Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२३ माघ २०८२, शुक्रबार
२३ माघ २०८२, शुक्रबार

देश सम्पन्न बनाउन स्वदेशकै स्रोत साधनको सदुपयोग गरौँः कार्यकारी प्रमुख जोशी


काठमाडौँ। नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले युरोप तथा अमेरिकाका बुद्धको अनुयायीहरुलाई नेपालको पर्यटनसँग जोड्नु पर्ने बताएका छन् ।

बुधवार काठमाडौमा आयोजित कार्यक्रममा बोल्दै उनले विश्वभर ५५ लाखभन्दा बढी बुद्धका अनुयायी भएको बताएका छन् । उनले युरोप र अमेरिकामा रहेका बुद्धका अनुयायीहरुले बुद्धिजमलाई विशिष्ट दर्शनका रुपमा ग्रहण गरेकाले ती युरोप र अमेरिका नेपालका लागि मूल्यमा आधारित बजार भएको बताएका छन् । उनले बुद्ध धर्मको तीन खण्ड मायाना, हिनायाना र थेरावादामध्ये विश्वका धेरै देशमा एक वा दुई खण्डको अभ्यास हुने तर नेपालमा तीनै खण्डको अभ्यास गर्ने अनुयायी भएकाले नेपालका लागि यो विशिष्ट पहिचान भएको बताए । म्यानमार, श्रीलंकालगायत कतिपय देशको राष्ट्रिय धर्म नै बुद्धिष्ट भएकाले बुद्ध जन्मिएको देश नेपालको विशिष्ट स्थान रहेको उनको भनाइ छ । उनले बुद्धिष्ट सर्किटको बारेमा नेपालका भन्दा पनि भारतका धेरै एजेन्ट्सहरुले प्रचारप्रसार गर्ने गरेको बताए ।

उनले भने, ‘हाम्रो धेरै जसो एजेन्ट्स जसले लुम्बिनीलाई शेयर गर्नुहुन्छ । नेपालको बुद्धिष्ट एट्याक्सनलाई शेयर गर्नुहुन्छ, त्यो चाहिँ इण्डिएन एजेन्ट्सहरुले बढी शेयर गर्नुहुन्छ हाम्रै साइट भएपनि । नेपाली एजेन्टस्हरु चाहीँ एकदम कम, छैन त नभनौँ तर धेरै कम गर्नुहुन्छ । सरसर्ती हेर्दाखेरि पाँच छ वटा कि साइटहरु छन् जहाँ चाहीँ बुद्धिस्ट सर्किट भनेर प्रचार गरिन्छ । बुद्ध जन्मिएको ठाउँबाट नेपाल एज ए बुद्धिष्ट सर्किट हुनुपर्छ र यसको लाभ चाहीँ नेपाली एजेन्टस्हरु र यो रिजनले नै त्यसरी यसलाई बुष्टिङ गर्नुपर्छ भन्ने धारणासहित यो शुरु भएको थियो । आजको दिनमा हाम्रा लिमिटेशन त निश्चित रुपमा छन् तर सम्भाव्यता हे¥यौँ भने करिव करिब साँढे पाँच सय मिलिएन बुद्धिष्ट फलोअर्सहरु छन् संसारमा । चारपाँच वटा देशको त स्टेटकै रिलिजन बुद्धिजम छ । जस्तो क्याम्बोडिया, भूटानको, श्रीलंकाको, म्यानमारको जस्ता कन्ट्रीहरु छन् जसको राष्ट्रिय धर्म नै बुद्धिजम भनेर छ । त्यो बाहेक पछिल्लो दिनमा बुद्धिजम धर्म भन्दा पनि एउटा स्पिरिचुलिजम फिलोसफीका हिसाबले अगाडि पार्छ र यसले गर्दा थुप्र्र्रै युरोपियन र अमेरिकन सेगमेन्टहरु बुद्धिजम लाई फलो गर्ने भएका छन्, जुन चाहीँ ट्रेडिश्नली भ्यालु बेस मार्केट भनेर चिनिएको मार्केट हो । त्यसलाई पनि हामीले अट्रयाक्ट गर्नुपर्ने छ । नेपालको विशेषता के रहेछ भने संसारका कतिपय बुद्धिष्ट कन्ट्रीहरुमा कि मायाना, कि हिनायाना कि थेरावादा मध्ये कुनै एउटा वा दुईटा सेगमेन्ट मात्रै मनाउने वा फलो गर्ने हुनुहुन्छ तर नेपालमा तीनवटै सेगमेन्ट फलो गर्ने क्राउड छ यो पनि नेपालको लागि विशिष्ट पहिचान हो । यही उद्देश्यसहित नाटाको एउटा एक्पोर्ट एक्जिविसनमा यो शुरु हुँदैछ ।’

नेपाल पर्यटन बोर्डका कार्यसमिति सदस्य ऋषिराम भण्डारीले जुन देशमा जस्तो स्रोत साधन छ त्यसैको प्रयोगले आर्थिक रुपमा देश सम्पन्न भएको बताएका छन् । उनले सबैभन्दा बढी मरुभूमि रहेका मध्यपूर्वका देशहरु आफ्नै देशको खनिज पदार्थ तेल बेचेर सम्पन्न भएको बताउदै नेपालले आर्थिक रुपमा सबल बन्नका लागि यहाँको धर्म, खेलकुद तथा प्रकृतिको सदुपयोग गरी पर्यटन प्रवद्र्धन गर्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘हरेक देश सम्पन्न हुन्छ विकास हुन्छ, प्रवद्र्धन हुन्छ भने त्यो देशमा भएको स्रोत साधन नै प्रयोग गर्ने रहेछ । हामीले बुझेको कुरा के हो भने जस्तै मिडल इस्टहरु सबैभन्दा मरुभूमि भएर पनि किन अगाडि आए भने उनीहरुको खनिज पदार्थ तेलले ने उनीहरु आज सम्पन्न भए । अन्य देशहरुले पनि आफूसँग जे जे स्रोत र साधनहरु छन् तिनै स्रोत र साधन प्रयोग गरेर पर्यटनलाई प्रचार प्रसार र प्रवद्र्धन गरेका छन् र आफू आर्थिक रुपमा अगाडि बढेको छ भने नेपालले पनि कहीँ न कहीँ यहाँको धर्म खेलकुदहरु यहाँका हिमालहरु र यहाँको प्रकृतिले यहाँ जे छ यिनैबाट नै यो देश बन्छ । यो देश सम्पन्न हुन्छ भन्ने हामीलाई लाग्छ ।’

सीमित बजेट भएपनि पर्यटन प्रवद्र्धनका लागि हुने कार्यक्रमहरुमा सहयोग गर्ने नेपाल पर्यटन बोर्डको भनाइ छ ।


प्रकाशित मिति: ३ बैशाख २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?