Trending
>>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश


एउटै परीक्षा केन्द्रबाट एसईई दिइरहेका नक्कली परीक्षार्थीको आशंकामा ५२ जना पक्राउ

२३ चैत्र, मोरङ । अर्काको नाममा परीक्षा दिइरहेको आशंकामा ५२ जना प्रहरीको नियन्त्रणमा परेका छन् । मोरङको सरस्वति माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट ५२ जनालाई प्रहरीले नक्कली परीक्षार्थीको आशंकामा नियन्त्रणमा लिएको हो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । एसईईमा आज सामाजिक विषयको परीक्षा भइरहेको छ ।

समयमा किस्ता नबुझाउने ऋणीको घरमा एनआईसी बैंकले खटायो सुरक्षा गार्ड

२३ चैत्र, इटहरी । नेपालका अग्रणी बैंकहरूमध्ये एक एनआईसी बैंकले ऋणीहरूको घरमा सुरूक्षा गार्ड राख्न थालेको छ । ऋण लिएर समयमा ब्यान नतिर्नेहरूको घरमा बैंकले पोशाक सहितका सुरक्षा  गार्डहरू पठाएको हो । बैंकले गार्ड पठाएका घरहरू लिलामीको प्रक्रियामा गइसकेको बुझिएको छ । पछिल्लो समय एनआईसी बैंकले इटहरीका विक्रम तिम्सिनाको घरको

स्थानीय तहले अब कसरी बलियो बन्ने भन्नेतिर ध्यान दिनुपर्छ : मन्त्री मोदी

२० चैत्र, मोरङ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले संघीयताको सुदृढीकरणका लागि स्थानीय तहसँग अन्तरक्रिया थालेका छन् । मन्त्रालय अन्तर्गत्को प्रदेश तथा स्थानीय शासन कार्यक्रम (plgsp)मार्फत् मन्त्री मोदीले संघीयताको सुदृढीकरणको सन्दर्भमा सरोकारवालासँग अन्तक्र्रिया थालेका हुन् । सोमबार मोरङको कटहरी गाउँपालिकामा मन्त्री मोदीको उपस्थितिमा संघीयताको प्रभावकारी कार्यान्वयन र सुदृढीकरणसँगै

कालोपत्र गुणस्तरहीन भएपछि स्थानीयको विरोध

१९ चैत्र, भोजपुर । सडक कालोपत्रको काम गुणस्तरहीन भएपछि भोजपुर बोखिमका स्थानीयले विरोध गरेका छन् । भोजपुर नगरपालिका–५ बोखिमबाट टेम्केमैयुङ गाउँपालिका जोड्ने सडकको कालोपत्र गुणस्तरहीन भएको भन्दै स्थानीयले विरोध गरेका हुन् । ठेकेदार कम्पनीले लापरबाही ढङ्गले काम गरेको स्थानीयले आरोप लगाएका छन् । बोखिम–पिप्ले–खाल्डे–आहाले–दधिपुर–सल्लेनी सडक आयोजनाको साढे चार किलोमिटर सडक

बुबाले चलाएको कार दुर्घटनामा पर्दा १८ वर्षीया छोरीको मृत्यु

१८ चैत्र, पाँचथर । पाँचथरमा गए राति सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । मेची राजमार्गअन्तर्गत फिदिम नगरपालिका–३ कान्छीदोकान बजार छेउमा गए राति प्र १–०१–००१ च ९३४९ को कार सडकबाट करिब २०० मिटर तल झरेर दुर्घटना हुँदा कारमा सवार १८ वर्षीया रश्मी

हलेसीमा रामनवमी मेला

१६ चैत्र, खोटाङ । रामनवमीको अवसरमा खोटाङको हलेसीमा बृहत् मेला लागेको छ । हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीमा रामनवमीको अवसरमा १५ दिने मेला लागेको हो । हप्ता दिनअघिदेखि सुरु भएको उक्त मेला भर्नका लागि नेपाल बाहेक छिमेकी भारत, चीन, भुटान, बङ्गलादेश, दक्षिण कोरियालगायत राष्ट्रबाट हजारौँ दर्शनार्थी तथा भक्तजन हलेसी

सरकारले ऋण मिनाहा नगरे आन्दोलनमा उत्रिने हर्क साम्पाङको चेतावनी

१६ चैत्र, काठमाडाैँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफु पनि आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । सरकारले धरान खानेपानी आयोजनाको ऋण मिनाहा नगरे आन्दोलनमा उत्रिने चेतावनी साम्पाङले दिएका हुन् । उनले ऋण मिनाहाका लागि पटक-पटक सम्बन्धित मन्त्रालयलाई अनुरोध गरे पनि सुनुवाइ नभएको बताएका छन् । धरानमा सरकारले एसियाली विकास बैंक

अनुदानमा पाएको मकैको बिउ उम्रिएन

१५ चैत्र, झापा । मेचीनगर नगरपालिकाले किसानलाई अनुदानमा वितरण गरेको मकैको बीउ नउम्रिएपछि किसान आक्रोशित बनेका छन् । पालिकाको कृषि शाखाले १५ दिनअघि ११ टन रामपुर कम्पोजिट जातको मकैको बिउ नगरका १५ वटै वटाका किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरेको थियो । मेचीनगर नगरपालिकाका कृषि शाखा प्रमुख टेकेन्द्र प्रधानले एकाध किसान

मध्यराति ताप्लेजुङमा भूकम्पको धक्का

१५ चैत्र, ताप्लेजुङ। नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर गए राति ११ बजेर ४१ मिनेट जाँदा चार दशमलव छ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्पको धक्का पूर्वका विभिन्न जिल्लामा महसुस गरिएको

विराटनगरमा तनाव- प्रहरीले गर्यो १७ राउण्ड हवाइ फायर

१४ चैत्र, विराटनगर । विराटनगरमा प्रदेशको नाम कोशी राखेको विरोधमा आन्दोलनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । मंगलबार दिउँसो भएको झडपमा २० भन्दा बढी घाइते भएका छन् । विराटनगरको रोडशेष चोकमा दुई पक्षबीच भएको झडपमा प्रहरीले १७ राउण्ड हवाई फायर गरेको छ ।

सम्वन्धित समाचारहरु