक डोमको ५ वर्षकी छोरी चञ्चला कुमारी मलिक डोम र भारतको सीतामढी बथनाहा बस्ने राम भजन मलिकको छोरी वर्ष ४ की अर्चनाकुमारी