Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

सुनकोशीमा बेपत्ता भएका सिटिइभिटीका कर्मचारी भेटिएनन्, खोजीकार्य जारी


२० जेठ, सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकास्थित लौकुन नभघाटमा जिपसहित सुनकोसी नदीमा खस्दा बेपत्ता भएका तीन जनाको खोजी कार्यका लागि शनिबार बिहानदेखि गोताखोर टोली परिचालन गरिएको छ ।

भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को बा १ झ ७४६७ नं स्कार्पियो जिप शुक्रबार मध्येपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत उक्त ठाउँमा दुर्घटना भइ सुनकोसी नदीमा खस्दा गाडीमा सबार चारमध्ये तीन जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बेपत्ता हुनेमा तनहुँ भानु नगरपालिका–९ घर भइ सिटिइभिटीको सानोठिमीस्थित कार्यालयका प्रशासन शाखाका निर्देशक सहसचिव ५७ वर्षीय कृष्णबहादुर केसी, पूर्वीनवलपरासी प्रगति नगरपालिका–७ का घर भइ हाल योजना महाशाखाका निर्देशक ५६ वर्षीय यमप्रसाद घुर्तेल र इलाम फुयतया नगरपालिका–५ घर भइ हाल विद्युत प्रशिक्षकका रुपमा कार्यरत ३२ वर्षीय भानु पौडेल छन् ।

चालक दाङ राप्ती गाउँपालिका–६ का ३१ वर्षीय कृष्ण चौधरी पौडी खेली बाहिर निस्कन सफल भएका थिए भने उनको शुभ जीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको छ । बाँकी तीन जना अझै बेपत्ता छन् ।

प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार शसस्त्र प्रहरीको गोताखोर टोलीले शुक्रबार साँझ खोजी गरेको थियो । सुनकोसीमा जिप झरेको स्थानको सय मिटर आसपासमा खोजी गर्दा पनि फेला नपरेको प्रहरी उपरीक्षक सिलकालले जानकारी दिए ।

उनले भने, ‘‘सुनकोसी नदीमा खसेको उक्त जिप अहिलेसम्म भेटिएको छैन । पानीको बहाव धेरै भएकाले दुई वटा स्काभेटर लागाई पानी थोरै डाईभट गर्दै काम गर्न लागेको छ । आर्मीको टोलीसँग पनि समन्वय भइरहेको छ ।’’


प्रकाशित मिति: २० जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?