Trending
>>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने >>   गगनको राजीनामापछि कांग्रेस ‘टर्निङ प्वाइन्ट’ मा—विश्वप्रकाशको चाल प्रतीक्षा >>   सरकारमाथि बास्कोटाको टिप्पणी : “अब जनताले बहाना मान्दैनन्” >>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

तेस्रो ऐतिहासिक गोरखा–जितगढी पदयात्राको टोली पाल्पामा


काठमाडौँ। नेपाली सेनाले निकालेको तेस्रो ऐतिहासिक गोरखा–जितगढी पदयात्रामा सहभागी टोली मंगलवार पाल्पा पुगेको छ ।

गत चैत्र २८ गते गोरखा दरबारबाट पदयात्रामा निस्किएको टोली नेपाल एकीकरणको समयमा प्रयोग भएको गोरखाबाट पश्चिम तर्फको पदमार्ग पछ्याउँदै पाल्पा पुगेको हो । राष्ट्रिय झण्डाको साथमा एकीकरणको दौरान स्थापना भएका ५ प्रथम कम्पनी श्रीनाथ, कालिबक्स, बर्दवाणी,सबुज, पुरानो गोरख र जितगढी लडाईमा सहभागी गुरुबक्स गुल्मको झण्डा बोकेर बाजागाजासहित स्याङ्जाको चापाकोट ६ साँखर हुँदै केलादी घाटबाट पाल्पा प्रवेश गरेको हो । टोलीलाई केलादीमा पञ्चेबाजा सहित फुलमालाले भव्यताका स्वागत गरिएको थियो ।

नेपाली सेनाको टोलीलाई जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापा, रामपुर नगरपालिका उपप्रमुख बालकुमारी थापा, प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदी, २२ नम्बर बाहिनी बुटवलका सहायक रथी पुरुषोत्तम खड्का, दि फेमस महिन्द्र दल गणका गणपति भुपेन्द्र गुरुङ, पदयात्राका संयोजक जित बहादुर कार्की, पूर्वनेपाली सैनिक, पूर्वभारतिय सैनिक, राष्ट्रिय सेवा दल, रामपुर स्काउट, महिला समूह लगायत रामपुर नगरपालिकाका कर्मचारी, विद्यार्थी सहित स्थानीयले स्वागत गरेका थिए ।


प्रकाशित मिति: ३ बैशाख २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?