Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

एकल महिलालाई वडाको साथ, जीवनस्तर उकास्न पाठापाठी वितरण


११ चैत्र, मोरङ । विभिन्न कारणले समाजमा एकल जिवन बिताइरहेका महिलाको जीवनस्तर उकास्ने उद्देश्यले मोरङको उर्लाबारी नगरपालिका–२ ले वडामा रहेका १३ एकल महिलालाई सहयोग गरेको छ । वडा नं २ ले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका १३ एकल महिलालाई बाख्राका पाठापाठी वितरण गरेको हो ।

वडाले ‘लक्षित वर्ग उत्थान कार्यक्रम’अन्तर्गत आम्दानीको स्रोत नभएका एकल महिलाका लागि घरमै बसेर आर्थिक उपार्जन गर्नसक्ने गरी दिगो आर्थिक स्रोतको पहिचान गरी पाठापाठी वितरण गरिएको वडाध्यक्ष कुमार कँडेल (राजन)ले बताए ।

क्यान्सरका कारण श्रीमान् बितेपछि एक्लै सङ्घर्ष गरेर जीवन बिताइरहेकी स्थानीय सीता नेपाली वडाले सहयोग गरेपछि खुसी भएकी छन् । “श्रीमान् बिरामी पर्दा पनि वडाध्यक्षले सहयोग गर्नुभएको थियो । श्रीमान् बितेपछि छोराछोरी पढाउने, हुर्काउने जिम्मा आफैलाई आएको छ । वडाले सहयोग गरेको छ, अब यसैलाई मलजल गरेर अगाडि बढ्दै जानुछ”, उनले भनिन् ।

आर्थिक अभावका कारण जीविकोपार्जनका लागि सङ्घर्ष गरिरहेका दुई एकल महिला भानी धिमाल र रेखा उराउ पनि वडाले बाख्राका पाठापाठी लिएर सहयोग गरेकामा खुसी लागेको बताउँछन् । उराउ भन्छिन्, “श्रीमान् बितेपछि बिहान बेलुका हातमुख जोड्नै गाह्रो भइरहेको अवस्थामा छोराछोरीलाई पढाउन किताब, कपी, डटपेन कसरी किन्ने भन्ने पिरलो परिरहन्थ्यो । अब यिनै पाठापाठीलाई स्याहार गर्छौं र आयआर्जनको बाटो बनाउँछौँ ।”

एकल महिलाको जीवनस्तर उकास्ने उद्देश्यले चालु आर्थिक वर्ष २०७९÷८० को वडास्तरीय बजेटअन्तर्गत रू एक लाख विनियोजन गरी नगर उपप्रमुख मीना खतिवडा पौडेल, वडाध्यक्ष राजनकुमार कँडेललगायतले बाख्राका पाठापाठी वितरण गरेका हुन् ।


प्रकाशित मिति: ११ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?