Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
११ कार्तिक २०८३, मंगलवार
११ कार्तिक २०८३, मंगलवार

तेस्रो ऐतिहासिक गोरखा–जितगढी पदयात्राको टोली पाल्पामा


काठमाडौँ। नेपाली सेनाले निकालेको तेस्रो ऐतिहासिक गोरखा–जितगढी पदयात्रामा सहभागी टोली मंगलवार पाल्पा पुगेको छ ।

गत चैत्र २८ गते गोरखा दरबारबाट पदयात्रामा निस्किएको टोली नेपाल एकीकरणको समयमा प्रयोग भएको गोरखाबाट पश्चिम तर्फको पदमार्ग पछ्याउँदै पाल्पा पुगेको हो । राष्ट्रिय झण्डाको साथमा एकीकरणको दौरान स्थापना भएका ५ प्रथम कम्पनी श्रीनाथ, कालिबक्स, बर्दवाणी,सबुज, पुरानो गोरख र जितगढी लडाईमा सहभागी गुरुबक्स गुल्मको झण्डा बोकेर बाजागाजासहित स्याङ्जाको चापाकोट ६ साँखर हुँदै केलादी घाटबाट पाल्पा प्रवेश गरेको हो । टोलीलाई केलादीमा पञ्चेबाजा सहित फुलमालाले भव्यताका स्वागत गरिएको थियो ।

नेपाली सेनाको टोलीलाई जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापा, रामपुर नगरपालिका उपप्रमुख बालकुमारी थापा, प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदी, २२ नम्बर बाहिनी बुटवलका सहायक रथी पुरुषोत्तम खड्का, दि फेमस महिन्द्र दल गणका गणपति भुपेन्द्र गुरुङ, पदयात्राका संयोजक जित बहादुर कार्की, पूर्वनेपाली सैनिक, पूर्वभारतिय सैनिक, राष्ट्रिय सेवा दल, रामपुर स्काउट, महिला समूह लगायत रामपुर नगरपालिकाका कर्मचारी, विद्यार्थी सहित स्थानीयले स्वागत गरेका थिए ।


प्रकाशित मिति: ३ बैशाख २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?