Trending
>>   ‘पार्टी संगठनहरुभित्र दक्षिणपन्थी अवसरवाद मौलाउदै गएको छ’ >>   पूर्वराजाको सन्देश ‘राजा फर्काउने’ आन्दोलनको प्रस्थानबिन्दु हुनसक्छः राजेन्द्र लिङदेन >>   बाबुकाे पुरानो कार उपहारः मुल्यांकन र कदरकाे अर्थ ! >>   न देशमा चैन, न बिदेशमा बेचैनीबाट छुट्कारा ! नेपाली जाने कहाँ प्रधानमन्त्रीज्यू? >>   एफएटीएफ बैठकः नेपाल ग्रे–लिस्टमा परे ठूलो मात्रमा वैदेशिक सहयोग कटौति हुनसक्छ ! >>   मलेसियाको जनसंख्या ३४.२ मिलियन पुग्यो >>   चित्रकला र संगीतले विद्यार्थीको सिर्जनात्मकतालाई उजागर गर्छः प्रमुख साह >>   यातायात कार्यालयका २५ लाख फाइलको विद्युतीय अभिलेखन शुरु >>   वर्तमानलाई समृद्ध बनाउन इतिहास बचाउनुपर्छः प्रधानन्यायाधीश राउत >>   सुदूरपश्चिम प्रदेशका एक लाख ४३ हजारभन्दा बढीलाई लगाइयो एचपिभी खोप
Logo
७ फाल्गुन २०८१, बुधबार
७ फाल्गुन २०८१, बुधबार

कोशी प्रदेश


आमाको दूधले सर्केर दुई महिने बालिकाको मृत्यु

१ जेठ, ताप्लेजुङ । ताप्लेजुङमा आमाको दूधले सर्केर एक नाबालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार सिरिजङ्घा गाउँपालिका –२ आम्बेगुदिनका कृष्णबहादुर विष्ट र हिमादेवी कटुवाल विष्टकी दुई महिने नाबालिका छोरीको दूधले सर्किँदा मृत्यु भएको हो । विष्टकी श्रीमती हिमादेवी नाबालिका छोरीसहित आफ्नो माइत गाउँ सिदिङ्वा गाउँपालिका –२ सादेवा गएकी थिइन्

मोरङमा भेटियो ‘अफ्रिकन स्वाइन फिभर’को लक्षण

१ जेठ, मोरङ । मोरङको बेलबारीस्थित एक बङ्गुर फर्ममा ‘अफ्रिकन स्वाइन फिभर’को लक्षण देखापरेको छ । सो फर्मका बङ्गुर मर्न थालेपछि नमूना परीक्षणका लागि प्रयोगशाला पठाइएको छ । बेलबारी–४ मा रहेको ठूली एकीकृत कृषि फर्ममा रहेको बङ्गुरमा सो रोगको लक्षण देखापरेको हो । चारो नखाने, पानी हल्का खाने र ज्वरो आउने

हलेसी तुवाचुङमा गहत खेती प्रवद्र्धन कार्यक्रम

१ जेष्ठ ,खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले गहत खेती प्रवद्र्धन कार्यक्रम ल्याएको छ । लोपोन्मुख बनेको गहत खेतीलाई प्रोत्साहन गर्दै किसानको आयआर्जनमा टेवा पुर्याउने लक्ष्यका साथ नगरपालिकाले रैथाने बाली प्रवद्र्धन कार्यक्रम ल्याएको हो । गहत बालीको उत्पादकत्व वृद्धि गर्दै बजारीकरण गर्ने र गहतलाई किसानको भरपर्दो आम्दानीको माध्यम बनाउने लक्ष्यका साथ

पाथीभरा जाने पदमार्गमा फाइबरको छहारी

३१ वैशाख, ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको पदमार्गमा फाइबर ट्रस (छाहारी) लगाइएको छ । पाथीभरा मन्दिर दर्शन गर्न जाने तीर्थयात्रीको यात्रालाई सहज बनाउने उद्देश्यले पदमार्गमा ट्रस लगाइएको हो । हिमपात र वर्षाको समयमासमेत तीर्थयात्रीलाई यात्रा गर्न सहज होस् भन्ने उद्देश्यले चार मिटर लम्बाइको ट्रस लगाउन सुरु गरिएको पाथीभरा क्षेत्र विकास

पाकिस्तानी आरोही सगरमाथाको चुचुरोमा

३१ वैशाख, सोलुखुम्बु । थप दुई आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् । आज बिहान ८ः०२ बजे नेपाली र पाकिस्तानी आरोही सगरमाथाको चुचुरोमा पुगेका हुन् । सन् २०२३ को सगरमाथा आरोहणमा पहिलो अन्तर्राष्ट्रिय पर्वतारोही पाकिस्तानकी नैला कैनीले सफल आरोहण गरेकी हुन् । त्यस्तै नेपाली आरोही पासाङतेम्बा शेर्पाले सगरमाथा आरोहण गरेका छन्

खडेरीले मकैको बिरुवा सुक्न थालेपछि कृषक चिन्तित

३० वैशाख ,उदयपुर । उदयपुरमा खडेरीका कारण मकैको बिरुवा सुक्न थालेपछि किसान चिन्तित भएका छन् । ढिलो गरी चैतको अन्तिमतिर मकै रोपिए पनि त्यसयता वर्षा नभएका कारण जिल्लाको पहाडी क्षेत्रमा मकैका बिरुवा मर्न थालेपछि किसानलाई चिन्ता भएको हो । चैतको अन्तिमदेखि यता आएर एकपटक पनि वर्षा नभएपछि जिल्लाको पहाडी क्षेत्रको

हाइटेन्सन पोलमा चढेका माझी १२ घण्टापछि ओर्लिए

३० वैशाख, मोरङ । सडक किनाराको पर्खाल बलियो र गुणस्तरीय बनाउन माग गरेर पोलमा चढेका बुढीगंगा –७ डंग्राहाका ४० वर्षे दिनेशकुमार माझीकाे उद्धार गरिएकाे छ । उनको माग सम्बोधन गर्न गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगर त्यस स्थानमा पुगेछि १ लाख ३२ हजार भोल्टको विद्युत प्रसारण लाइनको पोलबाट सकुशल उद्धार गरिएको

सगरमाथा आरोहण शुरु

३० वैशाख, सोलुखुम्बु । यस वर्षको वसन्त ऋतुमा आजदेखि सगरमाथा आरोहण सुरु भएको छ । आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले आज दिउँसो सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो । प्रतिकूल मौसमका कारण तीन सातायता आरोहणको प्रतिक्षामा रहेका आरोही खुसी भएका छन् । सगरमाथाको दोस्रो

‘लकडाउन’ले बनायो कृषक

३० वैशाख, मोरङ । ‘लकडाउन’ले धेरै नेपालीको व्यापार व्यवसायलाई धराशयी बनायो । लकडाउनका कारण धेरै व्यापार छाडेर पलायन भए भने कतिलाई लकडाउन नै अवसर बनिदियो । त्यस्तै एक उदाहरण बनेका छन् मोरङको पथरी शनिश्चरे नगरपालिकाका खगेन्द्रप्रसाद लिम्बू । जग्गा कारोबार गर्दै आएका लिम्बूका लागि लकडाउन ‘टर्निङ पोइन्ट’ बन्यो । लकडाउनका

सडक निर्माणमा भएको अनियमितताको विरोध गर्न हाइटेन्सन पोलमा चढे एक युवक

३० वैशाख, मोरङ । एक व्यक्ति १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनको पोलको टुप्पोमा पुगेका छन् । मोरङको बुढीगंगा गाउँपालिकाका एक युवा विजुलको हाइटेन्सन पोलमा चढेर सडक निर्माणका क्रममा भएको अनियमितताको विरोध गरेका हुन् । वडा नं. ७ डंग्राहाका ४० वर्षीय दिनेश कुमार माझीले सडकमा निर्माण भइरहेको रिटेनिङ वालको

सम्वन्धित समाचारहरु