Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

सरकारले ऋण मिनाहा नगरे आन्दोलनमा उत्रिने हर्क साम्पाङको चेतावनी


१६ चैत्र, काठमाडाैँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफु पनि आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । सरकारले धरान खानेपानी आयोजनाको ऋण मिनाहा नगरे आन्दोलनमा उत्रिने चेतावनी साम्पाङले दिएका हुन् ।

उनले ऋण मिनाहाका लागि पटक-पटक सम्बन्धित मन्त्रालयलाई अनुरोध गरे पनि सुनुवाइ नभएको बताएका छन् ।

धरानमा सरकारले एसियाली विकास बैंक (एडिबी) को अनुदान तथा ऋण सहयोगमा खानेपानी आयोजना सम्झौता गरेको थियो । उक्त ऋण १ प्रतिशतमा लिएर ५ प्रतिशतमा सरकारले धरानलाई दिएको उनले उल्लेख गरेका छन् ।

आन्दोलनको चेतावनी दिँदै उनले फेसबुकमा लेखेमा छन्, ‘मिटर ब्याजको कुरा भइरहँदा धरानमा एडिबीको ऋणमासमेत नेपाल सरकार आफैंले त्यसो गरेको छ । १% मा लिएर ५% मा हामीलाई दिएको छ । यो ऋण मिनाहा गरिदिन सम्बन्धित मन्त्रालयलाई मैले अनुरोध पनि गरेँ तर सुनुवाइ भएन । ध्यान जावोस् यता पनि नत्र म पनि आन्दोलनमा कुद्नु पर्ने दिन आउनेछ।’


प्रकाशित मिति: १६ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?