Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

आमाको दूधले सर्केर दुई महिने बालिकाको मृत्यु


१ जेठ, ताप्लेजुङ । ताप्लेजुङमा आमाको दूधले सर्केर एक नाबालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार सिरिजङ्घा गाउँपालिका –२ आम्बेगुदिनका कृष्णबहादुर विष्ट र हिमादेवी कटुवाल विष्टकी दुई महिने नाबालिका छोरीको दूधले सर्किँदा मृत्यु भएको हो ।

विष्टकी श्रीमती हिमादेवी नाबालिका छोरीसहित आफ्नो माइत गाउँ सिदिङ्वा गाउँपालिका –२ सादेवा गएकी थिइन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार हिमादेवी माइत गाउँ सादेवामै रहेका बेला अचानक दूधले सर्केर नाबालिकाको शनिबार मृत्यु भएको हो ।

मृतक नाबालिकाको शव जिल्ला अस्पतालमा पोष्टमार्टम गरी आइतबार आफन्तलाई बुझाएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । यता घटनासम्बन्धी अनुसन्धान प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: १ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?