१९ जेष्ठ ,राजविराज । सप्तरीमा केही दिनयता अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ । यसको असर सबैभन्दा बढी विद्यालयमा परेको छ । पठनपाठन गर्न समस्या भएपछि सप्तरीका दुई स्थानिय तहले पाँच दिनका लागि सामुदायिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । अत्यधिक गर्मीका कारण पठनपाठनमा समस्या तथा
१८ जेठ, काठमाडाैँ । धनुषासहित तराई-मधेसमा दैनिक गर्मी बढ्दै गएको छ । जेठ दोस्रो साता सकिन लाग्दा पनि पानी पर्न नसक्दा गर्मी अत्यधिक बढेपछिे जनजीवन प्रभावित भएको हो । जनकपुरधामसहित तराई-मधेस क्षेत्रमा एक सातादेखि मध्याह्नपख अधिकतम तापक्रम ३८ देखि ४१ डिग्री सेल्सियसको हाराहारीमा पुग्न थालेको छ । घर बाहिर निस्कनै मुस्किल
१७ जेठ, पर्सा । लगातार बढ्दै गएको तापक्रमले पर्सावासीको जनजीवनलाई नराम्ररी प्रभावित गरेको छ । लामो समयदेखि वर्षा नहुँदा दिउँसोको तापाक्रम ४४ डिग्री पुग्न थालेपछि त्यसकारण बिरामी हुनेको सङ्ख्या बढ्दै गएको छ । गर्मी बढेसँगै वीरगञ्जको नारायणी अस्पतालमा पखाला, निमोनिया, ज्वरोका बिरामीको सङ्ख्या बढेको चिकित्सकले बताएका छन् । गर्मीबाट सबैभन्दा बढी
१७ जेठ, सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका–१ अमलेमा आज ट्रयाक्टर दुर्घटना हुँदा एक बालकको मृत्य भएको छ । बोहोरेबाट गढीतर्फ जाँदै गरेको ज१त ९९४१ नंको ट्रयाक्टर दुर्घटना हुँदा बालकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार कमलामाई नगरपालिका–२ का १४ वर्षीय लक्ष्मण विकको दुर्घटनामा मृत्यु भएको
१६ जेठ, महोत्तरी । महोत्तरीमा फिल्मी शैलीमा बैंक लुटपाट भएको छ। महोत्तरी गाउँपालिकास्थित एनएमबी बैंकबाट मास्क लगाएका व्यक्तिहरूले हतियार देखाउँदै पैसा लुटेर लगेका हुन् । प्रहरीले लुट्ने व्यक्तिहरूको खोजी गर्दै अनुसन्धान सुरू गरिरहेको छ। बैंक लुटपाट गर्न ४ जना हतियार सहित गएका थिए ।
१६ जेठ, सिन्धुली । सिन्धुलीमा सर्पले डस्दा दुई बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार दूधौली नगरपालिका– १ कुर्थौलीका १३ वर्षीय ग्रिस पहाडी र उनका भाइ तीन वर्षीय ग्रिस्म पहाडीको मृत्यु भएको हो । ओछ्यानमा सुतिरहेका बालकलाई आज विहान ३ बजे सर्पले डसेको थियो
१६ जेठ, महोत्तरी । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकाको एउटै वडामा एक सय ५० बढी गाईगोरुमा ‘लम्पी स्किन रोग’ देखा परेको छ । बर्दिबास–१० खयरमारामा स्थानीयले पालेका गाईगोरुमा लम्पी स्किन रोग देखिएको स्थानीय पशुपालक कृष्णबहादुर थापाले बताए । उनका अनुसार विगत १०–१५ दिनदेखि गाउँमा रोगले समस्या हुँदै गएको र अहिलेसम्म १०
१६ जेठ, सिरहा । सिरहाको नवराजपुर गाउँपालिकामा सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम प्रभावकारी बन्दै गएको छ । जनप्रतिनिधिले पोषिलो खानेकुरा, बच्चाका लागि कपडा र रु तीन हजार पाँच सय लिएर पुग्दा स्थानीय महिला खुसी भएका हुन् । सुरक्षित मातृत्वका लागि गर्भवतीलाई चार चरणमा स्वास्थ्य परीक्षण गराउनुपर्छ । बर्थिङ सेन्टरमा सुत्केरी गराउन उत्प्रेरीत गर्ने
१५ जेठ, सर्लाही । सर्लाहीमा मिटरब्याजी (अनुचित लेनदेन) विरुद्ध एक हजार नौ सय २० उजुरी परेका छन् । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिने आह्वान गरेपछि एक हजार नौ सय २० मिटरब्याजी पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन् । उजुरी परेका साहुकारहरुलाई मङ्गलबारदेखि जिल्ला प्रशासन कार्यालयमा बोलाई मिलापत्र गराउने र मुद्दा चलाउन
१५ जेठ, जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मुलुकमा गणतन्त्र आएको डेढ दशकमा थुप्रै चुनौती बढे पनि गणतन्त्रको विकल्प गणतन्त्र नै हुने बताएका छन् । सोह्रौँ गणतन्त्र दिवसका उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै उनले देश परम्परा शासन व्यवस्थाभन्दा धेरै अगाडि बढिसकेकाले लोकहित र जनताका अपेक्षाका कसीमा खरो उत्रन आफूहरु