Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

तारकेश्वरबाट एसईई उत्तीर्ण छात्रछात्रा र विद्यालयलाईलाई परिवर्तन अभियानको सम्मान


काठमाडौंः परिवर्तन अभियान नेपालले काठमाडौँको तारकेश्वर नगरपालिकाबाट एसईई उत्तीर्ण छात्रछात्रा र विद्यालयलाई सम्मानित गरेको छ । शनिबार राजधानीको नेपालटारमा आयोजित कार्यक्रमका बीच सामुदायिक र संस्थागत विद्यालय तथा छात्रछात्रालाई सम्मानित गरिएको हो । यस वर्षको एसईईमा संस्थागत विद्यालयबाट छात्रातर्फ रश्मि पोख्रेल, सहारा लोहनी र आकृति सुनार ४।० जीपीए ल्याएर सर्वोत्कृष्ट भएकामा उनीहरुलाई कार्यक्रमका बीच प्रमाणपत्रसहित विशेष सम्मान गरियो । यस्तै छात्रतर्फ जेशन नेपाललाई पनि विशेष सम्मान गरियो । यस्तै सामुदायिक विद्यालयबाट शीला नेपाल र किरण घिमिरे सर्वोत्कृष्ट रहेकामा उनीहरुलाई पनि सम्मानित गरियो ।

पालिकाभरबाट एसईईमा सफल सबै छात्रछात्रालाई प्रमाणपत्र हस्तान्तरण गरिएको अभियानका संयोजक सुशील भट्टले जानकारी दिए । कार्यक्रममा सहभागीहरुले एसईईमा सफल विद्यार्थीलाई आफ्नो भविष्य निर्माणमा केन्द्रित हुन सुझाव दिँदै नम्बरको आधारमा भन्दा पनि रुचिको आधारमा आगामी अध्ययनको विषय छनौट गर्न सुझाव दिए । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले विद्यार्थीहरुलाई आफ्नो रुचि अनुसार विषय छनोट गर्न आग्रह गर्दै त्यसमै केन्द्रीत भएर आफ्नो लक्ष्य प्राप्त गर्न सुझाव दिए । उनले भविष्यको नेतृत्व पनि अहिलेको पुस्ता भएको धारणा राख्दै राजनीतिमा युवा सहभागिता अनिवार्य भएको बताए ।

तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले शिक्षाको क्षेत्रमा नगरपालिकाले क्रमशः सुधारका कार्यक्रमहरु अघि सारेको बताए । उनले हरेक परिवर्तन शिक्षामार्फत नै हुन सम्भव रहेको उल्लेख गर्दै नगरपालिकाले सोहीअनुसार बजेट वृद्धि गर्नेदेखि विभिन्न माध्यमबाट शैक्षिक क्षेत्रलाई प्राथमिकता दिएको बताए । यसैगरी उपप्रमुख श्रृजना बुर्लाकोटी अर्यालले एसईईमा सफल विद्यार्थीहरुलाई शुभकामना दिँदै उज्वल भविष्यको कामना गरिन् ।

यसैगरी काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालले विद्यार्थीहरुलाई देशभित्रकै योग्य जनशक्ति बन्न सक्नेगरी उच्च शिक्षा अध्ययन गर्न सुझाव दिए । उनले कतिपय विद्यार्थीमा बिदेसिने मानसिकता रहेको उल्लेख गर्दै स्वदेशमै आफूलाई प्रमाणित गर्न सक्नेगरी भविष्यको रेखा कोर्न सुझाव दिए । सो अवसरमा बैंकर मनोज ज्ञवालीले विद्यार्थीहरुले कसरी भविष्यको सही बाटो निर्धारण गर्ने र अध्ययनको दायरालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा महत्त्वपूर्ण सुझाव दिएका थिए । उनले एउटा औसत विद्यार्थीले आफूलाई अनुभवले खारेर कसरी सफल बनाउन सक्छ भन्नेबारे पनि उत्प्रेरक धारणा राखेका थिए । यस्तै उनले नतिजाका लागि मात्रै पढ्ने भन्दा पनि व्यवहरमा लागू गर्नेगरी अध्ययन गर्नुपर्नेमा जोड दिए ।

संयोजक सुशील भट्टले परिवर्तन नेपाल शिक्षा, स्वास्थ्यसहित सामाजिक र जनसरोकारका विषयमा निरन्तर क्रियाशील भइरहने बताए । कार्यक्रममा तारकेश्वर क्षेत्रका जनप्रतिनिधि, शैक्षिक क्षेत्रका प्रतिनिधि, समाजसेवीलगायतको सहभागिता थियो । सो अवसरमा विभिन्न कलेजहरुले कार्यक्रमस्थल परिसरमा आ–आफ्नो स्टल राखेर एसईईपछिको अध्ययनबारेमा शैक्षिक परामर्श पनि दिएका थिए ।


प्रकाशित मिति: ३० असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?