Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

राष्ट्रिय किताबखानामा मन्त्री मोदीको आकस्मिक अनुगमन


काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले राष्ट्रिय किताबखाना (निजामती)मा छड्के अनुगमन गरेका छन् ।

बिहीबार बिहान १० बजे मन्त्री मोदी छड्के अनुगमनका लागि राष्ट्रिय किताबखाना पुगेका हुन् । किताबखानामा मन्त्री मोदीको यो दोश्रोपटकको छड्के अनुगमन हो ।

अनुगमनका क्रममा मन्त्री मोदीले कार्यालयका सेवा प्रवाहका सबै कक्षको अनुगमन गरेका थिए । उनले कर्मचारीहरु समयमा कर्यालयमा हाजिर भएका छन् कि छैनन्, कार्यकक्षमा कर्मचारीहरु छन् कि छैनन् ? लगायतका विषयमा समेत चासो राखेका थिए ।

सेवाग्राहीलाई भेटेर पनि मन्त्री मोदीले किताबखानाको सेवा प्रवाहबारे जानकारी लिएका थिए । सेवाग्राहीसँग मन्त्री मोदीको जिज्ञासा थियो, ‘कर्मचारीबाट सेवा लिने क्रममा तपाईहरुसँग कस्तो व्यवहार भएको छ र प्राप्त सेवाबाट सन्तुष्ट हुनुहुन्छ ?’

सबै कार्यालय कक्षको अवलोकन पश्चात मन्त्री मोदीले किताबखानालाई अझ व्यवस्थित र सुदृढ बनाउनका लागि मन्त्रालयबाट गर्नुपर्ने सबै प्रकारका सहयोग गर्न आफू तयार रहेको बताए ।

‘म यहाँ आजसमेत गरी दुईपटक आकस्मिक अनुगमनमा आए, तपाईहरुले मलाई के गर्दा किताबखानाको सेवा प्रवाह अझ व्यवस्थित र सुदृढ हुन्छ सुझाव दिनुहोला, मन्त्रालय तपाईहरुलाई सहयोग गर्न तयार छ’ मन्त्री मोदीले भने ।

अनुगमनका क्रममा आफूले खोज्दा नभेटिएका कर्मचारीहरुको हाजिरीमा आफूले कैफियत् जनाउने गरेको बताउँदै मन्त्री मोदीले भने, ‘अनुगमनको क्रममा कार्यकक्षमा नभेटिएपछि केही न केही कारबाही त गर्नु नै पर्छ, मैले कैफियत जनाउने गरेको छु ।’ उनले आफ्नो लागि सबै दर्जाका कर्मचारी समान भएकाले साना कर्मचारीलाई पाखा र ठूलालाई काखा राख्ने काम अपाmूबाट नहुने समेत प्रष्ट पारे ।

मन्त्री मोदीले आफूले सुशासन कायम गर्नका लागि कुनै कसर बाँकी नराख्ने समेत बताए । ‘सुशासन मुखले बोलेर होइन, व्यवहारबाट कार्यान्वयन गरेर मात्रै स्थापित गर्न सकिन्छ’ उनले भने, ‘त्यसका लागि तपाई हामी सबैका व्यवहारमा सेवाग्राहीले अनूभुति गर्नेगरी परिवर्तन गर्न आवश्यक छ ।’

उनले मन्त्रालयमा बिहान १० बजे र साँझ ५ बजे इ–हाजिरी गर्ने अनिवार्य व्यवस्था मिलाएको स्मरण गराउँदै किताबखानाले पनि यो विषयमा ध्यान दिन निर्देशन दिए ।

मन्त्री मोदीले यसअघि मन्त्रालयमा पनि ४ पटकपटक आकस्मिक अनुगमन गरेका थिए । त्यसअघि दुईपटक उनले निजामती कर्मचारी अस्पतालको पनि आकस्मिक अनुगमन गरिसकेका छन् ।

किताबखानाले निजामती कर्मचारीको सिटरोल दर्ता, व्यक्तिगत विवरण अद्यावधिक, पेन्सन पट्टा बनाउने र सम्पति विवरण लिने कार्य गर्दछ । हाल निजामती सेवामा पुरूष ६१ हजार ९ सय ९जना र महिला २३ हजार ९ सय ३४ जना गरी कुल ८५ हजार ८ सय ४३ कर्मचारी कार्यरत छन् ।

← Back

Thank you for your response. ✨


प्रकाशित मिति: ४ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?