१७ भदौ, झापा । भद्रपुर नगरपालिकाले सडक छेउमा बेवारिसे अवस्थामा उद्धार गरिएका एक महिनाभन्दा कम उमेरका स्वस्थ शिशुको अभिभावकको खोजी कार्य सुरु गरेको छ । नगर उपप्रमुख एवम् स्थानीय बाल अधिकार समितिकी संयोजक राधा कार्कीले प्रमाण पुग्ने कागजातसहित सात दिनभित्र सम्पर्कमा आएर शिशुलाई लैजान सार्वजनिक सूचना प्रकाशित गरिएको बताए ।
१७ भदौ, इलाम । इलामको देउमाई नगरपालिका–४ ले किसानका लागि दुई पशु प्राविधिक निःशुल्क खटाएको छ । पशुको कृत्रिम गर्भाधारणका लागि वडाकै बजेटबाट दुई पशु प्राविधिक खटाइएको हो । यसवर्ष पशुमा लाग्ने रोग लम्पी स्किनको महामारीबाट धेरै किसानका पशु मरेको तथा बिरामी परेका कारण किसानलाई राहतस्वरुप प्राविधिक कर्मचारी खटाइएको वडाध्यक्ष
१७ भदाै, खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी असोज तेस्रो साता ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा कला प्रदर्शनी’ कार्यक्रम गर्ने भएको छ । जिल्लाको दिक्तेल बजारमा धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी असोज १७ देखि २१ गतेसम्म पाँचदिने कला प्रदर्शनी कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको
१७ भदाै, पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं ५ सुभाङको मालबाँसे बस्ती पहिरोको जोखिममा परेको छ । यहाँको नाखेडाँडा, स्याल्जेलगायत ठाउँमा पहिरो जान थालेको छ । बस्तीसम्मै स–सानो पहिरो जानुका साथै ठूलो क्षेत्रमा धाँजा फाटेको छ । विगतमा समेत स–सानो पहिरो झर्ने गरेको यस स्थानमा यस वर्ष अत्यधिक वर्षा र
१६ भदाै, विराटनगर । विराटनगरमा एक १३ वर्षीया बालिकाले छोरा जन्माएकी छन् । भदाै १२ गते अस्पताल भर्ना भएकी एक बालिकाले विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा छोरालाई जन्म दिएकी हुन् । १२ गते पेट दुख्यो भनेपछि उपचारका लागि अभिभावकले बालिकालाई अस्पताल लगेका थिए । उपचारका क्रममा परीक्षण गर्दा बालिका गर्भवती भएको पत्ता
१५ भदौ, काठमाडाैँ । कोशी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ आइतबार हुने भएको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासका लागि तोकिएको आजको पेशी हेर्न नमिल्ने भएपछि सुनुवाइ आइतबारका लागि सरेको हो । नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम
१५ भदाै, कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’विरुद्ध नेकपा एमालेले दायर गरेको रिटमा सर्वोच्च अदालतले आज (शुक्रवार) अन्तिम सुनुवाइ गर्दै छ । प्रदेश सभा बैठकको अध्यक्षता गरेका सदस्यले समेत मुख्यमन्त्रीलाई विश्वासको मत दिएको भन्दै एमालेले सत्तापक्षले संविधान विपरीत काम गरेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो
१५ ,भाद्र ,फिक्कल (इलाम) । चौँरीपालन गरेर इलामका युवा व्यावसायिक बन्न थालेका छन् । लोप हुँदै गएको चौँरीपालन पेसाप्रति इलामको लेकाली क्षेत्रका युवाको आकर्षण बढेको हो । सन्दकपुर गाउँपालिका–२ का रामबहादुर राई वैदेशिक रोजगारीमा गएको १० वर्षपछि फर्किएर चौँरीपालन गरिरहेका छन् । यस ठाउँको धुपी क्षेत्रमा परम्पारगतरूपमा चौँरीपालन हुँदै आएको
१५ ,भाद्र ,पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिकास्थित थकेपुङमा प्रहरी चौकी स्थापना गरिएको छ । प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १५ जनाको दरबन्दी रहने गरी चौकी स्थापना गरिएको हो । हाल छ प्रहरी मात्र कार्यरत छन् । मन्त्रिपरिषद्को २०७६ असोज ७ गतेको बैठकले उक्त स्थानमा प्रहरी चौकी स्थापना गर्ने निर्णय गरेको हो
१५ ,भाद्र ,काठमाडौँ । भोजपुर जिल्लाको तुङगेछा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १ः११ मिनेट जाँदा भोजपुरको तुङगेछा आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत साउन ३२ गते बझाङ जिल्लाको खिराताडी आसपास केन्द्रविन्दु भएर तीन दशमलव