Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

सिक्किमबाट नेपाल घुम्न आएका युवकको भीरबाट लडेर मृत्यु


३ वैशाख, पाँचथर । छिमेकी भारतको सिक्किमदेखि पाँचथर घुम्न आएका एक जना युवकको भीरबाट लडेर निधन भएको छ । निधन हुनेमा ३५ वर्षीय केशव गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

सीमावर्ती चिवाभञ्ज्याङ हुँदै याङ्वरक गाउँपालिका -१ च्याङथापु बजारमा आफन्तलाई भेट्न आउँदै गर्दा उहाँ शनिबार राति साढे ८ बजे मेवा खोला भीरबाट लड्नुभएको थियो ।

उनको शव आइतबार बिहान खोलामा डुबेको अवस्थामा भेटिएको प्रहरीको भनाइ छ ।

गुरुङसहित पाँच जना युवा सिक्किमबाट रातको समय हिँड्दै नेपाल भारत सिमाना चिवाभञ्ज्याङ च्याङ्थापु बजार तर्फ आउने क्रममा गर्दा उक्त घटना भएको बताइएको छ । घटनाबारे जानकारी पाउनासाथ सदरमुकाम फिदिमबाट प्रहरी टोली घटनास्थल पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख हरि खतिवडाले जानकारी दिए ।


प्रकाशित मिति: ३ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?