Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

ज्ञानेन्द्र शाह राजा नै होइनन् : महन्थ ठाकुर


काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले पूर्वराजा ज्ञानेन्द्र शाहको नेपालमा कुनै अस्तित्व नरहेको बताएका छन् ।

बुधवार पार्टी केन्द्रिय कार्यालय बबरमहलमा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राजा देशबाट गइसकेको भन्दै पूर्वराजा शाह राजा नै नरहेको जिकिर गरेका छन् । उनले अस्तित्व नभए पनि आफूलाई पूर्वराजा भनेर ठाउँ ठाउँमा हिँड्ने गरेको बताउदै फागुन ७ गते र नयाँ वर्षको अवसरमा पूर्वराजा शाहले दिनुभएको शुभकामनाप्रति असुन्तुष्टि जनाए । पूर्वराजा शाहलाई संसदीय व्यवस्था मान्ने तर बद्मासी गर्न खोजिरहेको आरोप लगाएका छन् ।

अध्यक्ष ठाकुरले भने, ‘अहिले पनि हामी संघर्षकै अवस्थामा छौँ । माईतीघर मण्डला कहिल्यै खालि हुँदैन । त्यहाँ सधैँ नै जुलुस प्रदर्शन भइरहेको हुन्छ । चैत्र १५ गतेको घटना त देखेका नै छौँ । जसले देखेको छ, सबै आफ्नो आफ्नो व्याख्या गरिरहेका छन् । इतिहासको सबै चिज जे छ, त्यो सही मात्रै हुँदैन । घटना सही हुन्छ, त्यहाँ दुई जना मारिए, जुलुस प्रदर्शन भयो यो सही हो । तर अरु कुरा आफ्नो आफ्नो मूल्यांकन छ । यो सबै मिलाएर इतिहास हुन्छ । राजावादी आफ्नो व्याख्या गरिरहेका छन्, अरु आफ्नो व्याख्या गरिरहेका छन् । राजा त गइसकेका हुन् । उनी छँदै थिएनन् । उनको अस्तित्व नै छैन । तर पनि उनी आफूलाई पूर्वराजा भनेर हिँडेका छन् । ठाउँमा ठाउँमा उपस्थित भएका छन् । अघि बढ फागुन ७ गतेको उनको वक्तव्य । त्यत्तिकै आपत्तिजनक वक्तव्य नयाँ वर्षको उपलक्ष्यमा दिइएको छ । संसदीय व्यवस्था उनले मानेका छन्, तर त्यो आफ्नो अधिनमा हुनुपर्छ भनेर लागेका छन् । उनको बद्मासी यहाँ पनि स्पष्ट देखिन्छ ।’

अध्यक्ष ठाकुरले आफूहरु अझै पनि संघर्षमै रहेको जिकिर गरेका छन् ।


प्रकाशित मिति: ३ बैशाख २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?