Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

अझै भेटिएनन् सुनकोशीमा बेपत्ता भएका सिटिइभिटीका कर्मचारी, चार टोलीले खोजी गर्दै


२१ जेठ, सिन्धुली । सिन्धुलीको गोलन्जोर गाँउपालिका–७ लौकुनमा दुई दिनअघि सुनकोसी नदीमा जीप खस्दा वेपत्ता भएका सीटीइभीटीका तीन कर्मचारीको खोजी कार्य जारी छ ।

सशस्त्र प्रहरीको दुई वटा गोताखोर टोली, नेपाली सेनाको एउटा गोताखोर टोली र जनपथ प्रहरीको विपद् व्यवस्थापन गरी चार वटा टोली आईतबारदेखि परिचालन गरी खोजी कार्यलाई तीव्र बनाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

कार्यालयका अनुसार गोलन्जोर गाँउपालिका–७ लौकुनमा शुक्रबार दिउँसो प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभीटी)को बा १ झ ७४६७ नम्बरको जीप सुनकोसी नदीमा खस्दा गाडीमा सवार चार जनामध्ये तीन जना वेपत्ता भएका थिए ।

वेपत्ता हुनेमा सीटीईभीटी प्रशासन शाखाका निर्देशक ५७ वर्षीय कृष्णबहादुर केसी, योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र ३२ वर्षीय विद्युत प्राविधिक अधिकृत भानु पौडेल छन् । गाडीका चालक ३१ वर्षीय कृष्ण चौधरी पौडी खेलेर बाहिर निस्किएको र उनको शुभ जीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको छ ।

वेपत्ताको खोजीमा शनिबारसम्म सशस्त्र प्रहरीको उपत्यका गोताखोर टोली परिचालन भएको थियो । आईतबारदेखि सशस्त्र प्रहरीकै कुरिनटार गोताखोर टोली, नेपाली सेनाको सुन्दरीजल गोताखोर टोली र जनपथ प्रहरीको विपद् व्यवस्थापन टोली पनि थपेर चार टोली परिचालन गरिएको सिन्धुलीका एसपी राजकुमार सिलवालले जानकारी दिए । उनले भने, “खोजी कार्यलाई तीव्र बनाएका छौं । वेपत्ता हुनुभएकाहरु फेला पर्न सक्नुभएको छैन ।”

खोजी गर्न चार वटा टोली परिचालन गरिएकोले वेपत्ता भएकाहरु फेला पर्नसक्ने उनकाे आशा छ । उनका अनुसार जीप खसेको ठाँउ सुनकोसी नदीमा पानीको बहाव धेरै र गहिरो भएकोले खोजी गर्न गाह्रो भएको हो ।

जीप खसेको भित्तामा सुनकोसी नदी पनि ठोकिएकोले सुरुङ बनेको हुनसक्ने र जीप त्यही सुरुङभित्र पसेको पनि हुनसक्ने अनुमान गरिएको छ ।

सुनकोसीको पानीको बहाव समेत अर्को तर्फबाट कटाउन शनिबारबाटै तीन वटा स्काभेटर मेसिन प्रयोग गरिएको छ । अहिलेसम्म २५ प्रतिशत पानी अर्को तर्फबाट कटाइएको छ । आधा पानी अर्कोतर्फ फर्काएर करेन्ट प्रवाह घटाई खोजी कार्यलाई सहज बनाउने प्रयास गरिएको छ ।

धमिलो पानी भएकाले नदीको भुईसम्म नदेखिँदा खोजीमा समस्या भएको एसपी सिलवालको भनाइ छ । “गहराइमा पुग्दा समेत केही देखिदैन,” उनले भने, “पानी सङ्ग्लो भई दिएको भए यति ठूलो समस्या हुने थिएन ।”


प्रकाशित मिति: २१ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?