Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

स्थानीय तहले अब कसरी बलियो बन्ने भन्नेतिर ध्यान दिनुपर्छ : मन्त्री मोदी


२० चैत्र, मोरङ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले संघीयताको सुदृढीकरणका लागि स्थानीय तहसँग अन्तरक्रिया थालेका छन् ।

मन्त्रालय अन्तर्गत्को प्रदेश तथा स्थानीय शासन कार्यक्रम (plgsp)मार्फत् मन्त्री मोदीले संघीयताको सुदृढीकरणको सन्दर्भमा सरोकारवालासँग अन्तक्र्रिया थालेका हुन् ।

सोमबार मोरङको कटहरी गाउँपालिकामा मन्त्री मोदीको उपस्थितिमा संघीयताको प्रभावकारी कार्यान्वयन र सुदृढीकरणसँगै अन्तर सरकारी समन्वय लगायतका विषयमा छलफल भएको हो । प्रदेश तथा स्थानीय तहका लागि संघीय सरकारले गर्नुपर्ने सन्वय र सहकार्यका विषयमा पनि अन्तरक्रियामा छलफल भएको थियो

अन्तरक्रियालाई सम्बोधन गर्दै मन्त्री मोदीले संघीयताको प्रभावकारी कार्यान्वयनमा स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको बताए । स्थानीय तहलाई नीति निर्माणको सवालमा आफूहरुले समन्वय र सहकार्य गर्ने बताउँदै मन्त्री मोदीले भने, “स्थानीय तहले अब कसरी आत्मनिर्भर र बलियो बन्ने भन्नेतिर ध्यान दिन आवश्यक छ ।”

उनले अरुको मुख ताकेर मात्रै सबल बन्न नसक्ने भएकाले स्थानीय तहले अब आत्मनिर्भर हुनेखालका कार्यक्रम ल्याउनुपर्ने समेत बताए । स्थानीय तहले सुशासनको क्षेत्रमा गरिरहेको कामको सन्दर्भमा अनुभव आदानप्रदान गर्न आवश्यक रहेको समेत मन्त्री मोदीको भनाई थियो ।

“स्थानीय तहको सबलीकरण र वृद्धि विकासका लागि हाम्रो मन्त्रालयले कार्यक्रमहरु अगाडि बढाइरहेका छौँ” मन्त्री मोदीले भने, “संघ, प्रदेश र स्थानीय सरकारबीचको जनसम्बन्ध कसरी बलियो बनाउने, प्रदेश र स्थानीय तहको नीति निर्माणमा कसरी मद्दत गर्न सकिन्छ भन्नेतिर अहिले हाम्रो मन्त्रालयको ध्यान छ ।”

स्थानीय तहमा देखिएको विकृति र विसंगति हटाएर जनताको समस्या समाधानमा स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने पनि मन्त्री मोदीको भनाई थियो ।

अन्तक्र्रियामा कटहरि गाउँपालिकाका अध्यक्ष देवराज चौधरी, उपाध्यक्ष सीतादेवी राजवंशी, वडाध्यक्ष एवं कार्यपालिका सदस्य, प्रदेश तथा स्थानीय शासन कार्यक्रमका राष्ट्रिय कार्यक्रम व्यवस्थापक भुपेन्द्र सापकोटा लगायत उपस्थित थिए ।

प्रदेश तथा स्थानीय शासन कार्यक्रमले मन्त्री मोदीको उपस्थितिमा इलामको सुर्योदय नगरपालिकामा पनि मंगलबार अन्तक्र्रिया गर्दैछ ।


प्रकाशित मिति: २० चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?