Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु, चार जना गम्भीर घाइते


२ वैशाख, मोरङ । मोरङ रङ्गेली विराटनगर सडक खण्ड अन्तर्गत रङ्गेली ४ स्थित आमतोला चोकमा शनिबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना सामान्य घाइते भएका छन् । घाइतेमध्ये चार जना गम्भीर छन् ।

इलाका प्रहरी कार्यालय रङ्गेलीका अनुसार ग्रामथान गाउँपालिका ५ की ६५ वर्षीया वैशाखी चौधरीको घटना स्थलमै मृत्यु भएको छ । पश्चिमीबाट रङ्गेली तर्फ आउँदै गरेको कोशी प्रदेश ०१–००१ त ९५५३ नम्बरको ट्याक्टर अनियन्त्रित हुँदा ट्याक्टर दुर्घटना भएको हो । ट्याक्टरमा २० जना सवार थिए । घाइते हुनेमा ग्रामथान ५ का ६२ वर्षीय दुखिया चौधरी, २६ वर्षका अनिल माझी, टेकनारायण माझी, सुनिल चौधरी, ५० वर्षका टिकाराम माझी, ६५ वर्षका मधुराम माझी , २५ वर्षकी रिता कुमारी माझी, ५ वर्षीय रितेश माझी, ३५ वर्षीया रिता चौधरी छन् ।

यस्तै, ४३ वर्षीय अनुलाल माझी, ४२ वर्षीया पुरनसरी चौधरी, ३५ वर्षीया सुनिता भगत, १० वर्षीय बिकेस भगत छन् । यसै गरी, रङ्गेलीकी २० वर्षीया जानकी कुमारी माझी, ३१ वर्षीया सुनवर्ति चौधरी, तीन वर्षीय जितनी चौधरी, तीन वर्षीय रायन चौधरी र ४० वर्षीय किन्ती चौधरी घाइते भएका छन् । घाइतेमध्ये रङ्गेली अस्पतालमा चार जनाको उपचार भइरहेको छ भने १३ जनालाई उपचारका लागि विराटनगर पठाइएको छ ।


प्रकाशित मिति: २ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?