Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

मिर्चैया नगरपालिकाद्वारा किसानलाई एक सय बाख्रा वितरण


२० ,श्रावण ,लहान । सिरहाको मिर्चैया नगरपालिकाले उन्नत जातका एक सय बाख्रा वितरण गरेको छ । नगरपालिकालाई मासु उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई बाख्रा वितरण गरेको हो ।

नगरपालिकाले तीन समूहका ५० किसानलाई दुई वटाका दरले समूहको १० प्रतिशत र नगरपालिकाको ९० प्रतिशत लगानीमा एक सय बाख्रा नगरप्रमुख श्रवणकुमार यादवले हस्तान्तरण गरेका हुन् । उनले भने, “आर्थिक अवस्था कमजोर भएका दलित, गरिब, असहाय परिवारको आर्थिक अवस्था सुधार्दै स्वरोजगार बनाउन र मासु उत्पादनमा आत्मनिर्भर बनाउनका लागि नगरपालिकाले यो नीति अघि सारेको हो ।”

नगरपालिकाबाट दुईवटा उन्नत जातका बाख्रा पाउँदा खुसी लागेको मिर्चैया नगरपालिका–५ बस्ने चन्द्रकलादेवी महराले बताईन् । “नगरपालिकाले कुनै सेवासुविधा प्रवाह गर्दा हामीलाई केही जानकारी दिँदैन, छ वर्षमा यसपालि एकै पटक दुईवटा बाख्रा पाए निकै खुसी छु”, महराले भनिन्, “घरको आर्थिक अवस्था यसले सुधार हुन्छ भन्ने विश्वास लिएको छु । यसलाई दुईबाट चार बनाएर उचित मोलमा बिक्री गर्ने योजना छ ।”

गौरी महिला बाख्रापालन समूह मिर्चैया नगरपालिका–५ का १५, जितमहान बाख्रापालन समूह वडा नं ६ का १० र प्रगतिशील बाख्रापालन समूह वडा नं ३ का २५ किसानलाई जमुनापारि, खरी, बोयरक्रस जातको उन्नत बाख्रा वितरण गरिएको नगरपालिका पशुसेवा शाखाप्रमुख नागेश्वर हाथीले जानकारी दिए ।

उनका अनुसार आव २०७९/८० मा नयाँ बाख्रा पकेट क्षेत्र विकास कार्यक्रमअन्तर्गत रहेको १० लाख विनियोजित रकमले बाख्रा हस्तान्तरण गरिएको हो ।


प्रकाशित मिति: २० श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?