२८ चैत्र, विराटनगर । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले नयाँ वर्षको वैशाख १ गतेदेखि सार्वजनिक स्थलहरूमा धुमपान, खैनी, चुरोट, पान पराग, गुट्खालगायतको सेवन गर्न निषेध गर्ने भएको छ । गत पुस २७ गते बसेको नगर सभाको निर्णयअनुसार महानगर क्षेत्रभित्र ध्रुमपानदेखि प्रेसर हर्न बजाउन निषेध (नो हर्न)
२६ चैत्र, झापा । पूर्वी नाका काँकडभिट्टाबाट कोभिड–१९ का सङ्क्रमित भित्रिन नदिन उच्च सतर्कता अपनाउन थालिएको छ । भारतलगायत तेस्रो मुलुकबाट प्रवेश गर्ने विदेशी नागरिकको स्वास्थ्य परीक्षण अनिवार्य गरिएको छ । भारतीय भूमिमा एक साताभन्दा बढी समय बसेर नेपाल फर्किने खोप कार्ड नभएका नेपाली नागरिककोसमेत नाकामा स्वाब परीक्षण अनिवार्य गरिएको
२६ चैत्र, उदयपुर । गाईघाट बजारको मुख्यचोकमा आज बिहान ट्रकको ठकरबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ट्रकको ठकरबाट मृत्यु हुनेमा मोटरसाइकल चालक त्रियुगा नगरपालिका–११ साउनेका ४३ वर्षीय तारणी थापामगर रहेका छन् । प्रदेश नं१–०५–००१प ६१५१ नंको मोटरसाइकलमा सवार मगरलाई गाईघाटबजारको मुख्य चोकबाट दक्षिणतिर जाँदै
२५ चैत्र, ताप्लेजुङ । नेकपा एमालेका केन्द्रीय सचिव तथा प्रतिनिधिसभा सांसद योगेशकुमार भट्टराईले माओवादी केन्द्रलाई संसदीय व्यवस्थाभित्र असफल शक्तिको रुपमा उल्लेख गरेका छन् । प्रेस चौतारी नेपाल ताप्लेजुङले शनिबार फुङलिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले माओवादीकै कारण देश अधोगतितर्फ उन्मुख हुन थालेको आरोप समेत लगाएका छन् । उनले भने, 'दुई
२५ चैत्र, ताप्लेजुङ । ताप्लेजुङमा आयोजित डोको बोकेर दगुर्ने प्रतियोगिताको उपाधि फक्ताङलुङ गाउँपालिकाका रमेश लिम्बूले जितेका छन् । औद्योगिक कृषि तथा पर्यटन मेलाका अवसरमा आज आयोजित उक्त प्रतियोगितामा उनले १३ किलोमिटरको दूरी एक घण्टा चार मिनेट ३१ सेकेण्डमा पूरा गरे । प्रतियोगितामा मैवाखोला गाउँपालिकाका प्रकाश लिम्बू दोस्रो भए । उनले निर्धारित
२५ चैत्र, पाँचथर । याङवरक गाउँपालिका र गाउँपालिका–३ कार्यालयले बिहीबार वडाको सामाङ्खुमा आयोजना गरेको एकीकृत घुम्ती शिविरमा गाउँपालिकाका सबै सेवा पाउँदा सेवाग्राही दङ्ग देखिन्थे । आफ्नो स्वास्थ्य परीक्षण, सिफारिससहित कागजात निर्माण, बालीनाली र पशुपंक्षीका समस्या समाधान गर्न सेवाग्राहीलाई चटारो थियो । निर्माणाधीन पुष्पलाल ९मध्यपहाडी० लोकमार्गले जोडेको स्थान भए पनि यहाँका
२४ चैत्र, काठमाडाैँ। कोशी नामकरणविरुद्ध आन्दोलनको क्रममा मृत्यु भएका पदम लिम्बू (लाजिहाङ) सहीद घोषणा भएका छन् । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले लिम्बूलाई शहीद घोषणा गर्दै परिवारलाई राज्यबाट सहयोग गर्ने निर्णय गरेको पर्यटनमन्त्री सुदन किराँतीले जानकारी दिएका हुन् । कोशी नामकरणविरुद्ध आन्दोलनको क्रममा चैत्र ५ गते घाइते भएका लिम्बुको उपचारको क्रममा
२४ चैत्र, ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवाकी ८५ वर्षीया लक्षिमादेवी महतारा बाँसको सिन्का र सालको पात बोकेर टपरी गाँस्ने प्रतिस्पर्धामा सहभागी हुन सदरमुकाम फुङलिङमा जारी औद्योगिक कृषि तथा पर्यटन मेलामा अन्य प्रतिस्पर्धीसँगै आइन् । धार्मिकरूपमा मात्रै नभई स्वास्थ्यका लागि समेत फाइदाजनक मानिने सालको पातबाट तयार हुने टपरी हिजोआज प्रयोग हुने
२३ चैत्र, भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिका-५ मानेभञ्ज्याङका स्थानीयको खानेपानी समस्या अब समाधान हुने भएको छ । तीन हजार दुई सय मिटर तलको पिखुवा खोलाको पानी लिफ्टिङ गरी मानेभञ्ज्याङमा पुर्याइएसँगै लामो समयदेखिको खानेपानी समस्या समाधान भएको हो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरको रु दश करोड ५० लाख लागतमा
२३ चैत्र, काठमाडाैँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले कोशी प्रदेशको नाम सच्याउन पहल गर्ने बताएका छन् । पहिचानका आधारमा प्रदेशको नामाकरण माग गर्दै ज्ञापनपत्र बुझाउन पुगेका पार्टी निकट जनवर्गीय संगठनसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेशको नाम सच्याउन पहल गर्ने आश्वासन दिएका हुन् ।