Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

सरकारी कार्यालयको चालुतर्फ ९५ प्रतिशत र पुँजीगतफर्त ६९ प्रतिशत बजेट खर्च


२७ असार, पर्सा । चालु आर्थिक वर्ष २०७९÷८० मा पर्साका सरकारी कार्यालयको चालुतर्फ ९५ प्रतिशत र पुँजीगत ६९ प्रतिशत बजेट खर्च भएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार पर्सास्थित ४२ सरकारी कार्यालय तथा पालिकाले चालुतर्फ ९५ दशमलव २४ प्रतिशत र पुँजीगततर्फ ६९ दशमलव ५७ प्रतिशत बजेट निकासा लिएका छन् ।

पर्सास्थित सरकारी कार्यालय तथा पालिकाको चालुतर्फ रु ११ अर्ब २६ करोड १९ लाख १४ हजार नौ सय ९६ मध्ये निकास हुने अन्तिम दिन असार २४ गतेसम्म रु १० अर्ब ७२ करोड ६४ लाख ३७ हजार छ सय १९ निकासा भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख यज्ञराज उप्रेतीले जानकारी दिए ।

यस्तै पुँजीतर्फ रु चार अर्ब ४१ करोड तीन लाख ८८ हजार चार सय ३८ मध्ये असार २४ गतेसम्म रु तीन अर्ब छ करोड ८५ लाख ९३ हजार ६४ निकासा भएको प्रमुख उप्रेतीले बताए ।

वीरगन्ज महानगरपालिकासहित जिल्लाका १४ वटै पालिकाको समानीकरण र सशर्त बजेट रु पाँच अर्ब ४४ करोड ५४ लाख ७९ हजारमध्ये असार २४ गतेसम्म रु पाँच अर्ब १८ करोड ६१ लाख २२ हजार नौ सय ५० निकासा भएको सो कार्यालयले जनाएको छ । यसरी हेर्दा चालु आर्थिक वर्षमा पर्साका स्थानीय तहहरूले रु २५ करोड ९३ लाख ५७ हजार बजेट खर्च गर्न नसकेको देखिन्छ ।

वीरगन्ज महानगरपालिकालाई चालु आर्थिक वर्षको लागि रु एक अर्ब ५२ करोड एक लाख ५८ हजार रकम छुट्याइएकामा असार २४ गतेसम्म रु एक अर्ब ४७ करोड छ लाख ९० हजार निकासा भएको छ । वीरगन्ज महानगरको रु चार करोड ९४ लाख ६८ हजार खर्च गर्न नसकेको कोलेनिकाले जनाएको छ ।

पर्साको पोखरिया नगरपालिकालाई उपलब्ध गराइएको रु ३६ करोड २२ लाख २९ हजारमध्ये कोष तथा लेखा नियन्त्रण कार्यालयले रु ३४ करोड ३६ लाख १० हजार रकम निकासा गरेको छ । पोखरिया नगरपालिकाको यस आर्थिक वर्षमा रु एक करोड ८६ लाख १९ हजार खर्च गर्न सकेको छैन ।

त्यसैगरी पर्सागढी नगरपालिकामा सङ्घीय सरकारले उपलब्ध गराएको रु ३२ करोड ९४ लाख ९६ हजार वार्षिक बजेटमा रु ३१ करोड ३४ लाख ७१ हजार निकासा लिएको छ । पर्साको बहुदरमाई नगरपालिकाले सङ्घीय सरकारबाट पाएको रु ३९ करोड ६१ लाख छ हजारमध्ये रु ३७ करोड ६८ लाख ८१ हजार निकासा लिएको प्रमुख उप्रेतीले जानकारी दिए ।

पर्साको छिपरमाई गाउँपालिकामा सङ्घीय सरकारले उपलब्ध गराएको रु २९ करोड १९ लाख ३२ हजारमध्ये रु २७ करोड ५२ लाख दुई हजार मात्र निकासा भएको छ भने जगरनाथपुर गाउँपालिकाको लागि यस आवमा पठाएको रु ३१ करोड ६६ लाख ९८ हजारमध्ये रु २९ करोड ८१ लाख ८० हजार निकासा भएको जनाएको छ ।

धोविनी गाउँपालिकाले रु २३ करोड ९७ लाख ४३ हजारमध्ये रु २२ करोड ८९ लाख पाँच हजार निकासा लिएको छ भने पकाहामैनपुर गाउँपालिकामा सङ्घीय सरकारले पठाएको रु २२ करोड ३४ लाख २५ हजारमध्ये रु २१ करोड १६ लाख ६२ हजार मात्र निकासा भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । पटेर्वासुगौली गाउँपालिकाले रु २९ करोड तीन लाख ६५ हजार रकममध्ये रु २८ करोड ६२ लाख ९० हजार खर्च गरेको छ ।

विन्दवासिनी गाउँपालिकाले रु २५ करोड ३९ लाख ७९ हजारमध्ये रु २४ करोड ३३ लाख ३४ हजार निकासा लिएको छ भने सखुवाप्रसौनी गाउँपालिकाको रु ३५ करोड ३८ लाख २४ हजारमध्ये रु ३३ करोड ४८ लाख १६ हजार निकासा भएको प्रमुख उप्रेतीले बताउनुभयो ।

कालिकामाई गाउँपालिकामा सङ्घीय सरकारले दिएको रु २४ करोड १५ लाख ३९ हजार रकममध्ये रु २२ करोड ९६ लाख ५४ हजार निकासा लिएको छ भने जीराभवानी गाउँपालिकाले रु २७ करोड ४५ लाख २० हजार वार्षिक बजेटमध्ये रु २४ करोड २५ हजार मात्र खर्च गर्न सकेको जनाएको छ । जिल्लाको पर्यटकीय नगरीका रूपमा परिचित ठोरी गाउँपालिकाले भने रु ३४ करोड २५ लाख ६५ हजारमध्ये रु ३३ करोड ३३ लाख ४० हजार निकासा लिएको कोलेनिकाले जनाएको छ ।

समयमा ठेक्का सम्झौता नहुनु, आर्थिक तरलताका कारण निर्माण कम्पनीले समयमा काम सम्पन्न गर्न नसक्नुजस्ता कारणले सरकारी कार्यालयको पुँजीगत खर्च घटेको हुनसक्ने प्रमुख उप्रेतीको भनाइ छ ।


प्रकाशित मिति: २७ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?