Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

प्रज्ञा प्रतिष्ठानमा पुस्तक प्रदर्शनीः ४० प्रतिशतसम्म छुट


काठमाडौँ। ‘सबै भाषा,सबै ज्ञान, सबैको प्रज्ञा–प्रतिष्ठान’ भन्ने उद्घोषसहित नेपाल प्रज्ञा–प्रतिष्ठानमा पुस्तक प्रदर्शनी भइरहेको छ ।

नयाँ वर्ष २०८२ सालको अवसरमा शुरु गरिएको प्रदर्शनी यही वैशाख २८ गतेसम्म हुने बताइएको छ । नेपाली भाषा, साहित्य ,संस्कृति, कला, इतिहास, दर्शनशास्त्र र समाजशास्त्रलगायतका पुस्तकहरू प्रदर्शनीमा राखिएको नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले बताएका छन् । उनले प्रदर्शनीमा २०७० सालअघि प्रकाशित भएका पुस्तक तथा पत्रिकाहरू ६० प्रतिशत छुट र २०७१ सालयता प्रकाशित भएका पुस्तकहरू खरिद गर्ने व्यक्ति वा संस्थाका लागि विशेष ४० प्रतिशतको छुटको व्यवस्था रहेको बताए । शब्दकोषहरुमा समेत २० देखि २५ प्रतिशतसम्म छुट रहेको सुवेदीले बताएका छन् ।

उनले भने, ‘हामीले प्रष्ठिानमा भएका पुस्तकहरुको बिक्रीको लागि समय समयमा पुस्तक प्रदर्शनहरु गर्ने गरेका छौं । खास गरेर नयाँ वर्षको अवसरमा र अन्य समयमा पनि हामी पुस्तक प्रदर्शन गर्छौं । नयाँ वर्ष २०८२ सालको अवसरमा हिजोदेखि हामीले पुस्तक प्रदर्शन सुरु गरेका छौं । यस प्रदर्शनमा नेपालका बहुमूल्य कृतिहरु हामीसँग छन् । हामीसँग रहेका अंग्रेजी र संस्कृति लगायत पुस्तकका लागि छुटको पनि व्यवस्था गरेका छौं । २०७० सालसम्मका पुस्तकका लागि ६० प्रतिशतसम्म छुट र त्यसयता प्रकाशनमा आएका पुस्तकहरुको लागि ४० प्रतिशत छुट दिइएको छ । त्यसैगरी शब्दकोषहरु हेरेर २०/२५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।’

प्रदर्शनीमा अमरकोश, नेपाली साहित्यकोश, कौटिल्यको अर्थशास्त्र ,जाँ ज्याक रुसको कन्फेसन्स, ईषाादि नौ उपनिषद्, ग्रिक महाकवि होमरको ओडिसी, हरेराम जोशीको प्राचीन अभिलेख, गुमानसिंह चाम्लिङको एरिस्टोटल लगायतका पुस्तक र कृतिहरु राखिएका छन् ।


प्रकाशित मिति: ३ बैशाख २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?