Trending
>>   संसदबाट ‘फास्ट ट्रयाक’ मा अध्यादेश पारित गर्ने सरकारको निर्णय >>   माओवादी प्रमुख सचेतकले अतिरञ्जित तवरले भ्रम फैल्याएः काँग्रेस प्रमुख सचेतक घिमिरे >>   संसदलाई प्रभावकारी बनाउन सत्तापक्ष गम्भीर छः महेश बर्तौला >>   आपसी समझदारीमा यौनसम्पर्क गर्ने र असमझदारी हुँदा मुद्दा चलाउने प्रक्रियाले युवाहरु पीडित >>   हिरासतहरुको अवस्था जर्जर र दयनीय रहेको निस्कर्षसहित उपसमितिहरुले बुझाए प्रतिवेदन >>   ‘प्रहरी समायोजन ऐन छिटो कार्यान्वयनमा आओस्’ >>   टिकटक अधिग्रहण गर्न माइक्रोसफ्ट वार्तामा रहेको ट्रम्पको भनाइ >>   अनलाइन (जुवा) सट्टावाजी गर्ने/गराउने दुई जना पक्राउ >>   गौतमबुद्ध विमानस्थलमा न्यारोबडी एयरलाइन्सको बेस बनाउन माग >>   सूर्यविनायक नगरपालिकाको आफ्नै भवनबाट सेवा प्रवाह सुरु
Logo
१५ माघ २०८१, मंगलवार
१५ माघ २०८१, मंगलवार

कोशी प्रदेश


पाथीभरा जाने पदमार्गमा फाइबरको छहारी

३१ वैशाख, ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको पदमार्गमा फाइबर ट्रस (छाहारी) लगाइएको छ । पाथीभरा मन्दिर दर्शन गर्न जाने तीर्थयात्रीको यात्रालाई सहज बनाउने उद्देश्यले पदमार्गमा ट्रस लगाइएको हो । हिमपात र वर्षाको समयमासमेत तीर्थयात्रीलाई यात्रा गर्न सहज होस् भन्ने उद्देश्यले चार मिटर लम्बाइको ट्रस लगाउन सुरु गरिएको पाथीभरा क्षेत्र विकास

पाकिस्तानी आरोही सगरमाथाको चुचुरोमा

३१ वैशाख, सोलुखुम्बु । थप दुई आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् । आज बिहान ८ः०२ बजे नेपाली र पाकिस्तानी आरोही सगरमाथाको चुचुरोमा पुगेका हुन् । सन् २०२३ को सगरमाथा आरोहणमा पहिलो अन्तर्राष्ट्रिय पर्वतारोही पाकिस्तानकी नैला कैनीले सफल आरोहण गरेकी हुन् । त्यस्तै नेपाली आरोही पासाङतेम्बा शेर्पाले सगरमाथा आरोहण गरेका छन्

खडेरीले मकैको बिरुवा सुक्न थालेपछि कृषक चिन्तित

३० वैशाख ,उदयपुर । उदयपुरमा खडेरीका कारण मकैको बिरुवा सुक्न थालेपछि किसान चिन्तित भएका छन् । ढिलो गरी चैतको अन्तिमतिर मकै रोपिए पनि त्यसयता वर्षा नभएका कारण जिल्लाको पहाडी क्षेत्रमा मकैका बिरुवा मर्न थालेपछि किसानलाई चिन्ता भएको हो । चैतको अन्तिमदेखि यता आएर एकपटक पनि वर्षा नभएपछि जिल्लाको पहाडी क्षेत्रको

हाइटेन्सन पोलमा चढेका माझी १२ घण्टापछि ओर्लिए

३० वैशाख, मोरङ । सडक किनाराको पर्खाल बलियो र गुणस्तरीय बनाउन माग गरेर पोलमा चढेका बुढीगंगा –७ डंग्राहाका ४० वर्षे दिनेशकुमार माझीकाे उद्धार गरिएकाे छ । उनको माग सम्बोधन गर्न गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगर त्यस स्थानमा पुगेछि १ लाख ३२ हजार भोल्टको विद्युत प्रसारण लाइनको पोलबाट सकुशल उद्धार गरिएको

सगरमाथा आरोहण शुरु

३० वैशाख, सोलुखुम्बु । यस वर्षको वसन्त ऋतुमा आजदेखि सगरमाथा आरोहण सुरु भएको छ । आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले आज दिउँसो सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो । प्रतिकूल मौसमका कारण तीन सातायता आरोहणको प्रतिक्षामा रहेका आरोही खुसी भएका छन् । सगरमाथाको दोस्रो

‘लकडाउन’ले बनायो कृषक

३० वैशाख, मोरङ । ‘लकडाउन’ले धेरै नेपालीको व्यापार व्यवसायलाई धराशयी बनायो । लकडाउनका कारण धेरै व्यापार छाडेर पलायन भए भने कतिलाई लकडाउन नै अवसर बनिदियो । त्यस्तै एक उदाहरण बनेका छन् मोरङको पथरी शनिश्चरे नगरपालिकाका खगेन्द्रप्रसाद लिम्बू । जग्गा कारोबार गर्दै आएका लिम्बूका लागि लकडाउन ‘टर्निङ पोइन्ट’ बन्यो । लकडाउनका

सडक निर्माणमा भएको अनियमितताको विरोध गर्न हाइटेन्सन पोलमा चढे एक युवक

३० वैशाख, मोरङ । एक व्यक्ति १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनको पोलको टुप्पोमा पुगेका छन् । मोरङको बुढीगंगा गाउँपालिकाका एक युवा विजुलको हाइटेन्सन पोलमा चढेर सडक निर्माणका क्रममा भएको अनियमितताको विरोध गरेका हुन् । वडा नं. ७ डंग्राहाका ४० वर्षीय दिनेश कुमार माझीले सडकमा निर्माण भइरहेको रिटेनिङ वालको

किरिया गरिएका व्यक्ति घरमा टुप्लुक्क आइपुगेपछि !

३० वैशाख, झापा । निधन भइसकेको भन्दै किरियासमेत गरिसकिएका व्यक्ति भोलिपल्ट घरमा टुप्लुक्क देखापर्दा परिवारजनलाई कस्तो अनुभव होला ? झापा हल्दीबारी–८ स्थित कार्की परिवारमा यस्तै घटना भएको छ। केहीक्षण त पत्याउनै नसकिने माहोल बन्यो। परिवारका सदस्य खुसीले रुन थाले तर किरिया गरिसकिएका सुरज कार्कीको भनिएको शव कसको थियो भन्ने यति

खडेरीको असर जङ्गली निगुरोमा पनि

३० वैशाख ,बेलबारी (मोरङ) । विगत वर्षमा वैशाख पहिलो सातादेखिनै जङ्गलमा पाइने निगुरो सुक्खा खडेरीले यो वर्ष फस्टाउन सकेको छैन । जङ्गलको निगुरो टिपेरै गुजारा चलाउनेले विकल्प भेट्टाएका छैनन् । मोरङको उत्तरी भेगको जङ्गलमा वर्षायाममा प्रशस्त मात्रामा निगुरो पाइन्छ । यहाँको निगुरो काठमाडौँसमेत जान थालेपछि माग ह्वात्तै बढेको छ तर

आफ्नै होस्टलमा बस्ने छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा कृषि विज्ञ राई पक्राउ

२९ वैशाख, खोटाङ । बालयौन दुर्व्यवहार आरोपमा कृषि विज्ञको रूपमा चिनिएका मदन राई पक्राउ परेका छन् । यौन दुर्व्यवहार कसुरमा खोटाङको शुभम फाउन्डेसनका सन्चालक राई पक्राउ परेका हुन् । फाउन्डेसनका आवासीय छात्रालाई यौन दुर्व्यवहार गरेको कसुरमा राईलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । अनुसन्धानका लागि राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी

सम्वन्धित समाचारहरु