Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

सरकारले ऋण मिनाहा नगरे आन्दोलनमा उत्रिने हर्क साम्पाङको चेतावनी


१६ चैत्र, काठमाडाैँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफु पनि आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । सरकारले धरान खानेपानी आयोजनाको ऋण मिनाहा नगरे आन्दोलनमा उत्रिने चेतावनी साम्पाङले दिएका हुन् ।

उनले ऋण मिनाहाका लागि पटक-पटक सम्बन्धित मन्त्रालयलाई अनुरोध गरे पनि सुनुवाइ नभएको बताएका छन् ।

धरानमा सरकारले एसियाली विकास बैंक (एडिबी) को अनुदान तथा ऋण सहयोगमा खानेपानी आयोजना सम्झौता गरेको थियो । उक्त ऋण १ प्रतिशतमा लिएर ५ प्रतिशतमा सरकारले धरानलाई दिएको उनले उल्लेख गरेका छन् ।

आन्दोलनको चेतावनी दिँदै उनले फेसबुकमा लेखेमा छन्, ‘मिटर ब्याजको कुरा भइरहँदा धरानमा एडिबीको ऋणमासमेत नेपाल सरकार आफैंले त्यसो गरेको छ । १% मा लिएर ५% मा हामीलाई दिएको छ । यो ऋण मिनाहा गरिदिन सम्बन्धित मन्त्रालयलाई मैले अनुरोध पनि गरेँ तर सुनुवाइ भएन । ध्यान जावोस् यता पनि नत्र म पनि आन्दोलनमा कुद्नु पर्ने दिन आउनेछ।’


प्रकाशित मिति: १६ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?