Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

सिक्किमबाट नेपाल घुम्न आएका युवकको भीरबाट लडेर मृत्यु


३ वैशाख, पाँचथर । छिमेकी भारतको सिक्किमदेखि पाँचथर घुम्न आएका एक जना युवकको भीरबाट लडेर निधन भएको छ । निधन हुनेमा ३५ वर्षीय केशव गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

सीमावर्ती चिवाभञ्ज्याङ हुँदै याङ्वरक गाउँपालिका -१ च्याङथापु बजारमा आफन्तलाई भेट्न आउँदै गर्दा उहाँ शनिबार राति साढे ८ बजे मेवा खोला भीरबाट लड्नुभएको थियो ।

उनको शव आइतबार बिहान खोलामा डुबेको अवस्थामा भेटिएको प्रहरीको भनाइ छ ।

गुरुङसहित पाँच जना युवा सिक्किमबाट रातको समय हिँड्दै नेपाल भारत सिमाना चिवाभञ्ज्याङ च्याङ्थापु बजार तर्फ आउने क्रममा गर्दा उक्त घटना भएको बताइएको छ । घटनाबारे जानकारी पाउनासाथ सदरमुकाम फिदिमबाट प्रहरी टोली घटनास्थल पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख हरि खतिवडाले जानकारी दिए ।


प्रकाशित मिति: ३ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?