Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

मुख्यमन्त्री थापाले लिएको विश्वासको मतविरूद्धको मुद्दामा आज पनि सुनुवाइ हुने


१९ भदाै, काठमाडाैँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा आज पनि पूर्ण इजलासमा सुनुवाइ हुँदै छ । समय अभावका कारण हिजो हेर्दाहेर्दैमा राखिएपछि आज सुनुवाइ हुने भएको हो ।

न्यायाधीशहरू सपना मल्ल प्रधान, कुमार चुडाल र नहकूल सुवेदीको इजलासमा सुनुवाइ प्रारम्भ भए पनि हिजो नभ्याएका कारण आजका लागि राखिएको हो । रिट निवेदकको तर्फबाट १३ जना वकिलहरुले हिजो बहस गरे ।

बहसमा भाग लिदै निवेदकका कानुन व्यवसायीले सभामुख र सभाको अध्यक्षता गरिरहेका व्यक्तिको पदीय हैसियत र दायित्व एउटै हुने जिकिर गरे। उनिहरुले प्रदेशसभामा कुनै प्रस्तावमाथि मत बराबर भएको अवस्थामा बाहेक अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार नहुने दाबी गरे ।

हिजो निवेदकका तर्फबाट बहस सकिएकाले आज मुद्दामा प्रत्यर्थीका कानुन ब्यवसायीले बहस गर्ने छन् । बहसका लागि इजलासले निवेदक र प्रत्यर्थीका वकिलहरुलाई चार चार घण्टाको समय तोकेको छ । कोशी प्रदेशका मुख्यमन्त्री थापाले यही भदौ ४ गते प्रदेशसभाबाट विश्वासको मत लिएका थिए ।


प्रकाशित मिति: १९ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?