Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

अध्यक्ष झाद्वारा रासस वीरगञ्ज कार्यालयको निरीक्षण


२१ जेष्ठ ,वीरगञ्ज । राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पर्साको वीरगञ्जस्थित रासस कार्यालयको निरीक्षण गरेका छन् ।

रासस कार्यालय भवनको निरीक्षणपश्चात् अध्यक्ष झाले ग्रामीण र खोजमूलक समाचार सङ्कलन गर्न बढी ध्यान दिन निर्देशनसमेत दिए । उनले राससमा कार्यरत समाचारदाताको थप दक्षता अभिवृद्धिका लागि निकट भविष्यमै तालिमको व्यवस्था मिलाइने समेत जानकारी दिए ।

सो क्रममा रासस वीरगञ्ज कार्यालयका प्रमुख राजु विश्वकर्माले कार्यालयको भौतिक संरचनाको अवस्थासँगै कार्यालय भवनको हालै गरिएको मर्मतसम्भार बारेमा अध्यक्ष झालाई जानकारी गराए ।

रासस भवनको पछिल्लो समय जीर्णाेद्धारसँगै रङरोगन गरिएको छ । सो अवसरमा अध्यक्ष झाले रासस वीरगञ्ज कार्यालयको ‘सटर’मा व्यवसाय गर्दै आएका व्यापारीसँग समेत छलफल गरे ।

अध्यक्ष झाका साथमा रासस सञ्चालक समिति सदस्य कृष्ण अधिकारीको पनि सहभागिता थियो ।


प्रकाशित मिति: २१ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?