Trending
>>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु, चार जना गम्भीर घाइते


२ वैशाख, मोरङ । मोरङ रङ्गेली विराटनगर सडक खण्ड अन्तर्गत रङ्गेली ४ स्थित आमतोला चोकमा शनिबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना सामान्य घाइते भएका छन् । घाइतेमध्ये चार जना गम्भीर छन् ।

इलाका प्रहरी कार्यालय रङ्गेलीका अनुसार ग्रामथान गाउँपालिका ५ की ६५ वर्षीया वैशाखी चौधरीको घटना स्थलमै मृत्यु भएको छ । पश्चिमीबाट रङ्गेली तर्फ आउँदै गरेको कोशी प्रदेश ०१–००१ त ९५५३ नम्बरको ट्याक्टर अनियन्त्रित हुँदा ट्याक्टर दुर्घटना भएको हो । ट्याक्टरमा २० जना सवार थिए । घाइते हुनेमा ग्रामथान ५ का ६२ वर्षीय दुखिया चौधरी, २६ वर्षका अनिल माझी, टेकनारायण माझी, सुनिल चौधरी, ५० वर्षका टिकाराम माझी, ६५ वर्षका मधुराम माझी , २५ वर्षकी रिता कुमारी माझी, ५ वर्षीय रितेश माझी, ३५ वर्षीया रिता चौधरी छन् ।

यस्तै, ४३ वर्षीय अनुलाल माझी, ४२ वर्षीया पुरनसरी चौधरी, ३५ वर्षीया सुनिता भगत, १० वर्षीय बिकेस भगत छन् । यसै गरी, रङ्गेलीकी २० वर्षीया जानकी कुमारी माझी, ३१ वर्षीया सुनवर्ति चौधरी, तीन वर्षीय जितनी चौधरी, तीन वर्षीय रायन चौधरी र ४० वर्षीय किन्ती चौधरी घाइते भएका छन् । घाइतेमध्ये रङ्गेली अस्पतालमा चार जनाको उपचार भइरहेको छ भने १३ जनालाई उपचारका लागि विराटनगर पठाइएको छ ।


प्रकाशित मिति: २ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?