Trending
>>   मौसम : यी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना >>   आज मिति २०८२ साल साउन २४ गते शनिबार,हेर्नूहोस् आजको राशिफल >>   बैंकिङ कसूर मुद्दाका कारोबारमा फरार प्रतिवादी पक्राउ >>   रमेश लेखकद्वारा काठमाडौं उपत्यका प्रहरी कार्यालयको निरीक्षण तथा निर्देशन >>   यू-२० महिला एसियन कपमा आज साउदी अरेबिया संग नेपालको संघर्षपूर्ण जित >>   ब्राजिलबाट आएकी महिला २ केजी कोकिनसहित पक्राउ >>   बुटवल-नारायणगढ सडक अवरुद्ध >>   बढ्यो सुनको मूल्य,आज कतिमा भइरहेको छ कारोबार >>   रिडी–वामीटक्सार सडक अवरुद्ध >>   २ भारतीय ब्राउनसुगर कारोबार गर्दा विराटनगरबाट पक्राउ
Logo
२४ श्रावण २०८२, शनिबार
२४ श्रावण २०८२, शनिबार

मधेस


पीडित पक्ष र अस्पतालबीच तीन बुँदे सहमति

१० जेठ, सिन्धुली । गर्भवतीको मृत्यु भएपछि तनावग्रस्त बनेको सिन्धुली अस्पतालको सेवा सञ्चालन गर्न पीडित पक्ष र अस्पतालबीच तीन बुँदे सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा घटनाको सत्य तथ्य छानबिन गर्न चार सदस्यीय छानबिन समिति तत्काल गठन गर्ने सहमति भएको छ । समितिमा बागमती प्रदेश मन्त्रालयबाट तोकिएका चिकित्सक दुई

विद्यालय आउजाउ गर्न अब चार घण्टा हिँड्नु पर्दैन

१० जेठ, सिन्धुली । सिन्धुलीको मरिणको देउजोरबाट कपिलाकोट माध्यमिक विद्यालय पुग्न पैदल दुई घण्टा लाग्छ । रीतुमाया स्याङ्तानलाई विद्यालय आउजाउ गर्न चार घण्टाको बाटो हिँड्नुपर्छ । विद्यालय जानुअघि एक भारी घाँस काट्नु उनको दैनिकी हो । यसैगरी उनले कक्षा १० सम्मको पढाइ सकाइन् । कक्षा ११ पछि माथिल्लो कक्षा पढ्न

महोत्तरीमा मिटरब्याजीविरुद्ध १७ सय उजुरी

१० जेठ, काठमाडाैँ । सरकारले मिटरब्याजीलाई कारबाही गर्न कानुन ल्याएसँगै महोत्तरीमा मिटरब्याजीविरुद्ध धमाधम उजुरी पर्न थालेको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेका अनुसार महोत्तरीमा हालसम्म मिटरब्याजीविरुद्ध एक हजार सात सय ३४ उजुरी दर्ता भएका छन् । सरकारले अध्यादेश ल्याउँदै अनुचित लेनदेन (मिटरब्याज) गरेका व्यक्तिलाई कारबाही

मधेस प्रदेश सरकारमा जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् पुनर्गठन

९ जेष्ठ ,जनकपुरधाम । मधेस प्रदेश सरकारमा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) सहभागी भएपछि मन्त्रिहरुको जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले मन्त्रीहरुको जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । पुनर्गठित मन्त्रिपरिषद्मा मुख्यमन्त्री यादवलाई गृह, सञ्चार तथा कानुन, वन तथा वातावरण

चट्याङ लागेर एक महिलाको मृत्यु

९ जेठ, राैतहट । रौतहटको मौलापुर नगरपालिकामा मंगलबार बिहान चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मौलापुर नगरपालिका वडा नम्बर ४ पतौराका गम्भीरा साहको ३५ वर्षीया श्रीमती प्रतिमा देवीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । धारामा पानी लिन गएको बेला चट्याङ लागेर प्रतिमा देवीको मृत्यु

सुनसरीमा मिटरब्याजीविरुद्ध २ सय ४९को उजुरी, वडाध्यक्षविरूद्ध पनि उजुरी दर्ता

९ जेठ, सुनसरी । सुनसरी जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजीविरुद्ध दुई सय ४९ जनाले उजुरी दर्ता गराएका छन् । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेसँगै दुई सय ४९ जनाले उजुरी दिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डले जानकारी दिइन् । वैशाख १७ गते उजुरी आह्वान गरिएकामा जेठ ८ गतेसम्ममा दुई सय ४९

मधेश प्रदेश सरकारका तीन मन्त्रीले लिए शपथ

९ जेठ, जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको मधेश प्रदेश सरकार विस्तार गरिएको छ । नेकपा (एमाले) सरकारबाट बाहिरिएको डेढ महिनापछि आज नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)सहित सरकार विस्तार गरिएको हो । मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा कांग्रेसबाट प्रदेश संसदीय दलका नेता कृष्ण यादव र वीरेन्द्रप्रसाद सिहं तथा एकीकृत

माछापुच्छ्रे बैंकको खाताबाट ग्राहकको ९ लाख गायब, बैंकले स्टेटमेन्ट समेत दिन नमानेको आरोप

९ जेठ, राैतहट । माछापुच्छ्रे बैंकको खाताबाटै एक जनाको लाखाैँ रूपैयाँ गायब भएको छ । रौतहटको वृन्दावन नगरपालिका ३ का रामेश्वर राय यादवको माछापुच्छ्रे बैंकमा रहेको खाताबाट पैसा हराएको देखिएको हो । यादवका अनुसार उनको खातामा १२ लाख २० हजार रूपैयाँ थियो । तर, अहिले उनको खाताबाट ९ लाख रूपैयाँ

मधेशमा मन्त्रिमण्डल विस्तार हुँदै, तीन मन्त्री थपिने

९ जेठ, काठमाडाैँ । मुख्यमन्त्री सरोजकुमार यादवको नेतृत्वको मधेश प्रदेश सरकारले आज (मङ्गलबार) मन्त्रीमण्डल विस्तार गर्ने भएको छ । नेपाली कांग्रेसका दुई र नेकपा एसका एक मन्त्रीसहित मन्त्रीमण्डल विस्तार हुने भएको हो । नवनियुक्त मन्त्रीहरूले आजै दिउँसो ११ बजे शपथ लिने तयारी समेत भइरहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । नेकपा

लक्ष्मी आयल स्टोर्सलाई दुई लाख जरिवाना

९ जेठ, सिन्धुली । कृत्रिम अभाव सिर्जना गरेको र बढी मूल्य लिएर पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको भन्दै रामेछापको मन्थलीस्थित लक्ष्मी आलय स्टोर्सलाई जिल्ला प्रशासन कार्यालय रामेछापले दुई लाख जरिवाना गरेको छ  । आज जिल्ला प्रशासन कार्यालय रामेछापका सहायक प्रजिअ अनोजकुमार घिमिरेको नेतृत्वमा पुगेको अनुमगन टोलीले जरिवाना गरेको हो ।

सम्वन्धित समाचारहरु