Trending
>>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर >>   प्रक्षेपणको क्रममा कुवेतद्वारा निर्मित रकेट विस्फोट >>   इजरायली सैनिकहरूद्वारा प्यालेस्टिनी पुरुषको हत्या >>   भारतको गोवा नाइटक्लवमा आगलागीमा मृत्यु हुनेको संख्या २५ पुग्यो >>   रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी >>   ‘करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै’ >>   मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा >>   प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै >>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

पूर्ण खोप सुनश्चिततालाई विशेष ध्यान दिनुपर्छ : मुख्यमन्त्री कार्की


३ वैशाख ,मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पूर्ण खोप सुनिश्चितताको निरन्तरतालाई विशेष ध्यान दिनुपर्ने बताएका छन् । विराटनगर महानगरपालिकाद्वारा आज यहाँ आयोजित ‘पूर्ण खोप सुनश्चितता घोषणसभा’को उद्घाटन कार्यक्रममा उनले खोपलाई निरन्तरता दिन सम्बन्धित पक्ष, स्वास्थ्य स्वयम्सेविका र जनप्रतिनिधिहरूलाई विशेष चनाखो हुन आग्रह गरे ।

मुख्यमन्त्री कार्कीले व्यवस्थित बसोबास नभएका कारण सहरी क्षेत्रका बालबालिकासमेत खोपको दायरामा नआएको हुनसक्ने चर्चा गर्दै महानगरपालिकाले डिजिटल अभिलेखको व्यवस्थित रुपमा राखी खोपको सुनिश्चितता गर्नुपर्नेमा जोड दिए । उनले आजका स्वस्थ्य केटाकेटी मुलुकका भोलिका कर्णधार भएकाले उनीहरूमार्फत समाज र राष्ट्रको विकास र समृद्धिमा सघाउ पुग्ने धारणा राखे ।

मुलुक विकासोन्मुख भएकाले यसको प्राथमिकता सडक, पुल भए पनि मानव स्वास्थ्यप्रति सरकार संवेदनशील भई आवश्यक बजेट विनियोजन गर्ने मुख्यमन्त्री कार्कीले बताए । उनले यस क्षेत्रमा कोरोना सङ्क्रमित वृद्धि हुन नदिन भारतसँग जोडिएका नाकाहरूमा आवश्यक सतर्कता अपनाउन प्रदेश सरकार र महानगरपालिकालले संयुक्त रूपमा एन्टिजेन र पिसिआर परीक्षणको व्यवस्थाको तयारीको व्यवस्थ सुरु गर्ने जानकारी दिए ।

स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बूले पूर्ण खोप सान्दर्भिक र आवश्यक भएको चर्चा यसले अन्य पालिकालाई प्रेरणा दिने विश्वास व्यक्त गरिन्‌। जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राईले खोपको अभिलेख नगर र वडामा राख्नु पर्नेमा जोड दिँदै यो कार्यको निरन्तरता आवश्यक रहेको चर्चा गरे। विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले पूर्ण खोप सुनिश्चिततामा स्वास्थ्य स्वयम्सेविका, जनप्रतिनिधिहरूको महत्वपूर्ण भूमिका रहेको धारणा राखे ।

सभामा उपप्रमुख शिल्पा निराला कार्की, बर्जु गाउँपालिकाका अध्यक्ष जीवछ राय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेल र महानगरका कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालाले खोप सेवा प्राप्त गर्नु बालबालिका र नागरिकको नैसर्गिक अधिकारी भएको स्पष्ट पारे ।सो अवसरमा मुख्यमन्त्री कार्कीले महानगरप्रमुख कोइराला एवं १९ वडा अध्यक्षहरूलाई खोप सुनिश्चितताको प्रमाणपत्र दिए ।

उनले खोप सुनिश्चतता प्रतिबद्धता पत्रमा समेत हस्ताक्षर गरेका थिए । महानगरपालिमा रहेका १६ देखि ५९ महिनाका १७ हजार पाँच सय दुई बालबालिकामध्ये खोप लगाउन छुट भएका एक हजार पाँच सय ९२ लाई पूर्ण खोप गरिसकेको र आगामी दिनमा कुनै बालबालिका खोपबाट वञ्चित नहुन ‘खोप सुनिश्चिता घोषणा’ गरिएको हो । महानगरले १३ वटा विभिन्न खोपहरु ३५ विभिन्न वडा कार्यालय, स्वास्थ्य केन्द्रमार्फत निःशुल्क रुपमा प्रदान गर्दै आएको छ ।


प्रकाशित मिति: ३ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?