Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

विद्यापति मैथिली भाषा साहित्य पुरस्कार चौधरीलाई


२६ ,असार ,जनकपुरधाम । नेपाल विद्यापति मैथिली पुरस्कार, २०७९ अन्तर्गत भाषा साहित्य विधातर्फको पुरस्कार साहित्यकार अयोध्यानाथ चौधरीलाई प्रदान गरिएको छ । विद्यापति पुरस्कार कोष जनकपुरधामद्वारा मङ्गलबार जनकपुरधाममा आयोजित विशेष समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मैथिली भाषाका महाकवि विद्यापतिको नामबाट स्थापित विभिन्न चार विधातर्फका पुरस्कार चौधरीलगायत पाँच जना स्रष्टालाई अर्पण गरे ।

रु दुई लाख नगद राशि रहेको विद्यापति मैथिली भाषा साहित्य पुरस्कार धनुषाको विदेह नगरपालिका–२ का चौधरी, अनुवादतर्फ रु एक लाख राशिको पुरस्कार धनुषाको सहिदनगर नगरपालिका–२ निवासी उपप्राध्यापक रमेशकुमार यादव, पाण्डुलिपितर्फ महोत्तरीको लोहारपट्टी घर भई हाल जनकपुर निवासी साहित्यकार महेन्द्रकुमार मिश्र तथा रु ५०/५० हजार राशिको कला–संस्कृतितर्फको पुरस्कार जनकपुरधाम–१० निवासी आभाष लाभ र जनकपुरधाम–१४ निवासी वैद्यनाथ पटेललाई प्रदान गरिएको छ ।

पुरस्कार अर्पण गर्दै मन्त्री किरातीले मैथिली भाषाका महाकवि विद्यापतिले मधेस र पहाडीबीच भावनात्मक एकता कायम गर्न खेलेको भूमिका अवर्णनीय रहेको बताए । “करिब छ सय वर्षअगाडि तत्कालीन मिथिलाञ्चलमा जन्मनुभएका महाकवि विद्यापतिले नेपाल र भारतलाई मात्र नभई मधेस र पहाडलाई पनि भावनात्मक एकतामा बाँध्ने काम गर्नुभयो । त्यसैले उहाँ भावनात्मक एकताको प्रतीक पनि हो”, मन्त्री किरातीले भने, “उहाँको पाण्डुलिपि अहिले पनि नेपालको राष्ट्रिय अभिलेखालयमा सुरक्षित छ । विद्यापति जन्मेको स्थान अहिले जुन भूगोलमा परे पनि उहाँले मैथिली भाषा साहित्यको विकास, मधेस र पहाडबीच भावनात्मक एकता कायम गर्न खेलेको भूमिकाका हिसाबले उहाँमाथि हाम्रो सम्मान, हक र दाबी छ ।”

कार्यक्रममा मधेस प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सुनिताकुमारी यादवले विद्यापतिले मैथिली भाषा साहित्यको विकासमा खेलेको भूमिकालाई सुरक्षित राख्न आवश्यक रहेको बताए । त्यसैगरी विद्यापति पुरस्कार कोषका अध्यक्ष रामबाबु चौधरीले मैथिली भाषा साहित्य, मैथिली अनुवाद, अनुसन्धान र कला संस्कृतिका क्षेत्रमा विशिष्ट योगदान पुर्याउने सङ्घ संस्था र व्यक्तिलाई विसं २०६८ देखि नै कोषले पुरस्कृत गर्दै आएको बताए ।

यस कार्यबाट मैथिली भाषा बोल्ने नेपालका २८ लाखभन्दा बढी र अन्य क्षेत्रमा गरी सात करोड मानिस उत्प्रेरित गर्नुका साथै मैथिली भाषा साहित्य, कला संस्कृति र भाषिक पुरातात्विक अध्ययन अनुसन्धान गर्न सघाउ पुगेको उनको भनाइ छ ।

प्रतिष्ठित मानिएको नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार प्राप्त गर्ने चौधरी माध्यमिक विद्यालयमा प्रथम श्रेणीको अवकाशप्राप्त शिक्षक हुन् । विसं २००४ असोज २० गते धनुषामा जन्मिनुभएका उहाँले मैथिली र हिन्दी भाषामा विभिन्न कथा, कविता, निबन्ध गरी सात वटा कृति प्रकाशन तथा चार वटा कृति अनुवाद गरेका छन् । उनि यसअघि नै विभिन्न १५ वटा पुरस्कारबाट सुशोभित भइसकेका छन् ।

चौधरी विद्यापति पुरस्कार कोषको संस्थापक अध्यक्षसमेत हुन् । पुरस्कृत अन्य चार जनाले पनि मैथिली भाषा, साहित्य, कला र संस्कृतिको उत्थानमा योगदान गरेका कारण निश्चित मापदण्डका आधारमा पुरस्कार प्रदान गरिएको पुरस्कार छनोट समितिका अध्यक्ष सुभाषचन्द्र झाले जानकारी दिए ।


प्रकाशित मिति: २६ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?