Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

अध्यक्ष झाद्वारा रासस वीरगञ्ज कार्यालयको निरीक्षण


२१ जेष्ठ ,वीरगञ्ज । राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पर्साको वीरगञ्जस्थित रासस कार्यालयको निरीक्षण गरेका छन् ।

रासस कार्यालय भवनको निरीक्षणपश्चात् अध्यक्ष झाले ग्रामीण र खोजमूलक समाचार सङ्कलन गर्न बढी ध्यान दिन निर्देशनसमेत दिए । उनले राससमा कार्यरत समाचारदाताको थप दक्षता अभिवृद्धिका लागि निकट भविष्यमै तालिमको व्यवस्था मिलाइने समेत जानकारी दिए ।

सो क्रममा रासस वीरगञ्ज कार्यालयका प्रमुख राजु विश्वकर्माले कार्यालयको भौतिक संरचनाको अवस्थासँगै कार्यालय भवनको हालै गरिएको मर्मतसम्भार बारेमा अध्यक्ष झालाई जानकारी गराए ।

रासस भवनको पछिल्लो समय जीर्णाेद्धारसँगै रङरोगन गरिएको छ । सो अवसरमा अध्यक्ष झाले रासस वीरगञ्ज कार्यालयको ‘सटर’मा व्यवसाय गर्दै आएका व्यापारीसँग समेत छलफल गरे ।

अध्यक्ष झाका साथमा रासस सञ्चालक समिति सदस्य कृष्ण अधिकारीको पनि सहभागिता थियो ।


प्रकाशित मिति: २१ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?