Trending
>>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

नगर प्रहरी र व्यापारीबीच झडप


२८ असार, बारा । कलैया बजार व्यवस्थित गर्न खटिएका नगर प्रहरी र व्यापारीहरुबीच झड्प हुँदा एक नगर प्रहरी गम्भीर घाइते भएका छन् । कलैया हाट बजारमा व्यापारीले नगरपालिकाले उपलब्ध गराएको ठाउँमा व्यापार नगरी सडक पेटीमा सामान राखी व्यापार गर्दा सर्वसधारणलाई हिँडडुल गर्न समस्या हुन थालेपछि कलैया उपमहानगरपालिकाले पसल हटाउन नगर प्रहरी खटाएको थियो ।

अवरोध हटाउन नगर प्रहरीले काम थालनी गर्न थालेपछि व्यापारीले अवरोध सिर्जना गर्न खोज्दा  व्यापारी र नगर प्रहरीबीच झड्प भएको थियो । व्यापारीको कुटाइबाट नगर प्रहरी उज्वल यादव गम्भीर घाइते भएको नगरप्रमुख विनोद साहले जानकारी दिए । यादवलाई तत्कालै प्रदेशिक अस्पताल कलैया लगिएकामा त्यहाँ उपचार हुन नसक्दा थप उपचारका लागि वीरगञ्ज पठाइएको अस्पतालका अहेव प्रदीप यादवले जानकारी दिनुभयो । यादवको छातिमा चोट लागेको अस्पताल प्रशासनले जनाएको छ ।

यसैबीच नगर प्रमुख साहले अस्पताल पुगी घाइते भएका नगर प्रहरीको अवस्था बुझेका छन् । नगरपालिकाकोे निर्णय कार्यान्वयन गर्न खटिएका नगर प्रहरीमाथि भएको आक्रमणको घोर भत्र्सना गर्दै दोषीलाई कारबाही गराउन कडा कदम चालिने उनले बताए ।

दुवैपक्ष बीचको झडपमा यादवसहित पाँच नगर प्रहरी घाइते भएका छन् । सोही झडपमा परी करिब एक दर्जन व्यापारी पनि घाइते भएको नेपाल तरकारी फलफूल खुद्रा व्यापारी सङ्घका अध्यक्ष दिपलाल साहले जानकारी दिए ।


प्रकाशित मिति: २८ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?