प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शैक्षिक जनशक्तिको बढ्दो विदेश पलायन देशका लागि चुनौतीको विषय भएको भन्दै यसलाई रोक्न सबै जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ । कास्कीको लेखनाथमा आज आयोजित पोखरा विश्वविद्यायलको दीक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले जनशक्तिको विदेश पलायन रोक्न सम्वद्ध सबै पक्षले ध्यान दिनुपर्ने बताउनुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “विश्वबजारमा प्रतिस्पर्धी
दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्तले आगामी शैक्षिकसत्रदेखि मुलुकका सबै विद्यालयलाई समयमा पाठ्यपुस्तक उपलब्ध गराउन निर्देशन दिनुभएको छ । समितिको आजको बैठकमा उहाँले सो निर्देशन दिनुभएकोह हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले भन्नुभयो, “शैक्षिक क्षेत्रको सुधारमा सङ्घीयताको अनुभूति दिलाउन पुराना ऐन खारेज गरी नयाँ
पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले विश्वविद्यालयले उत्पादन गरेका जनशक्ति राष्ट्रनिर्माणका लागि महत्पूर्ण स्रोत भएको बताउनुभएको छ । सोमबार आयोजित पोखरा विश्वविद्यालयको अठारौँ दीक्षान्त समारोहमा उहाँले विश्वविद्यालयले देशको सर्वाङ्गीण विकासका लागि चाहिने ज्ञान र सीपयुक्त जनशक्ति तयार गरिरहेको उल्लेख गर्नुभयो । “शिक्षाले सभ्य समाजको निर्माण गरी देशलाई विकास र प्रगतितर्फ
तनहुँको आँबुखैरेनी गाउँपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने निर्णय गरेको छ । सामुदायिक विद्यालयको शैक्षिकस्तर उकास्ने उद्देश्यसहित जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरिएको हो । गाउँ कार्यपालिकाको आइतबार बसेको बैठकले आगामी शैत्रिक सत्रदेखि जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा अध्ययन गराउने निर्णय गरेको अध्यक्ष शुक्र चुमानले बताउनुभयो । गाउँपालिकामा
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको तेस्रो दीक्षान्त समारोहमा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ज्यूले गर्नुभएको सम्वोधन (५ फाल्गुण २०७९) दीक्षान्त समारोहका सभापति ज्यू, उपस्थित विशिष्ट अतिथिज्यूहरू, अतिथिज्यूहरू, सञ्चारकर्मी मित्रहरू, उपस्थित सम्पूर्ण महानुभावहरू । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान को तेस्रो दीक्षान्त समारोहमा सहभागी भई प्रतिष्ठानको कुलपतिको हैसियतले तपाईंहरूसामु आफ्नो विचार राख्न पाउँदा म
शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयका लागि भवन निर्माण अगाडि बढाइएको छ । शुक्लाफाँटा नगरपालिका–११ अमरपुरमा रु चार करोड पाँच लाखको लागतमा शिक्षालयको तीन तले भवन निर्माण भइरहेको छ । चण्डीदेवी निर्माण सेवाले दश महिनाभित्र भवन निर्माण पूरा गर्नका लागि सम्झौता गरी फाउण्डेसन राख्ने कार्य अगाडि बढाएको शिक्षालयका प्रमुख दिपक बिष्टले बताउनुभयो ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रुपमा अघि बढाउने विषयमा छलफल गर्नुभएको छ । गेटा मेडिकल कलेजको मोडालिटीका बारेमा सुदूरपश्चिम क्षेत्रका बिभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने वहालवाला तथा पूर्व सांसद, मन्त्री, विषय विशेषज्ञ, नेपाल सरकारका मुख्यसचिव, शिक्षा र स्वास्थ्य
बालबालिकाले शिक्षकसित साथीजस्तै व्यवहार खोज्छन् । विद्यार्थीलाई पढाइसँगै उनीहरुमा रहेको अन्तर्निहित क्षमतालाई उजागर गरी क्षमता विकास गर्ने काम शिक्षकबाटै हुने भएकाले परिवारका सदस्यसँग गरिने व्यवहार शिक्षकसँग खोजिरहेका हुन्छन् । कालिका आधारभूत विद्यालयकी शिक्षिका शान्ति काफ्ले साना बालबालिकाले अझ बढी स्नेह खोज्ने बताउनुहुन्छ । “बालबालिकालाई असल मार्ग देखाउने, सपना देखाउने काम
कर्णाली प्रदेशभर ठूलो सङ्ख्यामा शिक्षक दरबन्दी रिक्त रहेको पाइएको छ । शिक्षक सेवा आयोगले लिएको परीक्षाबाट मागअनुसारको जनशक्ति छनोट हुन नसक्दा अझै दरबन्दी रिक्त छन् । शिक्षक अभाव भएपछि शिक्षा विकास तथा समन्वय एकाइले रिक्त शिक्षक दरबन्दी पूर्ति गर्न माग गरेका छन् । एकाइ प्रमुुखहरूका अनुसार धेरैजसो प्राथमिक तहका शिक्षक
तनहुँको म्याग्दे गाउँपालिका–७ की अनिता विकले क्रिष्टलका गहना बनाउने सीप सिक्नुभयो । सीप सिकेपछि अब उहाँलाई आत्मनिर्भर बन्ने जोश बढेको छ । म्याग्दे गाउँपालिकाले सीपमूलक तालिम प्रदान गरेपछि विक अब आफँै उद्यमी बन्ने तयारीमा हुनुहुन्छ । “अहिलेसम्म घरायसी काममा व्यस्त रहँदै आएको छु, गाउँपालिकाले सीप सिकायो”, विकले भन्नुभयो, “अब उद्यमी