वीरगञ्ज महानगरपालिकाले महानगरभित्रका १५ विद्यालयलाई कारबाही गरेको छ । एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आइईएमआइएस) सफ्टवेयर नलिने र लिएर पनि अद्यावधिक नगर्ने विद्यालयलाई कारबाही गरिएको हो । महानगरपालिकाअन्तर्गत शैक्षिक प्रशासन महाशाखाले बुधबार सूचना प्रकाशित गरी आइईएमआइएस नलिएका र लिएर पनि अद्यावधिक नगर्ने पशुपति शिक्षा मन्दिर, पपुलर इङ्लिस बोर्डिङ स्कुल, पिसजोन
२८ असार, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाले कक्षा ११ मा प्रदान गरिने छात्रवृत्तिका लागि आगामी साउन २० गते परीक्षा लिने भएको छ । यसका लागि महानगरपालिकाले आजदेखि अनलाइन आवेदन खुला गरेको छ । महानगर अन्तर्गतको शिक्षा विभागले आज एक सूचना प्रकाशित गरी शैक्षिक सत्र २०८०/८१ का लागि छात्रवृत्तिका आज बिहान १०
२७ असार, काठमाडाैँ । बालबालिको सिकाइमा गुणस्तर तथा प्रभावकारिता बढाउन बहुभाषिक माध्यमको सिकाइसम्बन्धी नीति ल्याउनुपर्ने एक अध्ययनको निष्कर्ष छ । ‘नेपालमा बालबालिकाको सिकाइ उपलब्धिमा भाषा र भाषा नीतिको प्रभावप्रतिको बुझाइ’ शीर्षकमा शिक्षा तथा मानव स्रोत विकास केन्द्र, भाषा आयोग, युनेस्को र ब्रिटिश काउन्सिलको सहकार्यमा युनिसेफ नेपालले गरेको अध्ययनमा हालसम्म बहुभाषिक
२७ असार, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी सञ्चालनमा भइ नवीकरण नगर्ने क्याम्पसलाई कारबाही गर्ने भएको छ । विश्वविद्यालयले आज सूचना प्रकाशित गरी यसअघि नवीकरणका लागि पटक-पटक सम्बन्धित क्याम्पसलाई सूचित गरे पनि नवीकरण नगरेकाले कारबाहीको प्रक्रिया अगाडि बढाएको जानकारी दिएको हो । नवीकरण नगर्ने क्याम्पसको सूची वेबसाइटमा प्रकाशित गरिएको विश्वविद्यालयको
२७ असार, काठमाडाैँ । नेपाल सरकार र जापान सरकारबीच मानव संशाधन विकास छात्रवृत्ति (जेडिएस) कार्यक्रमको तेस्रो चरण कार्यान्वयनका लागि अनुदानसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आज अर्थमन्त्रालयमा आयोजित एक औपचारिक कार्यक्रमकाबीच अर्थसचिव अर्जुनप्रसाद पोखरेल र नेपालका लागि जापानी राजदूत किकुता युताकाले उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौताअनुसार सन् २०२३ र
२६ ,असार ,बनेपा । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाले पालिकाभित्रबाट माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट अङ्क ल्याउन सफल तीन जनालाई नगद ५० हजारका दरले पुरस्कार वितरण गरेको छ । पालिकाले रोशी–६ स्थित हरिसिद्धि माविबाट ३.७० जिपिए प्राप्त गरेका प्रशान्त तामाङ र वडा नं ११ स्थित पोक्रा माविबाट ३.५५ जिपिए प्राप्त गरेका छात्राहरू
२६ असार, काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौँको कागेश्वरी–मनोहरा नगरपालिकामा रु १६ हजार घुससहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पक्राउ गरेको छ । आयोगको टोलीले कागेश्वरी–मनोहरा नगरपालिका–१ गागलफेदीस्थित सिद्दिगणेश माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राजकुमार थापा र प्रधानाध्यापक बुद्धिविलास धिताललाई घुस लिँदै गर्दा आज पक्राउ गरेको हो ।
२५ असार, कैलाली । कैलालीको जोशीपुरका रतन धामी एसइई नतिजापछि के विषय अध्ययन गर्ने भन्ने अन्योलमा छन्। परीक्षामा दुई दशमलव आठ ग्रेड ल्याएका धामीलाई यतिखेर के विषय पढ्ने भन्ने अन्योलता बढे्को छ । “घरमा बुबाआमाले विज्ञान विषय पढ्नुपर्छ भन्नुभएको छ, मलाई सक्दिनकी भन्ने डर छ”, उनले भने, “मलाई लेखा/अर्थशास्त्र विषय
२५ असार, काठमाडाैँ । दक्षिण एसियाली विश्वविद्यालय (साउथ एसियन युनिभर्सिटी) का चारजना प्राध्यापकलाई ‘दुराचार’को आरोपमा निलम्बन गरिएको छ । विश्वविद्यालय प्रशासनले यही असार १ गते चारजना प्राध्यापकलाई दुराचारको आरोपमा निलम्बन गरेको हो । निलम्बनलाई लिएर विश्वभरका पाँच सयभन्दा बढी प्राध्यापक, शोधकर्ता, शिक्षक र विद्यार्थीले असार २२ गते सार्कका आठ सदस्य राष्ट्र
२५ असार, काठमाडौं । शैक्षिक परापर्श संघ (इक्यान)को आसन्न अधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गरेका वर्तमान उपाध्यक्ष शेषराज भट्टराईले निर्वाचनलक्षित पाँच प्रतिबद्धता गरेका छन् । अधिवेशनलाई स्वच्छ, मर्यादित र व्यवसायिक प्रतिस्पर्धात्मक बनाउने उद्देश्यका साथ उनले निर्वाचनपूर्वका प्रतिबद्धता सार्वजनिक गरेका हुन् । अधिवेशनलाई सशक्त नेतृत्व चुन्ने अवसरसँगै दूरगामी र प्रभावकारी नीति निर्माण