Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

गर्मी बढेपछि सर्लाहीका विद्यालय बन्द


२१ जेठ, सर्लाही । सर्लाहीमा केही दिनयता अत्यधिक गर्मी बढेपछि विद्यालय बन्द गरिएको छ । गर्मी बढेपछि जिल्लाका सबै सामुदायिक तथा संस्थागत विद्यालय चार दिनका लागि बन्द गरिएको शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीका निमित्त प्रमुख अशोककुमार रौनियारले जानकारी दिए ।

उनका अनुसार गर्मीका कारण विद्यालयमा अध्ययनरत बालबालिकामा असर परेको सूचना आएपछि वर्खे बिदाबाट कट्टा हुने गरी गर्मी बिदा दिएका हुन् । गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले जेठ २१ गतेदेखि २४ गतेसम्म वर्र्खे बिदाबाट कट्टा हुने गरी बिदा दिइएको उनको भनाइ छ । हाल सञ्चालित परीक्षाहरु भने यथावत रहनेछन् ।


प्रकाशित मिति: २१ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?