२७ फागुन, उदयपुर । उदयपुरको रौतामाई गाउँपालिकामा भएको आगलागीमा परी एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ । शुक्रबार साँझ भएको आगलागीमा परी रौतामाई गाउँपालिका–८ पाँबुका रामबहादुर मगरको छ वर्षीया छोरी जस्मिन र दुई वर्षीय छोरा रोजन मगरको मृत्यु भएको हो । रामबहादुरको माटो र ढुङ्गाले बनेको दुईतले घरमा आगलागी हुँदा
प्रदेश नं १ सभाबाट प्रदेशको नाम ‘कोशी प्रदेश’ राखिएको अवसरमा आज सार्वजनिक बिदा घोषणा गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट जारी सूचनामा सम्पूर्ण प्रदेशका बासिन्दालाई बधाई ज्ञापन गर्दै प्रदेशभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामा आज सार्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख गरिएको छ ।
प्रदेश नं १ सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तत्काल नबाहिरिने भएको छ । राष्ट्रिपति निर्वाचनका विषयलाई लिएर केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण राप्रपाले शनिबार सङ्घ र प्रदेशका सबै सरकारबाट बाहिरिने तथा समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सोही निर्णयअनुसार राप्रपा सङ्घीय सरकार र केही प्रदेश सरकारबाट बाहिरिएको छ ।
प्रदेश नं १ नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा भूपेन्द्र राई नियुक्त हुनुभएको छ । नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को दफा ११ को उपदफा(१) मा व्यवस्था भएअनुसार संसदीय दलको प्रमुख सचेतकमा राई नियुक्त हुनुभएको नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले जानकारी दिनुभयो ।
अत्यधिक चिसोका कारण हिमाली जिल्ला सोलुखुम्बुको खुम्बु क्षेत्रमा पानी जम्न थालेको छ । यसले गर्दा पिउने पानी आपूर्तिमा समस्या भएको छ । चिसोका कारण पाइपमै पानी जम्न थालेको र दिउँसो घाम लाग्दासमेत जमेको पानी नपग्लिँदा खुम्बुवासीको दैनिकी कष्टकर बन्न थालेको स्थानीय दामु शेर्पाले बताउनुभयो । उहाँका अनुसार खुम्बु क्षेत्रमा खानेतेलदेखि