Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

मुख्यमन्त्री थापाले लिएको विश्वासको मतविरूद्धको मुद्दामा आज पनि सुनुवाइ हुने


१९ भदाै, काठमाडाैँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा आज पनि पूर्ण इजलासमा सुनुवाइ हुँदै छ । समय अभावका कारण हिजो हेर्दाहेर्दैमा राखिएपछि आज सुनुवाइ हुने भएको हो ।

न्यायाधीशहरू सपना मल्ल प्रधान, कुमार चुडाल र नहकूल सुवेदीको इजलासमा सुनुवाइ प्रारम्भ भए पनि हिजो नभ्याएका कारण आजका लागि राखिएको हो । रिट निवेदकको तर्फबाट १३ जना वकिलहरुले हिजो बहस गरे ।

बहसमा भाग लिदै निवेदकका कानुन व्यवसायीले सभामुख र सभाको अध्यक्षता गरिरहेका व्यक्तिको पदीय हैसियत र दायित्व एउटै हुने जिकिर गरे। उनिहरुले प्रदेशसभामा कुनै प्रस्तावमाथि मत बराबर भएको अवस्थामा बाहेक अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार नहुने दाबी गरे ।

हिजो निवेदकका तर्फबाट बहस सकिएकाले आज मुद्दामा प्रत्यर्थीका कानुन ब्यवसायीले बहस गर्ने छन् । बहसका लागि इजलासले निवेदक र प्रत्यर्थीका वकिलहरुलाई चार चार घण्टाको समय तोकेको छ । कोशी प्रदेशका मुख्यमन्त्री थापाले यही भदौ ४ गते प्रदेशसभाबाट विश्वासको मत लिएका थिए ।


प्रकाशित मिति: १९ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?